default_image

Lawn Tennis

February 27, 2018

प्रनव र मायांकालाई टेनिस उपाधि

दिपक न्यौपाने बुटवल – त्रिभुवन आर्मी क्लबका प्रनव खनाल र मायांका राणाले बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको एकल उपाधि जितेका छन् ।देविनगरस्थित लन टेनिस कोर्टमा मंगलबार भएको पुरुष एकलको फाइनलमा प्रनवलेसन्तोष खत्रीलाई ६–२, ६–२ को सोझो सेट हराए । मायांकाले महिला एकलको फाइनलमा बहिनी माहिका राणालाई ७–५, ६–३, ६–२ ले हराइन् । विजेता दुवैले उपाधिसहित […]

February 14, 2018

मायांकालाई टेनिसमा ऐतिहासिक सफलता

काठमाडौं (हाम्रो खेलकुद)– मायांका राणा नेपाली टेनिसको इतिहासमा आईटीएफ जुनियर विश्व ¥याङकिङ प्रतियोगिताको महिला सिंगल्सको क्वाटरफाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् । सातदोबाटोस्थित टेनिस कोर्टमा जारी नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–२ अन्तर्गत बुधबार भएको खेलमा आफ्नै देशकी आइरा रावतलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनल पुग्ने पहिलो महिला खेलाडी […]

February 10, 2018

बुटवलमा राष्ट्रियस्तरको लन टेनिस हुने

दिपक न्यौपाने बुटवल – बुटवलमा अर्को महिना खुल्ला लन टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । बुटवल लन टेनिस क्लबको आयोजनामा फागुन ११ गते १५ गतेसम्म प्रतियोगिता आयोजना हुने आयोजक बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले जानकारी दिए । बुटवलमा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजकले ९० प्रतिशत भन्दा बढि खेलाडी जिल्ला बाहिरबाट रहने बताइएको […]

December 23, 2017

राखेप च्याम्पियनसिपमा २९ खेल

राष्ट्रपतिले भोलि उद्घाटन गर्ने काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यस बर्षदेखि आयोजना गर्न लागेको राखेप च्याम्पियनसिपमा २९ खेल समावेश हुने भएको छ । आयोजक राखेपले शनिबार एक कार्यक्रम गर्दै च्याम्पियनसिपमा २९ खेल समावेश हुने जानकारी गराएको हो । च्याम्पियनसिपमा ५ विकास क्षेत्र र ३ विभाग गरी आठ टिमको सहभागिता रहनेछ । बृहत […]

December 13, 2017

अजारेन्काले अष्टे«लियन ओपन खेल्ने

मेलवर्न (एजेन्सी)– पूर्व विश्व नं १ महिला टेनिस खेलाडी भिक्टोरिया अजारेन्काले अष्टे«लियन ओपन टेनिस खेल्ने भएकी छिन् । वाइल्डकार्ड प्राप्त गरेपछि उले खेल्ने निश्चित भएको छ । क्यालिफोर्नियाका एक जना वकिलले अजारेन्का र उनको ११ महिनाका छोराको कानुनी मामला चलिरहेकोले क्यालिफोर्नियाबाट बाहिर जान प्रतिबन्ध लगाइएसँगै उनी टेनिस कोर्टबाट बाहिर रहेकी थिइन् । वाइल्डकार्ड पाएसँगै सन् […]

November 13, 2017

नेपाल एसियन जुनियर टेनिसमा नवौं स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको जुनियर (यू १२) टेनिस टोली एसियाली राष्ट्रमध्ये नवौं स्थान रहन सफल भएको छ । आर्यन गिरी (१२ वर्ष), आरभ सम्राट हाडा (१०वर्ष ) र चिराग तिलिम्सिना (११वर्ष) सम्मिलित टोलीले बंगलादेशलाई हराएपछि काजकिस्तानमा शनिबार सम्पन्न आइटिएफ जुनियर एन्ड यू १२ च्याम्पियनसिपमा नवौं स्थान प्राप्त गरेको हो । छनोट चरण पार गरेका १२ […]

November 2, 2017

प्रेरणा र गरभ सर्किट १ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी प्रेरणा कोइराला र भारतका गरभ बहल केशा गु्रप एएनएलटिए नेपाल एसियन यु–१४ ¥याङकिङ टेनिस च्याम्पियनसिप प्रतियोगिता अन्र्तगतको सर्किट १ को च्याम्पियन बनेका छन् । सातदोबोस्थित टेनिस कोर्टमा बिहिबार भएको महिलातर्फको फाइनल खेलमा प्रेरणाले आफ्नै देशकी रायना शाहलाई ६–२ र ६–१ को सोझो सेटले हराइन् । यस्तै पुरुषतर्फ भारतका गरभ बहलले […]

November 1, 2017

ओसाङ,बृजेश र आयुष टेनिसमा जिल्ला च्याम्पियन

दिपक न्यौपाने बुटवल – रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा बुटवलमा प्रथम जिल्ला स्तरीय खुल्ला जुनियर लन टेनिस प्रतियोगितामा यू ८ मा ओसाङ थापा विजयी भएका छन् । एन्फा एकेडेमी बुटवल देबिनगरमा रहेको लन टेनिसकोर्टमा बुधबार ओसाङले फाइनलमा दिपलभ रजालीलाई हराए । निश्चल ज्ञवालीले तेस्रो भए । यू ९ मा बृजेश अर्याल विजयी भए भने […]

October 27, 2017

यू–१४ वरियता टेनिस पर्सीबाट

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल लन टेनिस संघको आयोजनामा दोस्रोपटक सातदोबाटोमा आइतबारबाट सर्किट १ र २ को यू–१४ यू–१४ वरियता (र्याङकिङ) टेनिस पर्सीबाट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपाल सहित भारत, हङकङ र अमेरिकाका खेलाडीले प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सर्किट १ का खेलहरु अक्टोबर ३० देखि नोभेक्बर ३ तारिख […]

October 15, 2017

फेडेरर च्याम्पियन

सांघाई (एजेन्सी)- स्वीस टेनिस खेलाडी रोजर फेडेरर चीनमा जारी सांघाई मास्टर्स टेनिस प्रतियोगिताको च्याम्पियन बनेका छन् । दोस्रो वरियताका ३६ वषीर्यय फेडेररले शीर्ष वरियताका स्पेनिस राफेल नाडाललाई २–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । पहिलो सेट ६–४ ले आफ्नो पक्षमा पारेको फेडेररले दोस्रो सेट ६–४ ले आफ्नो पक्षमा पार्न सफल भयो । […]

Success

Thank you for your time.