default_image

lokpriya

November 27, 2019

‘रिसिभ सुध्रियो, सर्भीसमा चुक्यौं’

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले बुधबार १३ औं दक्षिण एसियाली खेलकुदको पहिलो खेलमा बंगलादेशसँग पराजय बेहोर्यो । सुरुवाती सेटमा निकै राम्रो प्रदर्शन गरेको नेपालले पाँचौ सेटमा खेल गुमाएको थियो । पहिलो सेटमा जित दर्ता गर्दै अग्रता लिएको नेपालले दोस्रो सेटमा सर्भीसमै ५ अंक गुमाएपछि खेलमा पकड जमाउन सकेन । तेस्रो सेटमा जित […]

November 27, 2019

सागको कराते टोलीलाई खेल पोशाक प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने कराते टोलीलाई खेलप्रेमीहरुले खेल पोशाकलगायतका सामाग्री प्रायोजन गरेका छन् । सम्झना ल्याबका उर्दिप जोशी, क्लासिक डायमन्डले समान १ लाख, नेपाल कराते महासंघका सदस्य ध्वजमान मोक्तानले ८० हजार, महर्जन निर्माण सेवका वीरेन्द्र महर्जन, ऐला रेष्टुरेन्टका निदेश राई, नविव पाण्डे, राजेश […]

November 27, 2019

तिम्सिनालाई नेपाली टोलीको सेभ द मिसन तोकिए

काठमाडौ (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को १३ औं सस्करण सुरु हुन ४ दिनमा मात्र बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना नेपाली टोलीका सेभ द मिसन तोकिएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का आफ्ना उप महासचिव समेत रहेका तिम्सिनालाई बुधबारको बैठकमा उक्त जिम्मा दिएको हो । एनओसीका अध्इक्ष जीवनराम […]

November 27, 2019

पुरुष भलिबलमा नेपालको हार

काठमाठौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण अन्तर्गत पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । दुई पटक सेटमा अग्रता लिएपनि नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित हुन पुग्यो । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलको पहिलो सेटमा उच्च प्रदर्शन गरेको नेपालले २५–२१ ले सहजै जितेको […]

November 27, 2019

नेपाली टोलीले लर्डस् क्रिकेट मैदान फेरि खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को वर्ष लर्डस् क्रिकेट मैदानमा मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) फेरि खेल्ने भएको छ । विश्व क्रिकेटकै पुरानो इङ्ल्यान्डको एमसीसी र नेपाली टोलीबीच २०७७ को भदौं ८ गते खेल हुने बताइएको छ । तर कुन शैलीको खेल हुने भन्ने खुलाइएको छैन । लर्डस् क्रिकेट मैदानले सन् २०२० मा […]

November 27, 2019

थ्री स्टारलाई सडन डेथमा हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब चन्द्रागिरी मेयर गोल्ड कप फुटबलको फाइनल पुगेको छ । रुस्लान थ्री स्टार क्लबलाई सडन डेथमा हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । क्रबार हुने फाइलनमा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराउँदै पुलिस मंगलबार अन्तिम दुईमा पुगेको थियो । […]

November 27, 2019

राष्ट्रिय टोलीमा उषा र हिराको डेब्यु !

सुबास हुमागाईं, काठमाडौं ओपन स्पाइकर उषा भण्डारी र मिडल ब्लकर हिरा केसीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीका लागि डेब्यु गरेका छन् । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पहिलो खेलमा बंगलादेशमाथि सहज जित दर्ता गर्दा दुवैले डेब्यु गरेका हुन् । खेल अवधिभर एकपक्षीय दवाव कायम गरेको नेपाल २५-९, २५-९, २५-११ को सोझो सेटमा विजयी […]

November 27, 2019

साग : बंगलादेशमाथि नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सानदार सुरुवात गरेको छ । बुधबार त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा भएको खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले २५–९, २५-९ र २५-११ ले हाराएको हो । घरेलु कोर्टमा नेपाल महिला टोली सुरुवातदेखि नै दवाव कायम […]

November 27, 2019

‘ग्रुप अफ डेथ’ पार गर्न बार्सिलोना र डर्टमुन्ड भिड्दै

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ अन्तर्गत बुधबार क्याटलान क्लब बार्सिलोना र जर्मन क्लब बोरुसिया डर्टमुन्ड आमनेसामने हुँदैछन् । खेल नेपाली समयानुसार बिहीबार विहान १:४५ बजे सुरु हुनेछ । पछिल्लो खेलमा बार्सिलोना स्लाभिया प्रागसँग बराबरीमा रोकिएपछि यस समूहबाट अर्को चरण जाने टोलीको प्रतिस्पर्धा खुला भएको छ । बार्सिलोनाको ४ […]

November 27, 2019

सागको तेक्वान्दो, कराते र आर्चरीमा खेलाडी सहभागि गराउन भारतको दबाब !

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक सुरुवात हुन चार दिन मात्र बाँकी रहँदा भारतले तीन खेलमा आफ्ना खेलाडी सहभागि गराउन दबाब दिएको छ । आन्तरिक विवादका कारण सुरुमा दर्ता नगरेको भारतले तेक्वान्दो, कराते र आर्चरीमा खेलाडी सहभागिताका लागि ओलम्पिक काउन्सिल अफ (ओसिए) मार्फत दबाब दिएपछि एनओसी बैठक बस्ने तयारीमा छ ।  ओसिएको […]

Success

Thank you for your time.