August 17, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सानदार जितका साथ प्रिमियर लिगको सुरुवात गरेको छ। टिज्जानी रेजन्डर्स र रायान चर्चीले प्रिमियर लिगमा आफ्नो पहिलो खेलमै गोल गर्दा सिटीले वुल्भ्सलाई ४-० ले हरायो । टोलीका लागि एर्लिङ हालान्डले २ गोल गरे। प्रिमियर लिगको पहिलो हप्तामा गोल गर्ने आफ्नो परम्परा कायम राख्दै हालान्डले ३४ औँ मिनेटमा ट्याप–इन गोल गरे । […]
August 16, 2025
एजेन्सी – टोटनहम हट्सपरले नयाँ प्रशिक्षक थॉमस फ्र्याङ्कको नेतृत्वमा प्रिमियर लिगको पहिलो खेलमा शानदार नतिजा निकालेको छ। शनिवार भएको खेलमा टोटनहमले बर्न्लीलाई ३-० गोलले पराजित गर्यो। खेलको १० औँ मिनेटमै मो कुडुसले दिएको पासमा रिचार्लिसनले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए। कुडुसको यो प्रिमियर लिग डेब्यू खेल थियो र उनले सुरुवातमै राम्रो प्रभाव पारे। ६० […]
August 16, 2025
ताप्लेजुङ (हाम्रो खेलकुद) – सिराहाको सलहेश युवा क्लब तेस्रो ताप्लेजुङ गोल्डकपको च्याम्पियन बनेको छ । सलहेशले शनिबार भानुजन माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा ललितपुरको चर्च ब्वाइज युनाइटेड क्लबलाई २-० ले पराजित गर्यो । जितसँगै सलहेशले नगद ७ लाख २ हजार ८२ प्राप्त गर्दा चर्च ब्वाइजले ३ लाख ५० हजार ८२ रुपैयाँमा चित्त बुझाएको छ । […]
August 16, 2025
एजेन्सी – ग्लेन म्याक्सवेलले अविजित अर्धशतक बनाएपछि शनिवार अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई तेस्रो तथा अन्तिम टि ट्वान्टी आईमा २ विकेटले हराएको छ । योसँगै अष्ट्रेलियाले २-१ ले सिरिज जितेको छ। केर्न्सको काजलिज स्टेडियममा भएको निर्णायक खेल निकै रोमाञ्चक रह्यो। दक्षिण अफ्रिकाले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनायो। […]
August 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अस्ट्रेलियामा जारी टप एन्ड टि ट्वान्टी सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपाल आज आफ्नो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको छ। १ सय ८७ रनको लक्ष्य पछ्याएको नेपालले कुलश मल्लको अर्धशतकसहित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो । कुशल मल्ल लगातार […]
August 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टप एन्ड टी-ट्वान्टी सिरिजको दोस्रो खेलमा बङ्गलादेशको ‘ए’ ले नेपाललाई १ सय ८७ रनको चुनौती दिएको छ। अष्ट्रेलियास्थित डार्विनको डिएक्ससी एरिनामा बङ्गलादेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८६ रन बनायो। ओपनर जिसान अलाम र मोहम्मद नैम शेखले पहिलो विकेटको लागि ६२ रनको […]
August 16, 2025
रविन्द्र वाईबा, बागमतीमकवानपुरको बागमती गाउँपालिकाले फुटबल एकेडेमी सञ्चालनको तयारी थालेको छ। राष्ट्रियस्तरको गोल्डकप आयोजना गर्दै आइरहेको बागमतीले अब व्यवसायिक रुपमा खेलाडी उत्पादन गर्ने गरि एकेडेमी सञ्चालनको तयारी सुरु गरेको हो। पालिकाले `बागमती एकेडेमी´ सञ्चालनका खेलाडी छनोट कार्य सुरु गर्ने भएको गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए। प्रारम्भिक चरणमा १० देखि १४ वर्ष उमेरसमूहका खेलाडीहरु छनोट गरिने […]
August 16, 2025
एजेन्सी – लिभरपुलले आफ्नो प्रिमियर लिग उपाधि रक्षा अभियान जितबाट सुरु गरेको छ। बराबरीतर्फ उन्मुख शुक्रवारको खेल अन्त्यमा लिभरपुलले बोर्नमाउथलाई ४-२ ले हराएको थियो।जुलाइमा कार दुर्घटनामा ज्यान गुमाएका डिजगो जोटा र उनका दाइ आन्द्रे सिल्भाको सम्झनामा खेल सुरु हुनुअघि एक मिनेट मौन धारण गरिएको थियो । २०औँ मिनेटमा ताली बजाएर उनीहरुलाई श्रद्धाञ्जलि अर्पण गरिएको थियो […]
August 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपालको अन्तिम टोली सार्वजनिक गरिएको छ। प्रमुख प्रशिक्षक नविन न्यौपानेले २३ सदस्यीय टोली घोषणा गरेका हुन्। न्यौपानेले राष्ट्रिय टोलीका ४ खेलाडी आयुष घलान, कृतिश रत्न छुन्जु , निराजन धामी र सुमित श्रेष्ठ सहित टोली घोषणा गरेका हुन्। टोलीमा गोलकिपरमा कृशाल मोक्तान, अमित टमाटा […]
August 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन रनिङ क्लब तथा भेट्रान धावकहरुको संयुक्त आयोजनामा प्रथम अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपमा विभागीय खेलाडीको दबदबा रहेको छ। दशरथ रंगशालामा भएको च्याम्पियन्समा महिला/पुरुष ६० मिटर,१ सय ५० मिटर , ३ सय ५० मिटर, ६ सय मिटरमा प्रतिस्पर्धा भएको थियो। महिला ६० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरी (७.६ सेकेन्ड) विजयी भइन् […]