July 20, 2020
एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुले अन्तिम समयतिर पेनाल्टीमार्फत गोल गरेपछि इन्टर मिलान इटालियन सिरी ‘ए’ मा रोमासँगको हारबाट जोगिएको छ । इन्टर मिलानले घरेलु टोलीलाई २–२ गोलको बराबरीमा रोक्दै एक अंक लिन सफल भएको हो । रोमाको मैदानमा आइतबार राति भएको खेलमा रोमाका लियोनार्दाे स्पिनाजजोला र हेनरिक मिखतरयानले गोल गरे । इन्टरका स्टेफन डि […]
July 20, 2020
एजेन्सी – फरवार्ड ह्यारी केनले दुई गोल गरेपछि लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरसँग ३–० को हार बेहोरेको छ । टोटेनहमले एक गोल उपहार पाएको थियो । टोटेनहमसँगको हारले लेस्टर सिटीको शीर्ष चारको यात्रा कठिन बनेको छ । ६२ अंक जोडेर चौथो स्थानमा रहेपनि एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई उछिन्न सक्नेछ […]
July 20, 2020
एजेन्सी – स्पेनिस ला लिगाको अन्तिम खेलमा लिग च्याम्पियन रियल म्याड्रिड बराबरीमा रोकिएको छ । कोरोनापछिको १० खेलमा शतप्रतिशत जित निकालेको च्याम्पियन रियल म्याड्रिड स्पेनिल ला लिगाको अन्तिम खेलमा लेगानेससँग २–२ गोलको बराबरीमा रोकिएको हो । रियलले खेलमा दुईपटक लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बनेको हो । घरेलु टोली लेगानेसका ब्रयन गिल र […]
July 20, 2020
एजेन्सी – लन्डन क्लब चेल्सी इंग्ल्यान्डको सबैभन्दा पुरानो र प्रतिष्ठित एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडको चुनौली ३–१ ले पन्छाउदै चेल्सीले फाइनलमा स्थान बनाएको हो । यससँगै युनाइटेडको अपराजित यात्रामा पुर्णविराम लागेको छ । जनवरीमा बर्नलीसँग २–० ले पराजित भएयता युनाइटेड १९ खेलसम्म अपराजित रहेको […]
July 19, 2020
एजेन्सी – कतार सन् २०२२ को फिफा विश्वकपमा पहिलो पटक विश्व फुटबलको सर्वोच्च प्रतियोगितामा सहभागी हुँदैछ । आयोजक राष्ट्रको हैसियतले कतार विश्वकपमा छनोट भएको हो । विश्वकप खेल्न छनोट चरण खेल्नु नपरेपनि कतारले गतवर्ष एसियन कपको उपाधि जित्दै आफूलाई कमजोर आँक्न नमिल्ने सन्देश दिइसकेको छ । दिर्घकालिन योजनासहित फुटबलमा बलियो टोली निर्माण गर्न कतारले झन्डै […]
July 19, 2020
एजेन्सी – इंग्ल्यान्डको सबैभन्दा चर्चित र प्रतिष्ठित एफए कपको फाइनल प्रवेशका लागि आज राति प्रिमियर लिग प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ । खेल वेम्बली स्टेडियममा नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ । यस खेलमा विजयी हुने टोलीले उपाधिका लागि १ अगस्टमा आर्सनलको सामना गर्नेछ । आर्सनलले शनिबार राति साविकको विजेता म्यानचेस्टर सिटीलाई २–० […]
July 19, 2020
एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले सिजनको सुरुवातमा इडेन हाजार्डलाई अनुबन्ध गरेपछि धेरैले रियलको सफलतामा उनको भूमिका महत्त्वपूर्ण हुने अनुमान गरेका थिए । हाजार्डसँगै आएका डिफेन्डर फर्लान्ड मेन्डीले रियलमा प्रभाव जमाउँदै उत्कृष्ट प्रदर्शन गरे । लियोनबाट ४८ मिलियन युरोमा आएका मेन्डीले लेफ्ट ब्याक पोजिसनमा क्लबका उपकप्तान समेत रहेका मार्सेलोसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो । पछिल्लो सिजन […]
July 19, 2020
एजेन्सी – स्पेनिस ला लिगाको यो सिजन आजबाट सकिँदैछ । ला लिगाको ३८औं चरणअन्तर्गत अन्तिम चरणको खेल सबै एकै समयमा १० खेलमा प्रतिस्पर्धा हुनेछ । एक खेल अगावै ला लिगाको उपाधि जितिसकेको रियल म्याड्रिड, दोस्रो स्थानमा रहेको बार्सिलोना र तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले आ–आफ्ना टोलीसँग प्रतिस्पर्धा गर्दैछन् । च्याम्पियन रियलले लेगानेसको भ्रमण गर्दैछ । […]
July 19, 2020
एजेन्सी – स्पेनिस लेजेन्ड गोलरक्षक इकर कासिलास पुर्वक्लब रियल म्याड्रिड फर्कने भएका छन् । १६ वर्ष रियलबाट खेलेका लेजेन्ड तथा पुर्व कप्तानसमेत रहेका कासिलास पेरेजको सल्लाहकारको रुपमा सान्टियागो बर्नाबेउ फर्किन लागेका हुन् । रियलका लेजेन्डसमेत रहेका गोलरक्षक कासिलास व्यवस्थापकीय भुमिकाका म्याड्रिड फर्कन लागेको स्पेनिस मिडिया मार्काले जनाएको छ । ३९ वर्षे लेजेन्ड गोलरक्षक कासिलास रियलका […]
July 19, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले सानदार जित निकाल्दै शीर्ष ६ भित्र पर्ने सम्भावनालाई जीवितै राखेको छ । घरेलु मैदान सान सिरोमा शनिबार राति भएको खेलमा बोलोग्नामाथि ५–१ को सानदार जित निकाल्दै एसी मिलानले शीर्ष ६ मा रहेर अर्काे सिजनको युरोपा लिगा खेल्ने सम्भावना जीवितै राखेको हो । मिलानको फराकिलो जितमा साइलेमकर्स, हकान […]