November 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले १ सय २० दिनभित्र सहिद स्मारक‘ए’ डिभिजन लिग सुरु गर्न सहमति जनाएको छ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बोलाएको लिगका सरोकारवालाहरुसँगको बैठकमा एन्फा महासचिव किरण राईले तयारीका लागि १ सय २० दिन भयो भने ए डिभिजन लिग गर्न सक्ने बताएका थिए। मन्त्री गुप्ताले एन्फालाई मिति प्रस्ताव […]
November 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सहिद स्मारक लिगका विषयमा आज सरोकारवालाहरुसँग छलफल गर्दैछन्। छलफलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष र महासचिव, सबै क्लबका १४ ए डिभिजन क्लबका समान १ जना पदाधिकारी प्रतिनिधी, नेपाल फुटबल खेलाडी संघका अध्यक्ष एवम् महासचिव तथा फुटवल टोली कप्तान बोलाइएको छ। मन्त्रीको निजी सचिवालयबाट प्राप्त […]
November 11, 2025
हिमाल खरेल/ दिपक बोहोरा, बिर्तामोड एलभिडी झापा महिला गोल्ड कप फुटबल प्रतियोगिताले घरेलु महिला नकआउटको टिकट बिक्रीबाट हालसम्मकै सर्वाधिक रकम आम्दानी गरेको छ । दर्शकको उल्लेख्य उपस्थिति रहेको प्रतियोगिताका हरेक खेलमा रंगशाला भरिभराउ रहेको थियो । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता अवधिभर ५८ लाख ३ हजार रुपैयाँको टिकट बिक्री भएको छ । फाइनल […]
November 11, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- वेस्ट इन्डिजका पूर्व कप्तान शिवनारायण चन्द्रपलले नेपाल आउँदा आफू उत्साहित भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षक नियुक्त भएपछि चन्द्रपल सोमवार पहिलो पटक नेपाल आएका हुन् । जनकपुर बोल्ट्सले सोमवार साँझ राखेको पत्रकार सम्मेलनमा विश्व क्रिकेटका दिग्गज ब्याटर समेत रहेका चन्द्रपलले भने, ‘म यहाँ […]
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]
November 10, 2025
रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]
November 10, 2025
रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूहरुसँग गर्ने भनिएको वार्ताको प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि नेपाल फुटबल खेलाडी संघले वार्ता बहिष्कार गरेको छ। साधारण सभाबाट पास गरिएको मितिमा नै ए डिभिजन लिग सुरु गर्नु पर्ने मागसहित बिहीवार फुटबल खेलाडी संघले एन्फा विरुद्ध धर्ना प्रदर्शन गरेको थियो। एन्फाले एक साता भित्र लिग गर्ने […]