default_image

ताजा समाचारहरु

July 15, 2025

मोड्रिच एसी मिलानमा आबद्ध

एजेन्सी – रियल म्याड्रिडमा १३ वर्ष बिताएका लुका मोड्रिच फ्रि ट्रान्सफरमा एसी मिलानमा आबद्ध भएका छन्। ३९ वर्षीय मिडफिल्डरले इटालियन क्लबसँग सन् २०२६ को जुनसम्मको सम्झौतामा हस्ताक्षर गरेका छन् । एक वर्ष थप गर्ने विकल्प पनि मिलानसँग हुनेछ। अमेरिकामा भएको क्लब विश्वकपपछि रियल छाड्ने मोड्रिचले मे महिनामा घोषणा गरेका थिए । सम्झौतापछि मोड्रिचले भने,’ खेलजीवनको […]

July 15, 2025

हेल्प नेपालको पहिलो खेल घरेलु टोलीसँग

काठमाडौं (हाम्रो खेलकुद) – काभा मेन्स च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्टस क्लबले पहिलो खेलमा माल्दिभ्सको धिवेही सिफाइन्स क्लबसँग खेल्ने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा) ले मंगलबार जारी गरेको खेल तालिकामा नेपालको क्लबको पहिलो खेल घरेलु टोली धिवेहीसँग बुधवार परेको हो । प्रतियोगितामा काभा अन्तर्गत रहेका ५ देशका लिग च्याम्पियन क्लबको सहभागिता […]

July 15, 2025

टेस्ट सिरिजमा अस्ट्रेलियाको क्लिन स्विप

एजेन्सी – पाहुना टोली अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको ३ टेस्टको सिरिजमा क्लिन स्विप गरेको छ । तेस्रो टेस्ट मंगलवार सहजै जितेपछि अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । २ सय ४ रनको लक्ष्य पछ्याएको घरेलु टोली मात्र २७ रनमा अल आउट भयो । जस्टिन ग्रेभ्स सर्वाधिक ११ रनमा आउट भए । ७ ब्याटर रनको खाता नखोल्दै […]

July 14, 2025

इङ्ग्ल्याण्डले भारतलाई हरायो

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले सोमवार भारतलाई तेस्रो टेस्टमा २२ रनले पराजित गरेको छ । लड्स क्रिकेट स्टेडियममा १ सय ९३ रनको लक्ष्य पछ्याएको भारत १ सय ७० रन अलआउट भयो। योसँगै इङ्ग्ल्याण्डले ५ टेस्ट सिरिजमा २-१ को अग्रता लिएको छ । जितका लागि पाँचौं दिन भारतलाई १ सय ३५ र इङ्ग्ल्याण्डलाई ६ विकेटको आवश्यकता […]

July 14, 2025

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस हुने

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ शनिवार हुने भएको छ। प्रतियोगितामा २ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।गत वर्ष अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) स्थापनाको शतबार्षिकीको अवसरमा हिमालयन १०० आयोजना गरिएको थियो । त्यसमा १ सय खेलाडी सहभागि थिए । उक्त प्रतियोगिता फिडेको विश्वव्यापी अभियानअन्तर्गत् गिनिज […]

July 14, 2025

कर्णाली याक्सको प्रशिक्षकमा मल्लको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्सले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक रुपमा निरन्तरता दिएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका निम्ति टोलीको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा मल्ललाई नियुक्त गरेको कर्णाली याक्स स्पोर्टस प्रा.लिका निर्देशक गृहेन्द्र घिमिरेले जानकारी गराएका छन् । ‘पहिलो संस्करणमा पाएको सफलतामा पूर्व अन्तर्राष्ट्रिय खेलाडी मल्लको महत्वपूर्ण भूमिका रहेको छ । त्यसैले पनि […]

July 14, 2025

एसपिएल – रोयल्स र टाइगर्स सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स राजविराजमा जारी सातौँ सप्तरी प्राइड लिग (एसपिएल) को सेमिफाइनल प्रवेश गरेका छन् । वर्षाका कारण रोयल्स र राजगढ वारियर्सबीचको पहिलो खेल नतिजाविहिन रह्यो र दुबैले टोलीले अंक बाँडे । पबी स्कुल मैदानमा टस हारेर ब्याटिङ गरेको राजविराज राजदेवी रोयलले १४.१ ओभरमा ४ विकेट गुमाएर १ […]

July 14, 2025

मनाङ र फ्रेन्ड्सको जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स युथ क्लबले जित निकालेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमवारको पहिलो खेलमा मनाङले चर्च व्बाइज युनाईटडलाई ४-३ ले पराजित गर्यो । मनाङको जितमा राम अर्जेलले छैटौं र २४औं मिनेटमा गोल गरे । रोहन थापा मगरले १७औं तथा धम्रेन्द्र बोहोराले ८४औं मिनेटमा गोल […]

July 14, 2025

न्युयोर्क दोस्रो पटक च्याम्पियन

एजेन्सी – एमआई न्युयोर्क अमेरिकामा आयोजना हुने मेजर लिग क्रिकेटमा दोस्रो पटक च्याम्पियन भएको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा वासिङ्टगन फ्रिडमलाई ५ रनले पराजित गर्दै न्युयोर्क दोस्रो पटक च्याम्पियन बनेको हो । १ सय ८१ रनको लक्ष्य पछ्याएको वासिङ्टगनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन मात्र बनाउन सक्यो । […]

July 14, 2025

सिन्नरले पहिलो पटक जिते विम्बल्डन उपाधि

एजेन्सी – विश्व नम्बर एक यानिक सिन्नरले पहिलो पटक विम्बल्डन उपाधि जितेका छन् । पुरुष टेनिसको प्रमुख शक्तिहरूबीच भएको अर्को उच्चस्तरीय ग्रान्ड स्ल्याम फाइनलमा कार्लोस आल्काराजलाई ३-१ ले हराउँदै सिन्नरले पहिलो पटक विम्बलडन उपाधि प्राप्त गरेका छन्। इटालीका सिन्नरले अङ्ग्रेजी टेनिसको गढ ‘अल इङ्ग्ल्यान्ड क्लब’मा स्पेनका विश्व नम्बर दुई आल्काराजविरुद्ध ४-६, ६-४, ६-४, ६-४ को […]

Success

Thank you for your time.