default_image

popular

August 17, 2025

पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतवार पत्रकार सम्मेलन आयोजना गर्दै २२ औँ संस्करणको स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गर्यो । मनोनयनमा उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र […]

August 17, 2025

बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनोट सुरु

रविन्द्र वाईबा, बागमती मकवानपुरको बागमती गाउँपालिकाले फुटबल एकेडेमी सञ्चालनको लागि खेलाडी छनोट आइतवार सुरु गरेको छ। वडा नं ४ स्थित सहिद स्मृति रंगशालामा छनोटको पहिलो दिन वडा नं ४ र ५ खेलाडी सहभागी भएका थिए।‌ भदौ ८ गतेसम्ममा सबै वडाको खेलाडी छनोट गरिने बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए। सबै वडामा छनोट पश्चात् अन्तिम चरण […]

August 17, 2025

साफ यु-१७ खेल्ने महिला टोलीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु-१७ महिला च्याम्पियनसिपमा भाग लिन जाने नेपाली टोलीको आज बिदाइ गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारीले नेपाली युवा टोलीको बिदाइ गरे। प्रतियोगिता अगस्ट २० देखि ३१ (भदौ ४ देखि १५ गते) सम्म भुटानमा हुनेछ। प्रतियोगितामा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भुटान, बंगलादेश र भारतले […]

August 17, 2025

क्यानद्वारा गुरुङलाई अम्पायरिङमा प्रतिबन्ध

सुमन अधिकारी, बुटवल नेपाल क्रिकेट संघ(क्यान) ले लुम्बिनी प्रदेश क्रिकेट संघका पूर्व अध्यक्ष संजय गुरुङलाई अम्पायरिङ लगायत कुनैपनि क्रिकेट गतिविधिहरुमा संलग्न नगराउन प्रदेश तथा जिल्ला क्रिकेट संघलाई निर्देशन गरेको छ । क्यानको साउन १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट गुरुङलाई अर्को निर्णय नभएसम्मको लागि सो निर्णय गरेको आज आइतवार संघका महाप्रवन्धक उत्सव ढुङ्गानाले लुम्बिनी प्रदेश […]

August 17, 2025

अस्ट्रेलिया मान र दिलको जोडी बिच भलिबल च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बिच भलिबलका सफल मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी अस्ट्रेलियामा भएको ब्राइटन बिच भलिबल कपको च्याम्पियन बनेका छन् । ब्राइटन बिच भलिबल संघको आयोजनामा आइतबार भएको फाइनलमा आयाेजक ब्राइटनका जाेडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । सिड्नीस्थित ब्राइटन बिचमा रोमाञ्चक र प्रतिस्पर्धात्मक […]

August 17, 2025

एनओसी विवादमा प्रधानको उल्टो बाटो

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं एउटा गल्ति सच्याउन अर्को गल्ति गर्नु समस्या समाधान होइन, बरु त्यसलाई अझ जटिल बनाउने काम मात्र हो। अहिले नेपाल ओलम्पिक कमिटी (एनओसी) मा देखिएको दोहोरो अस्तित्वले त्यहि संकेत गर्छ । जीवनराम श्रेष्ठले नेतृत्व गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसी आफै विवादको भुमरीबाट बाहिरिन नसकेको समयमा सरकारको समर्थनमा एनओसीको अर्को तदर्थ समिति […]

August 17, 2025

इन्डो–नेपाल करातेको उपाधि धरान रंगशाला कराते एकेडेमीलाई

हिमाल खरेल, बिर्तामोड प्रथम इन्डो–नेपाल अन्तरविद्यालय खुला कराते च्याम्पियनसिपको उपाधि धरान रंगशाला कराते एकेडेमीले जितेको छ । धरानले ७५ वटा विद्यालयलाई पछि पार्दै उपाधि उचालेको हो । च्याम्पियनसिपको विजेता धरानले नगद नगद १ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । धरान ३३ स्वर्ण जित्दै च्याम्पियन बनेको हो । धरानकै अर्को टिम धरान […]

August 17, 2025

गोलसहित मेस्सीको पुनरागमनमा मियामीको जित

एजेन्सी – दायाँ घाँटीको मांसपेशी अझै शत प्रतिशत ठिक नभई‌ मैदान फर्केका लियोनेल मेस्सीले गोल गरेको मेजर लिग सकर (एमएलएस) को आजको खेलमा इन्टर मियामीले एलए ग्यालेक्सीलाई ३-१ ले हराएको छ। मेसीले ८४ औँ मिनेटमा गोल गरे। त्यस अघि जोर्डी आल्बाले ४३ औँ मिनेटमा र लुइस सुआरेजले ८९ औँ मिनेटमा गोल गरेर इन्टर मियामीलाई सहज […]

August 17, 2025

बायर्नलाई जर्मन सुपर कप

एजेन्सी – नयाँ खेलाडी लुइस डियाज र हेरी केनको गोलमा बायर्न म्युनिखले स्टुटगार्टलाई २-१ ले पराजित गर्दै जर्मन सुपर कप उपाधि जितेको छ। क्लबमा आफ्नो पहिलो खेल खेलिरहेका डियाजले उत्कृष्ट प्रदर्शन गरे। डियाजले लिभरपुलबाट ६५.५ मिलियन पाउण्डमा बायर्नमा ४ वर्षका लागि अनुबन्ध भएका थिए। उनले ७७ औँ मिनेटमा सर्ज नाब्रीको क्रसमा हेड गोल गर्दै टोलीलाई […]

August 17, 2025

बार्सिलोनाको विजयी सुरुवात

एजेन्सी – बार्सिलोनाले ला लिगाको नयाँ सिजनको सुरुवात सहज जितबाट गरेको छ। बार्सिलोनाले शनिवार राति मालोर्काको मैदानमा भएको खेलमा घरेलु टोलीलाई ३-० ले पाखा लगायो। खेलमा मालोर्काका २ खेलाडी पहिलो हाफमै रातो कार्ड पाएपछि बार्सिलोनाको जित सहज बनाइदियो। खेल सुरु भएको सातौँ मिनेटमै लामिन यामालको क्रसमा राफिन्हाले नजिकैबाट हेड बाट पहिलो गोल गरे । पछिल्लो […]

Success

Thank you for your time.