July 5, 2020
एजेन्सी – म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित हात पारेको छ । घरेलु मैदानमा युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्ट्याएर बर्नमाउथमाथि ५–२ को सानदार जित निकालेको हो । युनाइटेडको जितमा मासन ग्रीनवुडले दुई तथा माकर्सस रासफोर्ड, एन्थोनी मार्सियल र ब्रुनो फर्नान्डेजे गोल गरे । बर्नमाउथका जुनियर स्टानिसलास र जोसुवा किङले […]
July 5, 2020
एजेन्सी – कोरोना महामारीपछि पहिलो खेल खेलेका भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले उच्च प्रदर्शन गरेपछि उपाधि दावेदारको रुपमा अघि बढेको लाजियो घरेलु मैदानमा एसी मिलानसँग स्तब्ध बनेको छ । लाजियो एसी मिलानसँग ३–० ले स्तब्ध बनेको हो । एसी मिलानसँगको हारसँगै लाजियोको उपाधि जित्ने सम्भावना न्युन बनेको छ । शनिबार राति नै शीर्षस्थानमा रहेको युभेन्टसले टोरिनोमाथि […]
July 5, 2020
एजेन्सी – यो सिजनको जर्मन बुन्डेसलिगाको उपाधि जितेको जर्मन महारथी बायर्न म्युनिख जर्मन कप (डिएफबी पोकल) को च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा बायर लिभरकुसनमाथि ४–२ को जित निकाल्दै बायर्न २०औं पटक जर्मन कप च्याम्पियन बनेको हो । लिभरकुसनको मैदान ओलम्पिया स्टेडियम बर्लिनमा भएको खेलमा बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले दुई तथा डेभिड अल्वा […]
July 4, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’को साविक विजेता युभेन्टसले लिगअन्तर्गत शनिबारको खेलमा सहरी प्रतिद्वन्द्वी टोरिनोमाथि ४-१ को सहज जित दर्ता गरेको छ । युभेन्टसको जितमा पाउलो डिबाला, जुआन क्वाडराडो र क्रिस्टियानो रोनाल्डोले १-१ गोल गरे । खेलको दोस्रो मिनेटमा नै अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले युभेन्टसलाई सुरुवाती अग्रता दिलाए । जुआन क्वाडराडोको पासलाई पेनाल्टी क्षेत्रनजिक नियन्त्रणमा लिँदै […]
July 4, 2020
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टसमा अनुबन्ध भएयता क्लबका लागि पहिलो पटक फ्रिकिकमा सिधै गोल गरेका छन् । आफ्नो व्यावसायिक फुटबल करीअरमा उत्कृष्ट फ्रिकिक प्रहारका लागि प्रख्यात रोनाल्डोले पछिल्लो दुई वर्षदेखि फ्रिकिकमा गोल गर्न सकेका थिएनन् । म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडको जर्सीमा सानदार फ्रिकिकका लागि चर्चित रोनाल्डोले युभेन्टसको जर्सीमा भने फ्रिकिक […]
July 4, 2020
एजेन्सी – इटालियन च्याम्पियन तथा लिगको शीर्षस्थानमा रहेको युभेन्टसले शनिबार जारी टोरिनोविरुद्ध खेलको पहिलो हाफमा २-१ को अग्रता लिएको छ । खेलको दोस्रो मिनेटमा नै अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले युभेन्टसलाई सुरुवाती अग्रता दिलाए । जुआन क्वाडराडोको पासलाई पेनाल्टी क्षेत्रनजिक नियन्त्रणमा लिँदै डिबालाले बक्सभित्र २ डिफेन्डरलाई छलाउँदै गरेको प्रहार गोलमा परिणत भएको थियो । डिबालाको यो […]
July 4, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङबाट भएको आर्थिक अनियमितताका विषयमा छानबिन गरिरहेको समितिले अनुसन्धानमा अझै केहि दिन लाग्ने बताएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष वीरबहादुर खड्का संयोजक रहेको ३ सदस्यीय समितिलाई १५ दिन भित्र प्रतिवेदन बुझाउने गरि जिम्मेवारी तोकेको छ । पछिल्लो तीन दिन देखि छानबिन चलिरहेको […]
July 4, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज (शनिबार) राति ३०औं चरणको तीन खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । शीर्षस्थानमा रहेको युभेन्टससँगै दोस्रो स्थानमा रहेको लाजियोले पनि आज राति नै आ–आफ्ना प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछ । लिग लिडर युभेन्टसले घरेलु मैदानमा टोरिनोसँग नेपाली समयअनुसार राति ९ बजे प्रतिस्पर्धा गर्दैछ । युभेन्टस टोरिनोलाई पराजित गर्दै उपाधि यात्रालाई थप मजवुत बनाउने […]
July 4, 2020
एजेन्सी – स्पेनिस भेट्रान मिडफिल्डर तथा कतारी क्लब अल सादका प्रशिक्षक जाभी हर्नान्डेजले आफ्नो पूर्व क्लब बार्सिलोनाको प्रशिक्षक बन्न तयार रहेको बताएका छन् । स्पेनिस पत्रिका मुन्डो डिर्पाेटिभोका अनुसार जाभीले ६१ वर्षीय क्विके सेटिन बसिरहेको हट सिटमा बस्न आफु तयार रहेको उल्लेख गरेका छन् । सेटिन गत जनवरीमा बार्सिलोनाको प्रशिक्षक बनेका थिए । त्यतिबेला नै […]
July 4, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले एल क्लासिको प्रतिद्वन्द्वी क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्यापनोउमै बसेको हेर्न चाहेको बताएका छन् । बिहीबार राति गेटाफेविरुद्ध १–० को कठिन जित निकालेको खेलपछि पोस्टम्याच कन्फ्रेसमा जिदानले क्लब छाड्ने चर्चामा रहेका मेस्सीको विषयमा बोल्दै उनी बार्सिलोनामै रहेका हेर्न चाहेको बताएका हुन् । ‘अब के हुन्छ मलाई […]