default_image

अन्तर्राष्ट्रिय

September 14, 2019

‘मेस्सीले मलाई राम्रो प्रशिक्षक बनाए’ – मोउरिन्हो

एजेन्सी – पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले लिओनेल मेस्सीविरुद्ध आफ्नो टोली तयार पार्दा आफू प्रशिक्षकका रुपमा अझै राम्रो बन्न सकेको बताएका छन् । मोउरिन्होले स्पेनिस लिगमा रियल म्याड्रिडको जिम्मेवारी सम्हाल्दा बार्सिलोना मुख्य प्रतिद्वन्द्वीको रुपमा रहेको थियो । त्यसक्रममा मोउरिन्होले मेस्सीलाई रोक्न विभिन्न रणनीति तयार पार्ने गरेका थिए । मेस्सीविरुद्ध रियल म्याड्रिड बाहेकमा पनि मोउरिन्होले सामना गरेका […]

September 14, 2019

हाजार्ड रियलको टोलीमा समावेश

एजेन्सी – बेल्जियन विंगर इडेन हाजार्ड स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने लेभान्तेविरुद्ध खेलका लागि रियल म्याड्रिडको टोलीमा समेटिएका छन् । रियलले शनिबार नेपाली समयअनुसार दिउँसो ४:४५ बजे लेभान्तेसंग खेल्दैछ । चोटका कारण सुरुवाती खेलहरु गुमाएका हाजार्डले अन्तर्राष्ट्रिय ब्रेकमा पनि विश्राम लिएका थिए । हाजार्डले रियलका लागि प्रतिस्पर्धात्मक खेलमा डेब्यु गरेका छैनन् । लेभान्तेविरुद्ध खेलमा […]

September 13, 2019

नेयमार अन्तत: पीएसजी टोलीमा समेटिए

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमार अन्तत: फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) को लिग खेल खेल्ने टोलीमा समेटिएका छन् । पीएसजीका प्रशिक्षक थोमस टुचेलले शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै नेयमार अब नियमित खेल्ने पक्का गरेका हुन् । उनले शनिबार हुने स्ट्रासबर्गविरुद्ध लिग खेलमा नेयमार टोलीमा रहने बताएका छन् । जारि सिजन चोट र त्यसपछि ट्रान्सफर बजारमा […]

September 13, 2019

‘अक्टोपस’ लुइसलाई अनुबन्ध गर्न दुवै म्यानचेस्टरको रस्साकस्सी!

एजेन्सी – दुई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब बेन्फिकाका युवा डिफेन्सिभ मिडमिल्डर फ्लोरेन्टिनो लुईसलाई अनुबन्ध गर्ने तयारी थालेका छन् । उनको मिडफिल्डमा जताततै पुग्ने क्षमताले उनको उपनाम नै अक्टोपस रहन गएको छ । युनाइटेडका पल पोग्वा र चेल्सीका एङ्गोलो कान्टेसँग तुलना गर्न थालिएको २० वर्षीय युवा प्रतिभावान फ्लारेन्टिनोको सुरुवाती रिलिज क्लज […]

September 13, 2019

रियललाई चोटको पिरलो

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई सिजनको सुरुवातमै चोटको समस्याले सताएको छ । विशेषगरी मिडफिल्डमा जिदानका मुख्य खेलाडी चोटका कारण बाहिरिने भएका छन् । गत वर्षका ब्यालोन डी’ओर विजेता लुका मोड्रीच मांशपेशीको समस्याका कारण १५ दिन मैदानबाहिर रहने भएपछि उनले कम्तिमा २ खेल गुमाउने पक्का भएको छ । रियलले लिगअन्तर्गत खेलमा लेभान्ते र च्याम्पियन्स […]

September 13, 2019

सुआरेज र मेस्सी चोटबाट फर्कंदै

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यस सिजन लिगको सुरुवात अपेक्षित रुपमा गर्न सकेको छैन । टोलीका दुई मुख्य फरवार्ड लिओनेल मेस्सी र लुइस सुआरेजको अनुपस्थितिमा क्लबले निकै कठिनाइको सामना गर्नुपरेको छ । लिगको सुरुवाती ३ खेलमा नै बार्सिलोनाले ५ अंक गुमाएको छ । १ जित, १ बराबरी र १ हारसहित टोलीको जम्मा ४ अंक रहेको […]

September 13, 2019

‘नेयमार आएको भए खुसी हुन्थें’ – मेस्सी

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले अघिल्लो साता बन्द भएको ट्रान्सफर विन्डोमा नेयमार बार्सिलोना आएको भए आफू निकै खुसी हुने बताएका छन् । मेस्सीले नेयमार टोलीमा आएको भए बार्सिलोनाको लक्ष्य प्राप्तिका लागि समेत निकै सहज हुने अभिव्यक्ति दिए । ‘नेयमार आएको भए म एकदम खुसी हुन्थें । जसरि नेयमारले पछिल्लो पटक क्लब छाडे, त्यसलाई लिएर […]

September 12, 2019

स्मिथ ७३ वर्ष पुरानो विश्व कीर्तिमान नजिक!

एजेन्सी – अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ अर्को नयाँ विश्व कीर्तिमान नजिक पुगेका छन् । जारी एसेज सिरिजमा उत्कृष्ट प्रर्दशन गरेका स्मिथले अन्तिम अर्थात पाँचौ टेष्टमा त्यहि लयलाई निरन्तरता दिए ७३ वर्ष पुरानो रेकर्ड तोडिने छ । स्मिथले अन्तिम टेष्टमा इंग्ल्यान्डविरुद्ध १ सय ३० रन बनाउन सके ७३ वर्ष पुरानो रेकर्डदै सर्वाधिक छिटो ७ हजार […]

September 12, 2019

यू१९ एसिया कप : भारत र बंगलादेश फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – भारत र बंगलादेश श्रीलंकामा जारी एसीसी यू१९ एसिया कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । अब उपाधिको लागि भारत र बंगलादेशबीच शनिबार प्रतिस्पर्धा हुनेछ । बिहीबार दुबै सेमिफाइनल खेल बर्षाको कारण रद्ध भएपछि भारत र बंगलादेश समुह विजताको हैसियतले फाइनलमा पुगेका हुन् । सेमिफाइनलमा भारत र श्रीलंका तथा बंगलादेश र अफगानिस्तानबीच […]

September 12, 2019

गिल भारतीय टेष्ट टोलीमा

एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग हुने तीन टेष्टको लागि युवा ब्याट्सम्यान शुभमन गिललाई मौका दिएको छ। विहीबार घोषणा १५ सदस्य टोलीमा गिल अटाएका छन् । गिलले भारतीय वान डेमा भने डेब्यू गरिसकेका छन् । १५ सदस्य घोषणा टोलीमा पछिल्लो समय टेष्टमा निकै खराब लयमा रहेका केएल राहुल बाहिरिएका छन् […]

Success

Thank you for your time.