default_image

भलिबल

December 30, 2021

च्याम्पियन महिला भलिबल टोलीको भव्य स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन नेपाली महिला टोलीलाई बिहीबार स्वदेश फर्कदा भव्य स्वागत गरिएको छ । मन्त्री परिषद्ले महिला टोलीका खेलाडीलाई जनही ५ लाख, प्रशिक्षकहरुलाई ३ लाख र व्यवस्थापकलाई २ लाख रुपैयाँ दिने निर्णय बुधबार नै निर्णय गरिसकेको थियो । महिला टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्वजंग […]

December 30, 2021

भलिबल टोली आज स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको दुवै (महिला र पुरुष) भलिबल टोली आज (बिहीबार) स्वदेश फर्कदै छ । बंगलादेशमा मंगलबार सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको च्याम्पियन महिला टोली, चौथो भएको पुरुष टोली, निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश फर्कन लागेका हुन् । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले मौसम राम्रो भएको अवस्थामा टोली […]

December 29, 2021

सेन्ट्रल जोन च्याम्पियन टोलीलाई जनही ५ लाख दिने सरकारको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – सरकारले बंगलादेशमा सम्पन्न एभीसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोलीलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा बुधार बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको खेलकुद मन्त्री महेश्वर […]

December 29, 2021

भलिबल टोली बिहीबार स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली दुवै राष्ट्रिय भलिबल टोली बिहीबार स्वदेश फर्कने भएको छ । बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा च्याम्पियन महिला टोली, चौथो भएको पुरुष टोली, निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश फर्कन लागेका हुन् । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले मौसम सफा भएको अवस्थामा टोली बिहीबार बिहान ११ः३० […]

December 29, 2021

सेन्ट्रल जोन च्याम्पियन महिला टोलीलाई राष्ट्रपतिको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रपति विद्यादेवी भण्डारीले एभीसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोलीलाई बधाई दिएकी छिन् । राष्ट्रपति भण्डारीले बुधबार सामाजिक संजाल ट्वीटरबाट उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाएको उल्लेख गर्दै नेपाली टोलीलाई बधाई दिएकी हुन् । ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ मा […]

December 28, 2021

सेन्ट्रल जोन च्याम्पियन महिला टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री शेरबहादुर देउवाले बंगलादेशमा सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको विजेता बन्न सफल नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री देउवाले सामाजिक सन्जाल ट्वीटरबाट नेपाली टोलीलाई बधाई तथा थप सफलताको शुभकामना प्रदान गरेका हुन् । उनले ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ मा […]

December 28, 2021

सेन्ट्रल जोनमा अरुणा र सलिनालाई अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तरगत महिलातर्फ उत्कृष्ट सेटर चुनिएकी छन् । नेपाललाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनकै कप्तानीमा नेपालले लगातार दोस्रो संस्करणमा पनि च्याम्पियन बन्न सफल भएको थियो । त्यस्तै नेपालकै सलिना श्रेष्ठ च्याम्पियनसिपको उत्कृष्ट लिवेरो चुनिएकी […]

December 28, 2021

श्रीलंका सेन्ट्रल जोनको च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै श्रीलंका एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको च्याम्पियन बनेको छ । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर कभर्डहलमा मंगलबार भएको फाइनलमा श्रीलंकाले बंगलादेशलाई २८–२६, २५–२० र २५–२० ले पराजित गर्दै उपाधि हात पारेको हो । घरेलु टोलीले पहिलो पहिलो सेटमा श्रीलंकालाई दवाव बढाएपनि […]

December 28, 2021

सेन्ट्रल जोन भलिबल – नेपाली पुरुष टोली पदक विहिन

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोली एभिसी सेन्ट्रल जोनको च्याम्पियन बने पनि पुरुष टोली भने पदक विहिन बनेको छ । बंगलादेशमा जारी च्याम्पियनसिपको मंगलबार भएको तेस्रो स्थानको प्रतिस्पर्धामा उज्वेकिस्तानसँग ३–० ले पराजित हुँदै नेपाल पदक विहिन भएको थियो । उज्वेकिस्तानले नेपाललाई २५–१५,२५–१७,२५–२२ ले हराएको थियो । दुई वर्षअघि स्वदेशमा भएको च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएको […]

December 28, 2021

उज्वेकिस्तानलाई हराउँदै नेपाल सेन्ट्रल जोनको च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको च्याम्पियन बनेको छ । नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै लगातार दोस्रो संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको हो । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको उपाधि भिडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानमाथि २६–२४, […]

Success

Thank you for your time.