default_image

अन्तर्राष्ट्रिय

August 26, 2020

ब्रेस्टरको दुई गोलमा लिभरपुल हारबाट जोगियो

एजेन्सी – खेलको अन्त्यतिर रियन ब्रेस्टरले दुई गोल गरेपछि प्रिमियर लिग च्याम्पियन लिभरपुल प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा अष्ट्रियन क्लब रेडबुल साल्जबर्गसँगको हारबाट जोगिएको छ । मंगलबार राति भएको मैत्रीपूर्ण खेलमा लिभरपुलले साल्जबर्गसँग २–२ गोलको बराबरी खेलेको हो । घरेलु टोलीसँग ७१औं मिनेटसम्म २–० ले पछि परेको लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै बराबरी गरेको हो । रेडबुल […]

August 26, 2020

इंग्ल्यान्डको टोली घोषणा, मगाएर फिर्ता

एजेन्सी – इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले ३ नयाँ खेलाडी समेट्दै नेसन्स लिगको लागि २४ सदस्यीय टोलीको घोषणा गरेका छन् । साउथगेटले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका कप्तान तथा सेन्टर ब्याक ह्यारी मगाएरलाई सुरुवातमा घोषित टोलीमा समावेश गरेपनि पछि उनलाई ग्रीसको अदालतले सजाय सुनाएपछि उनको नाम फिर्ता भएको छ । ग्रीसको टापुमा भएको एक घटनामा मगाएर दोषी […]

August 26, 2020

मेस्सीलाई अनुबन्ध गर्नसक्ने ३ क्लब

एजेन्सी – सुपरस्टार लियोन मेस्सीले बार्सिलोना छाड्ने औपचारिक रुपमा कदम चालेसँगै अब उनी कहाँ जान्छन् भन्ने सर्वत्र चर्चा छ । बार्सिलोना छाडेपछि स्पेनकै अर्को क्लब जाने नदेखिएको उनले युरोपमै खेल्ने सम्भावना प्रबल छ । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोनाले बायर्न म्युनिखसँग ८–२ लज्जास्पद हार बेहोरेपछि मेस्सीले क्लब छाड्न सक्ने सम्भावनाका बारेमा अड्कलबाजी हुन थालेको थियो । […]

August 26, 2020

यस्तो छ मेस्सीले बार्सिलोनालाई पठाएको पत्र

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लब छाड्ने निर्णय गर्दै मंगलबार क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउको नाममा लेखेको पत्र सार्वजनिक भएको छ । क्लबनिकट स्रोतले स्पेनिस संचारमाध्यमलाई उपलब्ध गराएको पत्र अनुसार मेस्सीले आफ्नो सम्झौतामा उल्लेख गरिएको प्रावधान अनुसार सम्झौता रद्द गर्न चाहेका छन् । मेस्सीले ब्युरोफ्याक्स मार्फत क्लबलाई पत्र पठाएका थिए । स्पेनको अदालतले आधिकारिक […]

August 26, 2020

जमैकाको जितमा सन्दीपको कसिलो बलिङ

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत जमैका तलावाजले चौथो खेलमा गुयाना एमेजन वारियार्सलाई ५ विकेटले पराजित गरेको छ । जमैकाको दोस्रो जितमा नेपाली स्पिनर सन्दीप लामिछानेले राम्रो प्रदर्शन गरे । गुयानाले प्रस्तुत गरेको १ सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । जमैकाको जितमा क्रुमा बोनरले सर्वाधिक ३० रनको […]

August 26, 2020

इंग्ल्यान्डलाई १० वर्षपछि पाकिस्तानविरुद्ध सिरिज जित

एजेन्सी – इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तीन टेस्ट सिरिज १-० ले जितेको छ । तेस्रो तथा अन्तिम टेष्ट बराबरीमा सकिएपछि घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानविरुद्ध १० वर्षपछि टेस्ट सिरिज जितेको हो । इंग्ल्यान्डले सन् २०१० मा घरेलु मैदानमा पाकिस्तानलाई चार टेष्ट सिरिज ३–१ ले हराएको थियो । त्यसयता भने पाकिस्तानविरुद्ध टेस्ट सिरिज जित्न सकेको थिएन । वर्षाले प्रभावित […]

August 26, 2020

सन्दीपको कसिलो बलिङ

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत जमैका तलावाजबाट चौथो खेलमा खेलिरहेका सन्दीप लामिछानेले गुयाना अमेजन वारियार्सविरुद्ध कसिलो बलिङ गरेका छन् । उनीसँगै अर्का स्पिनर मुजिब उर रहमानले उत्कृष्ट बलिङ गरेपछि गुयाना सामान्य स्कोरमा समेटियो । पहिलो ब्याटिङ गरेको गुयानाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रनमात्र जोड्न सक्यो । टोलीका लागि रोस […]

August 26, 2020

बार्सिलोना छोड्ने मेस्सीको निर्णय

एजेन्सी – अर्जेन्टिनी फरवार्ड तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लबसमक्ष आफूले यसै ट्रान्सफर विन्डोमा क्लब छाड्ने निर्णय गरेको बताएका छन् । मेस्सीले आफ्नो सम्झौतामा रहेको प्रावधान अनुसार गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता रद्द गर्न पाउने प्रावधानको प्रयोग गर्दै क्लब छाड्न चाहेको बताएका छन् । मेस्सीको सम्झौता अनुसार जुन १ सम्म उनले चाहेको अवस्थामा […]

August 25, 2020

एन्डरसनको दुर्लभ कीर्तिमान

एजेन्सी– इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले टेष्ट क्रिकेटमा ऐतिहासिक ६ सय विकेट पूरा गर्दै कीर्तिमान कायम गरेका छन् । उनी टेष्ट क्रिकेटमा ६ सय विकेट पूरा गर्ने पहिलो तीव्र गतिका बलर हुन् । पाकिस्तानविरुद्ध तेस्रो तथा अन्तिम टेष्टको पाँचौ दिन कप्तान अजहर अलीलाई जो रुटबाट ३१ रनमा क्याच गराउदै एन्डरसन टेष्टमा ६ सय विकेट […]

August 25, 2020

पीएसजीलाई विश्राम

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको उपविजेता तथा अघिल्लो सिजनको फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) को नयाँ सिजनको लिग वानको पहिलो खेल स्थगित भएको छ । पीएसजीले लिग वानको तयारीको लागि नियमअनुसार १२ दिनको समय मागेपछि लिग आयोजकले पीएजसीको मागलाई सम्बोधन गर्दै खेल स्थगित गरेको हो । लिग च्याम्पियन पीएसजीले शनिबार राति लेन्ससँग […]

Success

Thank you for your time.