default_image

lokpriya

August 13, 2025

१४ क्लबले महिला लिगको छनोट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटवल संघ (एन्फा) को आयोजनामा एन्फा महिला लिग छनोट बिहीवार सुरु हुने भएको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्स र च्यासल रंगशालामा सहभागी १४ टोली बीच हुने ४३ खेलबाट ५ टोली महिला लिगको अन्तिम चरणका लागि छनोट हुने बुधवार एन्फा आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। सहभागी टोलीलाई […]

August 13, 2025

आइओसी मान्यता प्राप्त एनओसीको चासो

काठमाडौं (हाम्रो खेलकुद)- ध्रुवबहादुर प्रधानको नेतृत्वमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरिएको प्रति अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीको ध्यानाकर्षण भएको जनाएको छ। जीवनराम श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीका महासचिव राजिव श्रेष्ठले बुधवार विज्ञप्ति जारी गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता रही आवधिक निर्वाचन गर्दै आएको तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र […]

August 13, 2025

पाकिस्तानविरुद्ध वेस्ट इन्डिजलाई ओडिआई सिरिज

एजेन्सी – ट्रिनिडाडमा भएको तेस्रो र अन्तिम ओडिआईमा मोहमद रिजवान कप्तानीमा रहेको पाकिस्तान ९२ रनमा अलआउट गर्दै घरेलु टोली वेस्ट इन्डिजले २‌ सय २ रनले पराजित गरेको छ। योसँगै वेस्ट इन्डिजले ओडिआई सिरिज २-१ ले आफ्नो पक्षमा पार्दै मंगलवार ऐतिहासिक जित दर्ता गर्‍यो।२ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका कुनै पनि ब्याटरले सम्हालिएर खेल्न […]

August 12, 2025

सरकारी मान्यतामा प्रधानको नेतृत्वमा एनओसी तदर्थ समिति गठन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विवादमा नयाँ मोड थपिएको छ। जीवन राम श्रेष्ठको नेतृत्वमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसी अस्तित्वमा रहँदा सरकारको स्वीकृतिमा पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा एनओसीको‌ नयाँ तदर्थ समिति गठन भएको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले केहि दिनअघि मन्त्रालयमा पत्राचार सम्मेलन गर्दै २२ राष्ट्रिय संघको सहमतिमा एनओसीको तदर्थ […]

August 12, 2025

ब्रेभिसको कीर्तिमानी ब्याटिङमा दक्षिण अफ्रिकाको जित

एजेन्सी – डेवाल्ड ब्रेभिसको अविजित १ सय २५ रनको धमाकेदार इनिङ (५६ बलमा) ले दक्षिण अफ्रिकालाई दोस्रो टि ट्वान्टी आईमा अष्ट्रेलियालाफ ५३ रनले हराएको छ । २ सय १९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६५ रनमा समेटिएको थियो। ब्रेभिसको १२ चौका र ८ छक्काको स्तरीय ब्याटिङले ३ टि ट्वान्टी […]

August 12, 2025

सलहेस ताप्लेजुङ गोल्ड कपको सेमिफाइनलमा

दिपक बोहरा, ताप्लेजुङ  फिदिम स्पोर्टिङ क्लब पाँचथर लज्जास्पद हार बेहोर्दै तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता २०८२ बाट बाहिरिएको छ। सलहेस क्लब सिराहासँग आज अन्तिम क्वाटरफाइनलमा ६-०  को पराजय भोग्दै फिदिम प्रतियोगिताबाट बाहिरिएको हो। सदिया आदमले पाँचौँ मिनेटमा गोल गर्दै सलहेसलाई अग्रता दिलाए। ३५औँ मिनेटमा सुजित बुढाथोकी र ३७औँ मिनेटमा युसुफ मलिकले गोल थपे […]

August 12, 2025

बुल्गेरियाकी निकोलाएभाले काठमाडौंबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि काठमाडौं स्पाइकर्सले बुल्गेरियन भलिबल खेलाडी निकोलाएभा नेकोभाले अनुबन्ध गरेको छ । काठमाडौं स्पाइकर्सले पहिलो विदेशी खेलाडीको रुपमा नेकोभाको नाम घोषणा गरेको हो । २७ वर्षीय नेकोभा सेटर पोजिसनमा खेल्छिन् । नेकोभाले बुल्गेरिया, फ्रान्स, अजबैजानको क्लबबाट खेलेको अनुभव छ । नेकोभाको आगमनले काठमाडौं स्पाइकर्सको टोलीमा अझ […]

August 12, 2025

कृतिश एनसिएमको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसिएम) को ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। एनसिएमले मंगलवार ब्रान्ड एम्बेसडरमा नियुक्त गर्ने क्रममा नगद र मायाको चिनोसहित सम्मान पनि गरेको हो। एएफसी एसियन कप छनोअन्तर्गत लाओसविरुद्धको खेलमा उनले डेब्यू गरेका थिए। कार्यक्रममा कलेजका प्रमुख विनोद दवाडी, अखिल नेपाल फुटबल संघ […]

August 12, 2025

ग्रासरुट्स फुटबल कार्यक्रमले गति लिने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले बाल फुटबलको विकास र बालबालिकाको संरक्षण सुनिश्चित गर्ने उद्देश्यका साथ ग्रासरुट्स कार्यक्रम सुरु गरेको छ। एन्फाले तेर दे होम्स (टिडिएच) र चाइल्ड नेपालसँग सम्झौता गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा ग्रासरुट्स फुटबल लोगो पनि सार्वजनिक गरिएको थियो। एन्फा अध्यक्ष पंकज […]

August 12, 2025

साम्बा म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले  नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन दनैले सम्झौता पत्रमा हस्ताक्षर गरे । राष्ट्रिय टोलीबाट ६० खेलमा ६४ गोल गरेकी साम्बालाई म्याक्सीम्याक्ससँग जोड्न पाउँदा खुसी लागेको म्याक्सिम्याक्सले जनाएको छ । साम्बाले कुनै कन्सल्टेन्सीको ब्रान्ड […]

Success

Thank you for your time.