default_image

popular

August 19, 2025

मेस्सीसहितको‌ अर्जेन्टिना टोलीको‌ घोषणा

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी भेनेजुएला र इक्वेडरविरुद्धको अन्तिम विश्वकप छनोट खेलका लागि राष्ट्रिय टोलीमा फर्किएका छन्। इन्टर मियामीमा खेल्दा चोट लागेपछि मेस्सी केही समय मैदान बाहिर थिए। अहिले उनी पुनः फिट छन् र एलए ग्यालेक्सीमाथि ३-१ को जितमा गोल र असिस्ट गर्दै शानदार पुनरागमन गरेका छन्। अर्जेन्टिना २०२६ विश्व कपको लागि पहिले नै […]

August 19, 2025

सान्तोसको लज्जास्पद हारपछि नेयमार रुँदै मैदान बाहिरए

एजेन्सी – ब्राजिलियन सिरि ‘ए’ मा सान्तोसले घरेलु मैदानमा भास्को दा गामासँग ६-० को लज्जास्पद हार बेहोरेको छ। यो नेयमारको करियरकै सबैभन्दा ठूलो हार हो। हारपछि उनी रुँदै मैदानबाट बाहिरिए। यो सिरि ‘ए’ मा सान्तोसले घरेलु मैदानमा पहिलो पटक ६ गोल खाएको खेल हो। क्लबका मुख्य प्रशिक्षक क्लेबेर जेभियरलाई खेल सकिएको केही घण्टामै बर्खास्त गरिएको […]

August 19, 2025

एभिएम र स्ट्यागको संयुक्त अग्रता

काठमाडौं(हाम्रो खेलकुद)- एभिएम टेबल टेनिस क्लब र स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन- ३ को दोश्रो दिन सोमवार संयुक्त रुपमा शीर्ष स्थानमा छन् । दोश्रो चरणको खेल सकिँदा दुवै टोलीको समान १८ अंक जोडेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा टप स्पिन टेबल टेनिस गुड्स नेपाल र द ड्रागन्स […]

August 18, 2025

ललितपुर क्विन्सको गुडविल एम्बेसडर आयशाको निरन्तरता   

ललितपुर (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) टोली ललितपुर क्विन्सले दक्षिण एसियाली खेलकुद (साग) को ३ वटा स्वर्ण पदक विजेता आयशा शाक्यलाई  गुडविल एम्बेसडरमा निरन्तरता दिएको छ । ललितपुर क्विन्सको कार्यालयमा सोमवार क्लबका अध्यक्ष रमेश पराजुली र आयशा शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।  आयशाले ललितपुर क्विन्ससँग सम्झौता नवीकरण गर्न पाउँदा खुसी लागेको बताइन् । “फेरि पनि ललितपुर क्विन्ससँग सम्झौता गर्न पाउँदा […]

August 18, 2025

इटलीकी ओउमायमा काठमाडौं स्पाइकर्समा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फ्रेन्चाइज टिम काठमाडौं स्पाइकर्सले इटालियन खेलाडी ओउमायमा कोडिएललाई अनुबन्ध गरेको छ। काठमाडौंले तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेको हो। यसअघि काठमाडौंले बुल्गेरियन सेटर नेकोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना कोलोतीजिनालाई टिममा भित्राएको थियो। इटालियन खेलाडी ओउमायमाले मिडल ब्लकर र हिटरको भूमिकामा टिमले अनुबन्धन गरेको हो। तीन […]

August 18, 2025

नेपालको लगातार तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी-ट्वान्टी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ। नेपाललाई आज मेलबर्न स्टार्सले नेपाललाई ३१ रनले हरायो। जितको लागि १ सय ७६ रनको चुनौती पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रनमा समेटियो। ओपनर कुशल भुर्तेल १३ बल खेल्दै ४ चौका सहित २५ रन जोडेर […]

August 18, 2025

प्रिसियस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीले आयोजना गरेको हिमालयन क्विन्स ग्याम्बिटमा एक सय ४१ खेलाडीको चुनौती पन्छाउँदै आइतवार प्रिसियस अधिकारी च्याम्पियन भएकी छन् । उनले शतप्रतिशत जितसहित ७ अंकका साथ उपाधि जितेकी हुन् । माइतीघर स्थित सेन्ट जेभियर्स कलेजमा सञ्चालित एकदिने प्रतियोगितामा खुलातर्फ निहाना श्रेष्ठ पनि अपराजित रहिन् । तर, दोस्रो चरणमा बराबरी नतिजाले उनलाई […]

August 18, 2025

नेपाललाई प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- मेलबर्न स्टार्सले अस्ट्रेलियामा जारी टप एन्ड टि-ट्वान्टी सिरिजमा नेपाललाई जितको लागि १ सय ७६ रनको चुनौती दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनायो। ओपनर क्याम्पबेल केलावे २ रनमा सोमपाल कामीको बलमा आउट हुँदा मेलबर्न स्टार्सले मात्र २ रन बनाएको थियो। […]

August 18, 2025

आर्सनलसँग म्यानचेस्टर युनाइटेडको हार

एजेन्सी – आर्सनलले प्रिमियर लिगमा आइतवार म्यान्चेस्टर युनाइटेडलाई १-० ले हराएको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफियोरीको हेड गोल नै खेलको निर्णायक बन्यो। कर्नरबाट गरेको उत्कृष्ट प्रदर्शन आर्सनलले नयाँ सिजनको पहिलो कर्नरमै गोल गरेर जित निकालेको हो। खेलको १३ औं मिनेटमा कालाफियोरीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । युनाइटेडका गोलकिपर आलताय बायिन्दिरको त्रुटिपूर्ण बचाउ पनि […]

August 17, 2025

अपराजित राधिकालाई चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौँ सामाखुसी स्थित नेपाल प्रहरी स्कूल प्राङ्गणमा  सम्पन्न दोस्रो एनपिएस विद्यालय स्तरीय चेस प्रतियोगिताको उपाधि रिलायन्स इन्टरनेसनल स्कुलले जितेको छ। छात्रा सिनियर विद्यार्थी समूहमा रिलायन्स स्कूलकी राधिका पौडेलले ६ चरण अपराजित रहँदै उपाधि जितेकी छिन्।   यसै समूहमा आयोजक नेपाल प्रहरी स्कुलकी मन्दिरा गिरि ५ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो भइन् […]

Success

Thank you for your time.