default_image

अन्तर्राष्ट्रिय

September 6, 2020

जमैकाको हारमा सन्दीपको औसत प्रर्दशन

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले सम्मिलित जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २८ औं खेलमा बार्बाडोस ट्राइडेन्ससँग ७ विकेटले पराजित भएको छ । योसँगै जमैकाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेटको क्षतिमा […]

September 6, 2020

रोनाल्डोबिनै पोर्चुगलको ४ गोल

एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डो चोटका कारण अनुपस्थित रहेपनि पोर्चुगलले यूईएफए नेसन्स लिगको पहिलो खेलमा क्रोएसियामाथि ४-१ को जित दर्ता गरेको छ । झन्डै १० महिनापछि मैदानमा फर्किएको प्रतियोगिताको साविक विजेता पोर्चुगलले एकपक्षीय प्रदर्शन गर्दै विश्वकपको उपविजेता क्रोएसियालाई पराजित गरेको हो । खेलको पहिलो हाफमा नै आधा दर्जन अवसर खेर फालेको पोर्चुगलले अग्रता लिन ४१ […]

September 5, 2020

एभर्टनले ब्राजिलियन मिडफिल्डर भित्र्यायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले ब्राजिल तथा इटालियन क्लब नेपोलीका मिडफिल्डर एलानलाई अनुबन्ध गरेको छ । एभर्टनले एलानलाई ३ वर्षको लागि २२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । एलान यो सिजनको एभर्टनको पहिलो अनुबन्धन हो । नेपोलीका पुर्व प्रशिक्षक रहेका कार्लाे एन्सेलोटीको पहलमा एलान एभर्टन आउन राजी भएका हुन् । एन्सेलोटी नेपोलीको प्रशिक्षक […]

September 5, 2020

इंग्ल्यान्डलाई आइसल्यान्डको चुनौती

एजेन्सी – युईएफए नेसन्स लिग अन्तर्गत शनिबार राति आइसल्यान्ड र इंग्ल्यान्डबीचको खेल आइसल्यान्डको मैदानमा नेपाली समयअनुसार राति ९ः४५ बजे पछि सुरु हुनेछ । यि दुई टोली दोस्रोपटक भिड्न लागेका हुन् । सन् २०१६ को युरोकपको क्वाटरफाइनलमा आइसल्यान्डले २–१ को जित निकाल्दै सनसनी मच्चाएको थियो । आइसल्यान्ड घरेलु मैदानमा इंग्ल्यान्डलाई पुनः स्तब्ध पार्दै सुखद सुरुवात गर्ने […]

September 5, 2020

सन्दीप सम्मिलित जमैका बार्बाडोसविरुद्ध खेल्दै

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २८ औं खेलमा आज राती सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले बार्बाडोस ट्राइडेन्सविरुद्ध खेल्दै छ । खेल मध्यराती १२ बजेपछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । जमैकालाई तेस्रो स्थानमा उक्लिने झिनो आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा जमैका पराजित भए सेमिफाइनलमा ट्रीनबेगो नाइट […]

September 5, 2020

साविक विजेता पोर्चुगल र क्रोएसिया भिड्दै

एजेन्सी – यूईएफए नेसन्स लिगमा आज (शनिबार) राति विभिन्न ९ खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । साविक विजेता पोर्चुगल, विश्व विजेता फ्रान्स, विश्व उपविजेता क्रोएसिया, इंग्ल्यान्ड र बेल्जियमलगायतका बलियो टोलीले आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नेछन् । पहिलो संस्करणको च्याम्पियन पोर्चुगलले क्रोएसियासँग घरेलु मैदानमा खेल्दै नेसन्स लिगको सुरुवात गर्नेछ । पोर्टोमा हुने खेल नेपाली समयअनुसार राति १२ः३० बजेपछि हुनेछ […]

September 5, 2020

रियलका डियाज मिलानमा

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका आक्रमक मिडफिल्डर ब्राहिम डियाज इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन् । २१ वर्षीय युवा मिडफिल्डर डियाजलाई मिलानले एक वर्षका लागि लोनमा अनुबन्ध गरेको हो । ‘रियल म्याड्रिडबाट स्पेनिस फुटबलर ब्राहिम डियाजलाई एक सिजनको लागि क्लबमा अनुबन्ध गर्न पाउदा एसी मिलानले खुसी व्यक्त गरेको छ,’ क्लबले भनेको छ । […]

September 5, 2020

मेस्सी बार्सिलोनामै बस्दाका सकारात्मक र नकारात्मक पक्ष

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले अन्तत: आफू यस सिजनको अन्त्यसम्म क्लबमा नै रहने घोषणा गरेका छन् । मेस्सीले यस सिजन कोम्यानको प्रशिक्षणमा खेल्ने निर्णय लिएसँगै क्लबलाई केहि असर भने पक्कै पर्नेछ । कोम्यानसँग सुरुवाती भेटघाटमै मेस्सीले दिर्घकालिन योजनामा आफूलाई नसमेट्न भनेका थिए । अब कोम्यानको बार्सिलोनालाई मेस्सीको उपस्थितिले पर्ने सकारात्मक र नकारात्मक […]

September 5, 2020

जर्मन स्टार हाभर्टज चेल्सीमा अनुबन्धित

एजेन्सी – जर्मनी राष्ट्रिय फुटबल टोली तथा जर्मन क्लब बायर लिभरकुसनका युवा मिडफिल्डर काई हाभर्टज इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् । लन्डन क्लब चेल्सीले हाभर्टजलाई ७१ मिलियन पाउन्डमा शुक्रबार राति ५ वर्षको लागि अनुबन्धित गरेको हो । बोनस र प्रदर्शनका आधारमा थप २० मिलियनसम्म तिर्नुपर्ने हुन्छ । जर्मनीको राष्ट्रिय टोलीमा रहेका २१ वर्षे मिडफिल्डर […]

September 5, 2020

इटली बोस्नियासँग रोकियो

एजेन्सी – युईएफए नेसन्स लिगको पहिलो खेलमा बलियो इटली बोस्निया एन्ड हर्जगोभिनासँग बराबरीमा रोकिएको छ । इटलीले घरेलु मैदानमा बोस्नियासँग १–१ गोलको बराबरी खेलेको हो । फिरेन्जीमा शुक्रबार राति भएको खेलमा बोस्नियाका कप्तान इडेन जेकोले गोल गर्दा इटलीका स्टेफानो सेन्सीले बराबरी गोल फर्काएका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको १२औं […]

Success

Thank you for your time.