default_image

lokpriya

June 25, 2020

भिनिसियसको गोलमा रियललाई अग्रता

एजेन्सी – ब्राजिलियन युवा फरवार्ड भिनिसियस जुनियरको गोलमा रियल म्याड्रिडले बुधबार मालोर्काविरुद्ध जारि खेलको पहिलो हाफमा १-० को अग्रता लिएको छ । खेलको सातौं मिनेटमा नै मालोर्काका कप्तान तथा गोलरक्षक मानोलो रेइनाले एक मिनेटको अन्तरमा दुई उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा नै राखे । करीम बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र छातीले बल नियन्त्रण गर्दै गरेको प्रहार रेइनाले […]

June 25, 2020

मार्सियलको ह्याट्रिकमा युनाइटेडको सहज जित

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्थोनी मार्सियलले ह्याट्रिक प्रहार गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा सेफिल्ड युनाइटेडलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा म्यानचेस्टर युनाइटेडले सातौं मिनेटमा नै अग्रता लिएको थियो । मार्कस रासफर्डले पेनाल्टी क्षेत्रको दायाँ भागबाट दिएको लो क्रसलाई मार्सियलले पहिलो टचमा नै गोल गरेका थिए । […]

June 24, 2020

प्रशिक्षक राईको छोरीको उपचारमा समाजको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्पेन कोस्टाब्लान्का समाजले एपिएफ क्लबका पूर्व खेलाडी तथा महिला टिमका प्रशिक्षक नर कुमार राईको छोरीको उपचारका आर्थिक सहयोग गरेको छ । कोस्टाब्लान्का समाजका अगुवा तथा एथलेटिक्सका पुर्व राष्ट्रिय खेलाडी अक्कल बहादुर बोहोराको पहलमा संकलन भएको ४० हजार रुपैयाँ नेपाल खेलकुद पत्रकार मञ्च मार्फत बुधवार हस्तान्तरण गरिएको हो । मञ्चका अध्यक्ष […]

June 24, 2020

फुटसल सञ्चालन गर्न पाउनुपर्ने माग

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल फुटसल व्यवसायी संघले फुटसल व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने मागसहित काठमाडौं जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष राज महर्जनको नेतृत्वमा बुधबार गएको टोलीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाएको हो । कोरोना भाइरस कोभिड १९ का कारण सरकारले चैत ११ गते लकडाउन गरेयता खेलकुद गतिविधि ठप्प […]

June 24, 2020

जम्न नसकेको बार्सिलोनाको ‘एमएसजी’

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक किके सेटिनले मंगलबार एथ्लेटिक बिल्बाओविरुद्ध पहिलो पटक आफ्ना तीन स्टार फरवार्ड लिओनेल मेस्सी, लुइस सुआरेज र एन्टोइन ग्रिज्मनलाई पहिलो रोजाईमा खेलाए । कोरोना संक्रमणका कारण सिजन स्थगित हुनुअघि सेटिनले यी तीनलाई एकसाथ खेलाउन पाएकाथिएनन् । सेटिनले नियुक्ति पाउँदा फरवार्ड लुइस सुआरेज घुँडाको चोटका कारण विश्राममा थिए । मंगलबार बिल्बाओविरुद्ध तीनै खेलाडी […]

June 24, 2020

गोदावरी नगरद्वारा सागका पदक विजेता खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको गोदावरी नगरपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ । नगरसभाका क्रममा बुधबार सागका पदक विजेता निकेश श्रेष्ठ र प्रशिक्षकद्वय दीपक श्रेष्ठ र गंगाराम महर्जनलाई नगदसहित सम्मान गरेको हो । उनीहरुलाई नगरपालिकका मेयर गजेन्द्र महर्जनले सम्मान गरेका थिए । गत वर्ष […]

June 24, 2020

बार्सिलोनाले भन्दा रियलले २६ घण्टा बढी आराम पाउने

एजेन्सी – ला लिगाको पुनः नयाँ तालिका सार्वजनिक हुँदा खेलाडीलाई आरामका हिसाबले बार्सिलोनालाई भन्दा रियल म्याड्रिडलाई फाइदा पुगेको छ । ३३ औं र ३४ औं चरणको खेलपछि बार्सिलोनालाई भन्दा रियलले २६ घन्टा बढी आराम पाउने भएको छ । यसअघिको खेल तालिकामा रियलले आपत्ती जनाएको थियो । स्पेनिस लिगमा हरेक खेल पछि नयाँ नयाँ विवाद देखिइरहेका […]

June 24, 2020

छुम्बी लामा क्यान फर्कंदै!

प्रकाश तिमल्सिना, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) का पूर्व (सिओओ) छुम्बी लामा फरक भूमिकामा क्यान फर्कने भएका छन् । उनी सदस्यका रुपमा क्यान पुन: प्रवेश गर्न लागेका हुन् ।   राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो प्रतिनिधिका रुपमा रहेको दुई सदस्यता लामा र धर्मराज गिरीको नाम सिफारिस गर्ने तयारी गरेको  स्रोतले जानकारी दियो । यद्यपि […]

June 24, 2020

शीर्षस्थानमा उक्लन रियलले मालोर्कासँग खेल्दै

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार रियल म्याड्रिडले घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो रंगशालामा मालोर्काको सामना गर्दैछ । खेल नेपाली समयानुसार बिहिबार बिहान १:४५ बजे सुरु हुनेछ । रियललाई लिगको शीर्षस्थानमा फर्कनका लागि मालोर्काविरुद्ध जितको विकल्प छैन । रेलिगेसन क्षेत्रमा रहेको मालोर्का कोरोना संक्रमणपछि खराब लयमा रहेको छ । यता रियलले भने लगातार जित […]

June 24, 2020

घाइते अगुएरो बार्सिलोना जाँदै

एजेन्सी – म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो घुँडाको चोटको विस्तृत परिक्षण गर्न बिहीबार वा शुक्रबार क्याटलान सहर बार्सिलोना जाने भएका छन् । सोमबार प्रिमियर लिग अन्तर्गत बर्नलीविरुद्ध खेलमा अगुएरोले चोट बोकेका थिए । उक्त खेलमा सिटीले ५-० को फराकिलो जित दर्ता गरेको थियो । अगुएरो पहिलो रोजाईमा रहेर खेलेपनि बेन मीको ट्याकलले चोट लागेपछि उनको […]

Success

Thank you for your time.