July 16, 2020
एजेन्सी – लन्डन क्लब आर्सनलले यो सिजनको लिग च्याम्पियन बनिसकेको लिभरपुललाई पराजित गरेको छ । घरेलु मैदानमा आर्सनलले लिभरपुलमाथि २–१ को पूनरागमन जित हात पारेको हो । इमिरेट्स स्टेडियममा आर्सनलको जितमा एलेक्सान्द्रे लाकाजेट्टी र रिइस नेल्सनले गोल गरे । लिभरपुलका साडियो मानले गरेको गोल सान्तवना बन्यो । सबै तीन गोल पहिलो हाफमा सम्भव बन्यो । […]
July 16, 2020
एजेन्सी – दुई गोलको अग्रता लिएर पनि जोगाउन नसक्दा युभेन्टस इटालियन सिरी ‘ए’ मा सस्सुलोसँगको हारबाट जोगिएको छ ।एलेक्स सान्द्रोले गोल गरेपछि युुभेन्टस सस्सुलोसँग ३–३ गोलको बराबरी बराबरी खेल्दै हारबाट जोगिएको हो । सस्सुलोविरुद्ध गोल गर्न नसक्दा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो लगातार सातौ खेलमा गोल गर्न असफल रहे । यसअघि रोनाल्डोले लगातार ६ खेलमा गोल […]
July 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – फुटबलर्स मिसन टुगेदर (एफएमटी) ले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडीहरुलाई बुधबार सम्मान गरेको छ । एफएमटीले पुरुषतर्फ सन् १९७९ देखि १९८३ सम्म तथा महिलातर्फ २०१० सम्म राष्ट्रिय टिमबाट खेलेका २७ पुरुष खेलाडी र २० महिला खेलाडीलाई सम्मानित गरेको हो । सम्मानित हुने खेलाडीमा पुरुषतर्फ गणेश थापा, […]
July 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) –निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसँगै पूर्व राष्ट्रिय महिला भलिबल खेलाडीद्वय अन्जु श्रेष्ठ र निलम बज्राचार्यले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव पदमा आवेदन दिएका छन्। राखेप सदस्य–सचिवको लागि खुला आह्वान गरिएको एक दिन बाँकी रहँदा सिलवालले आफ्नो प्रतिनिधिमार्फत बुधबार आवेदन दिएका हुन् । बुधबारै श्रेष्ठ र बज्राचार्यले पनि स्वयं आवेदन दिएका हुन् […]
July 15, 2020
काठमाडौं (हाम्रो खेलकुद)– तेक्वान्दोका कीर्तिमानी खेलाडी संगिना वैद्य र दीपक विष्टले तेक्वान्दो संघको केन्द्रिय समितिको जिम्मेवारीबाट राजिनामा दिएका छन् । त्यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंहले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को फुटबल प्रशिक्षकबाट राजीनामा दिने निर्णय गरेका छन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागु भएसँगै संघ वा प्रशिक्षकका रुपमा कार्यरतले […]
July 15, 2020
एजेन्सी – ला लिगामा लगातार उच्च प्रदर्शन गरिरहेका रियल म्याड्रिड ग्रानाडालाई हराएको भोली पल्ट मंगलबार अभ्यासमा जुटेको छ । भिल्लारियलविरुद्ध हुने अर्को खेलको तयारीमा रियल जुटेको हो । टोलीका अभ्यासमा लुका जोभिच पनि फर्केका छन् । सर्वियन खेलाडी कोभिड १९ संक्रमणका कारण टोलीबाट अलग थिए । उनको तेस्रो टेष्ट नेगेटिभ आएको थियो । त्यसअघिका दुई […]
July 15, 2020
एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो उमेरका हिसावले आफ्नो खेल करियरको अन्त्यतिर छन् । तर, ३५ वर्षे युभेन्टसका यि फरवार्डलाई उमेर बाधक बनेको छैन । लगातार गोल गर्दै युरोपियन बुटको दावेदारको रुपमा उभिएका छन् । उनी २०१६–१७ को सिजनपछि उत्कृष्ट लयमा छन् । उनले यो सिजन इटालियन सिरी ‘ए’ मा २८ गोल गरिसकेका छन् । […]
July 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनतर्फ स्वर्ण विजेता सन्जु चौधरी नेपालगन्ज उपमहानगरपालिकाबाट सम्मान गर्ने भन्दै अपमानित भएकी छिन् । नेपाल प्रहरीकी सन्जु नेपालगन्जलाई २२ वर्षपछि भारोत्तोलनमा स्वर्ण दिलाउने खेलाडी हुन् । उनले सागको महिला ५९ केजी तौल समूहमा स्वर्ण जितेका थिइन् । १३औं सागकै […]
July 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कास्कीस्थित सहारा एकेडेमीका दोस्रो ब्याचका सुशील लामाले आफू बुझ्ने भएदेखि नै फुटबल बाहेक केही सोचेनन् । परिवारका पाँच सदस्यमध्येका माइला सुशील आमा दिलमाया लामाकै प्रेरणामा फुटबलमा होमिएका हुन् । नेपालको राष्ट्रिय महिला फुटबल टोलीको पहिलो ब्याचकी खेलाडी दिलमाया आफ्नो जमानामा उत्कृष्ट फरवार्ड थिइन् । नेपालले सन् १९८६ मा पहिलो पटक अन्तर्राष्ट्रिय […]
July 15, 2020
एजेन्सी – इंग्लिस क्लब चेल्सीका पुर्व क्रोएसियन मिडफिल्डर मारियो पासालिसको ह्याट्रिक सहयोगमा एटलान्टाले इटालियन सिरी ‘ए’ मा ब्रेसियामाथि सानदार जित हात पारेको छ । एटलान्टाले ब्रेसियामाथि ६–२ को फराकिलो जित निकालेको हो । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा एटलान्टाको जितमा मर्टिन डि रुन, रुस्लान मालिनोभ्स्की र डुभान जापटाले समान एक गोल थपे । ब्रेसियाका एर्नेस्टो […]