default_image

ताजा समाचारहरु

July 16, 2025

न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हरायो

एजेन्सी – जिम्बाब्वेमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकामाथि जित हासिल गरेको छ । हरारे स्पोर्टस क्लबमा बुधवार न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको हो । १ सय ७४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८.२ ओभरमा १ सय ५२ रनमा समेटियो । दक्षिण अफ्रिकाका डिवाल्ड ब्रेभिस १८ बलमा १ […]

July 16, 2025

एसपिए र सुदूरपश्चिमबीचको सहकार्य निरन्तर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सले धनगढीस्थित एसपिए कलेजसँगको सम्झौता नवीकरण गरेको छ । एसपिएका प्रबन्ध निर्देशक सुवास शाही र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले बिहिवार सम्झौतामा हस्ताक्षर गरे । एसपिएले नेपालमा क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणामा धनगढी प्रिमियर लिग (डिपिएल) आयोजना गरेको थियो । यसबाहेक […]

July 16, 2025

खेल संघका पदाधिकारीसँग खेलकुद मन्त्रालयको अन्तरक्रिया

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयले आज राष्ट्रिय खेल संघ र महासंघका पदाधिकारीसंगको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा कार्यक्रम गरिएको थियो। कार्यक्रममा खेलकुद मन्त्रालयका सह–सचिव सुवासचन्द्र सिवाकोटीले कानूनी, प्रशासनिक, आर्थिक र विविध पक्षमा कार्यपत्र प्रस्तुत गरेका थिए । राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय […]

July 16, 2025

इडब्लुभिएलमा गण्डकी सट्टा पोखरा निन्जाज

काठमाडौं (हाम्रो खेलकुद)-  वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा दोस्रो संंस्करणका लागि गण्डकी थन्डर्सको सट्टा पोखरा निन्जाज प्रवेश गरेको छ। पहिलो  संस्करणमा पनि ६ टोली सहभागी थिए । पोखरा निन्जाज भीसर्भ समूहको स्वामित्वमा रहेको टोली बताइएको छ । पोखरा निन्जाज गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै लिगमा सहभागी हुने टोलीले जनाएको छ। भलिबलका लागि गण्डकी प्रदेश […]

July 16, 2025

चर्च ब्वाइजको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले आज सातदोबाटो युथ क्लबमाथि फराकिलो जित दर्ता गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधवारको पहिलो खेलमा चर्च ब्वाईजले सातदोबाटोलाई ९-२ को फराकिलो अन्तरले पराजित गरेको हो । चर्च ब्वाइजको जितमा स्वप्निल दर्नाल र सुशन थापा मगरले ह्याट्रिक गरे । सजन तामाङले २ […]

July 16, 2025

रोयल्स र टाइगर्स एसपिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सातौं सप्तरी प्राइड लिग (एसपिएल) को फाइनलमा प्रवेश गरेका छन्। निरन्तर वर्षाका कारण बुधवारका दुवै सेमिफाइनल खेल रद्द हुँदा आआफ्नो समूहका दुई विजेता टोली फाइनल पुगेका हुन्। रोयल र साविक विजेता टाइगर्सबीच बिहिवार फाइनल हुनेछ। रोयल र खडक वारियर्स बीचको आजको पहिलो सेमिफाइनल तथा टाइगर्स […]

July 16, 2025

घिमिरे लुम्बिनीको सिइओ नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – भावना घिमिरे नेपाल प्रिमियर लिग (एनपिएल) को टोली लुम्बिनी लायन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त भएकी छिन् । लुम्बिनीले बुधवार घिमिरेलाई टोलीको सिइओमा नियुक्त गरिएको बताएको छ । घिमिरे नेपाल क्रिकेट संघ (क्यान) को समेत सिइओ रहिसकेकी छिन् । घिमिरेको नियुक्तिले लुम्बिनी लायन्सको रणनीतिक योजना, संस्थागत व्यवस्थापन तथा दीर्घकालीन लक्ष्यहरूलाई […]

July 16, 2025

दीपेन्द्रको वरीयतामा सुधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीको टि ट्वान्टी आईको बलिङ वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको पछिल्लो वरीयतामा दीपेन्द्रले ३ स्थान सुधार गरेका हुन् । दीपेन्द्र ७८औं स्थानमा उक्लिएका छन् । टि ट्वान्टी आईको अलराउण्डर तर्फ भने दीपेन्द्र तेस्रो स्थानमा यथावत छन् । टि ट्वान्टी […]

July 16, 2025

खड्‌का इडब्लुभिएलको प्रिजेन्टर र अक्सनर

काठमाडौं (हाम्रो खेलकुद)- कलाकार तथा मोडल शुभेच्छा खड्‌का एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को अफिसियल प्रिजेन्टर नियुक्त भएकी छन् । आयोजक इन्फिनिटी ड्रिम्सले कला क्षेत्रको चर्चित नाम खड्‌कालाई लिगको दोस्रो संस्करणको लागि अफिसियल प्रिजेन्टरको रुपमा नियुक्त गरेको हो। यस क्रममा खड्‌काले इडब्लुभिएलको दौरान हुने सम्पूर्ण गतिविधिदेखि खेलाडी अक्सनरको रुपमा समेत काम गर्नेछिन्। उनी नेपाली भलिबलमा […]

July 16, 2025

डियाजका लागि बायर्नको प्रस्ताव अस्वीकार

एजेन्सी – लिभरपुलले लुइस डियाजका लागि बायर्न म्युनिखले गरेको ५८.६ मिलियन पाउण्डको सुरुआती प्रस्ताव अस्वीकार गरेको छ। जर्मन क्लब बायर्नले केही हप्ता अघि लिभरपुलसँग डियाजको बारेमा सम्पर्क गरेको बताइएको छ। तर त्यसबेला नै लिभरपुलले स्पष्ट रूपमा डियाज बिक्रीका लागि नरहेको जनाएको थियो। मंगलबार आफ्नो धारणा झनै बलियो बनाउँदै लिभरपुलले २८ वर्षीय कोलम्बियन फरवार्डका लागि बायर्नको […]

Success

Thank you for your time.