default_image

ताजा समाचारहरु

October 30, 2025

रोहित ओडिआईमा दुई शतक बनाउने पहिलो नेपाली

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दुई शतक बनाउने पहिलो नेपाली बनेका छन्। आज रोहितले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा युएई विरुद्ध शतक बनाएर यो सफलता प्राप्त गरेका हुन्। ओपनर कुशल भुर्तेल ७ रन जोडेर पहिलो विकेटको रुपमा आउट भएपछि कप्तान रोहित क्रिजमा […]

October 30, 2025

मिलिन्द काठमान्डु गोर्खाजमा

काठमाडौं (हाम्रो खेलकुद)- अमेरिकाका ब्याटर मिलिन्द कुमारले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण खेल्ने भएका छन्। गोर्खाजले तेस्रो विदेशी खेलाडीको रुपमा ३४ वर्षे मिलिन्दलाई अनुबन्ध गरेको हो । काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोस र नामिबियाका कप्तान जेरहार्ड […]

October 30, 2025

नेपालद्वारा यूएईसामु प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप लिग-२ अन्तर्गत यूएई त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई जितको लागि २ सय ३४ रनको लक्ष्य दिएको छ । आइसीसी एकेडेमी दुबईमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो । ५० ओभरमा नेपालले सम्पुर्ण विकेट गुमाउँदै २ सय ३३ रन बनायो । नेपालले सुरूवात राम्रो गर्न सकेन । मात्र […]

October 30, 2025

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रसको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन् । रसले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई राजीनामा बुझाएको एन्फा स्रोतले पुष्टि गरेको छ । एन्फाले अधिकारिक रुपमा भने यसबारे केहि सार्वजनिक गरेको छैन । एन्फा र रसबीच एक वर्षको सम्झौता भएको थियो । […]

October 29, 2025

दक्षिण अफ्रिकी पार्नेल जनकपुर बोल्ट्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन जनकपुर बोल्ट्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का दक्षिण अफ्रिकाका तीव्र गतिका बलर वायने पार्नेलसँग सम्झौता गरेको छ । बायाँ हाते ३६ वर्षे पार्नेलले दक्षिण अफ्रिकाबाट ६ टेस्ट, ७३ ओडिआई र ५६ टि ट्वान्टी आई खेलिसकेका छन् । उनले १ सय ७३ विकेट लिइसकेका छन् । उनले सन् २००६ मा […]

October 29, 2025

नेपालसँग भारत पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले घरेलु टोली भारतलाई अनौपचारिक मैत्रीपूर्ण फुटबलमा पराजित गरेको छ। नेपालले टाइब्रेकरमा भारतलाई ३-० ले हरायो ।टाइब्रेकरमा गोलकिपर अन्जना राना मगरले २ वटा पेनाल्टी रोकेपछि नेपाल विजयी भएको हो । पेनाल्टी सुटआउटकै लागि आज पहिलो रोजाइमा खेलकी उषा नाथको ठाँउमा अन्जनालाई मैदान पठाईएको थियो। मुख्य प्रशिक्षक नविन न्यौपानेको निर्णयलाई अन्जनाले सहि साबित गरेकी […]

October 29, 2025

नेपाल र भारतको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र घरेलु टोली भारतको अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ १-१ ले बराबरीमा टुंगिएको छ। पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा रश्मिकुमारी घिसिङले बराबरी गोल गरिन् । कप्तान अनिता बस्नेतको कर्नरमा रश्मिले हेड मार्फत गोल गरिन् । त्यसअघि ३० औं मिनेटमा नेपाल पछि परेको थियो। सौम्य गोगुलोथले गोलमा भारतले अग्रता लियो […]

October 29, 2025

आरसिएचजी र अवानीबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद)- रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसिएचजी) र युवा गल्फर अवानी राईबीच आज सम्झौता भएको छ। भारतमा व्यावसायिक गल्फ प्रशिक्षण तथा अध्ययनका लागि अवानीको अभिभावक मनोज खालिङ र आरसिएचजीका अध्यक्ष दमन घलेबीच सम्झौता भएको हो। सम्झौतामा अवानीको पनि उपस्थिति थियो। सम्झौता अनुसार आरसिएचजीले अवानीलाई भारतको बेंगलोरस्थित तरुण सरदेसाई गल्फ एकेडेमीमा एक वर्षको अध्ययन […]

October 29, 2025

इरसमसले पुन: काठमान्डु गोर्खाजबाटै खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नामिबियाका कप्तान जेर्हाड इरसमसले काठमान्डु गोर्खाजबाट लगातार दोस्रो वर्ष नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले दोस्रो विदेशी खेलाडीको रुपमा इरसमसलाई भित्राएको हो । उनी सन् २०१९ देखि लगातार नामिबियाको नेतृत्व गर्दै आएका छन् । इरसमसले २०२३ र २०२४ मा आईसिसी पुरुष […]

October 29, 2025

नेपाली टोलीको प्लेइङ ११ मा १० परिवर्तन, उषाले पोष्ट सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]

Success

Thank you for your time.