default_image

अन्तर्राष्ट्रिय

September 22, 2020

क्रुसले गरे कप्तान रामोसको प्रशंसा

एजेन्सी– रियल म्याड्रिडका टोनी क्रुसले आफ्ना कप्तान सर्जियो रामोसको खुलेर प्रशंसा गरेका छन् । उनले रामोसबाट धेरै सिक्न पाएको बताएका छन् । स्पेनिस रक्षक रामोसका बारेमा सकारात्मक वा नकारात्मक टिप्पणी हुने गरेका छन् । तर, जर्मन मिडफिल्डर क्रुस भने रामोसको नेतृत्व क्षमताबाट निकै प्रभावित छन् । उनले आफ्नो अनुभवमा नेतृत्व कर्तामा रामोसको तरिका अरुको भन्दा […]

September 22, 2020

राकिटिचद्वारा सन्न्यास घोषणा

एजेन्सी – क्रोएसियाका मिडफिल्डर इभान राकिटिचले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका छन् । आक्रमक मिडफिल्डर राकिटिचले सोमबार राति अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेको क्रोएसिया फुटबल महासंघले जनाएको छ । क्याटलान क्लब बार्सिलोनाका पुर्व मिडफिल्डर राकिटिचले क्रोएसियाका लागि १ सय ६ खेलमा १५ गोल गरेका छन् । क्रोएसियन आमा बाबुबाट उनी स्विजरल्याण्डमा जन्मिएका उनले स्विजरल्याण्डको उमेर […]

September 22, 2020

आइपिएलमा पाडिक्कलको ‘ब्रेक थ्रु’

भुपेन्द्र जिसी, काठमाडौं इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वोत्कृष्ट फ्रेन्चाइज प्रिमियर लिग हो । खेलाडीको स्तर मात्र नभएर समर्थक संख्या र आर्थिक पक्षले गर्दापनि लिगको प्रभाव विश्व क्रिकेटमा बेग्लै छ । आइपिएलले सुरुवाती संस्करणदेखि नै भारतीय क्रिकेटमा नयाँ प्रतिभा पहिचान गर्न निकै ठूलो भूमिका निर्वाह गर्दै आएको छ । आइपिएलले प्रतिभाका लागि अवसर सिर्जना गर्ने एक […]

September 22, 2020

बार्सिलोनाका सबैलाई भिडालको धन्यवाद

एजेन्सी – अर्टुरो भिडालले नयाँ यात्रा तय गरेपछि बार्सिलोनाका समर्थकलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन् । बार्सिलोना छाडेर चिलियिन अन्तर्राष्ट्रिय दुई वर्षका लागि इन्टरमा आबद्ध भएका छन् । भिडालले बार्सिलोनाको जर्सी लगाउने मौका पाउँदा गर्व लागेको बताएका छन् । ‘बार्सिलोना जस्तो सफल क्लबमा उत्कृष्ट २ वर्ष बताएर बाहिरिँदा म सबैबाट बिदा लिन चाहन्छु,’ उनले इन्स्टाग्राममार्फत […]

September 22, 2020

रोनाल्डोको सम्मानमा एकेडेमी नामाकरण

एजेन्सी – पोर्चुगिज क्लब स्पोर्टिङ (सीपी) लिस्वनले आफ्नो पुर्व फरवार्ड क्रिस्टियानो रोनाल्डोको सम्मानमा एकेडेमीको नाम नै ‘एकेडेमिया क्रिस्टियानो रोनाल्डो’ नामाकरण गरेका छन् । लिस्वनले रोनाल्डो क्लब इतिहासकै सर्वोकृष्ट खेलाडी भएको कारण उनको नाममा एकेडेमीको नामाकरण गरिएको जनाएको छ । पोर्चुगलका कप्तान समेत रहेका ३५ वर्षीय रोनाल्डोले लिस्वनबाटै आफ्नो व्यावसायिक करियरको सुरुवात गरेका थिए । रोनाल्डो […]

September 22, 2020

‘युवा भएको भए ४ गोल हान्थें’ – ज्लाटन

एजेन्सी – स्विडिस फरवार्ड ज्लाटन इब्राहिमोभिचको उच्च प्रदर्शनमा एसी मिलानले इटालियन सिरी ए अन्तर्गत सोमबार राति बोलोग्नामाथि २-० को जित दर्ता गर्यो । मिलानको जितमा दुवै गोल ज्लाटनले नै गरेका थिए । तर उनले खेलपछि बोल्ने क्रममा आफू युवा उमेरको भएको भए ४ गोल गर्न सक्ने दावी गरे । ज्लाटनले पहिलो हाफमा थिओ हर्नान्डेजको क्रसमा […]

September 22, 2020

ज्लाटनको दुई गोलमा मिलान जित

एजेन्सी – भेट्रान स्वीडिस फरवार्ड ज्लाटान इब्राहिमोभिचले नयाँ सिजनको इटालियन सिरी ‘ए’ को सिजनको पहिलो खेलमा नै दुई गोल गरेपछि एसी मिलानले विजयी सुरुवात गरेको छ । मिलानो इटालीमा सोमबार राति भएको खेलमा मिलानले बोलोग्नालाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । ज्लाटनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेका थिए । […]

September 22, 2020

वल्भ्समाथि सिटीको सहज जित

एजेन्सी – साविकको उपविजेता म्यानचेस्टर सिटीले नयाँ सिजनको इग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा वल्भ्सलाई ३–१ ले पराजित गर्दै सिटीले विजयी सुरुवात गरेको हो । वल्भ्समा सोमबार राति भएको खेलमा सिटीलाई जिताउन केभिन डि ब्रुयन, फिल फोडेन ग्याब्रियल जेससले गोल गरे । घरेलु टोलीका राहुल जिमिनेजले सान्त्वना गोल फर्काए […]

September 21, 2020

हैदराबादको नाटकीय पतनसँगै बेंगलोर विजयी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को तेस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.४ ओभरमा १ सय ५३ रनमा अल आउट भयो । एक समय १५ ओभरमा १२१–२ को बलियो अवस्थामा रहेको हैदराबादका तल्लोक्रमका […]

September 21, 2020

काभानी रियल म्याड्रिड जाने चर्चा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व स्टार इडिन्सन काभानी अहिले क्लबविहिन छन् । अब उनलाई भित्राउन विषयमा स्पेनिस ला लिगा च्याम्पियन रियल म्याड्रिडमा चर्चा सुरु भएको छ । च्याम्पियन्स लिगको बाँकी खेलमा अनुपस्थित रहेका काभानीले पछिल्लो मेमा फ्री ट्रान्सफरमा पिएसजी छाडेका थिए । पिएसजीमै रहँदा पनि उनी विभिन्न क्लबमा जाने विषयमा चर्चा भएपनि […]

Success

Thank you for your time.