default_image

ताजा समाचारहरु

November 1, 2025

सत्यज्योतलाई द हिमालयन स्विङ गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- सत्यज्योत जंगबहादुर राणाले ‘द हिमालयन स्विङ ओपन २०२५’ च्यारिटी गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। रोटरी क्लब अफ हिमालयन गोल्फर्स (आरसिएचजी) ले ‘गल्फ फर अल’ अन्तर्गत नेपालमा उदाउँदै गरेका महिला गोल्फ खेलाडीको प्रतिभा विकास र प्रवर्द्धनका लागि आयोजना गरिएको थियो। गोकर्णा फरेस्ट रिसोर्ट गल्फ क्लबमा आज भएको प्रतियोगितामा सत्यज्योतले ४४ स्टेबलफोर्ड अंकसहित उत्कृष्ट […]

November 1, 2025

नेपालले अमेरिकासँग हार्नुका प्रमुख ५ कारण

भुपेन्द्र जि.सी. आइसिसी विश्वकप लिग टु मा नेपाल आफ्नो १९ औं खेलमा शनिवार अमेरिकासँग ४ विकेटले हार्यो । नेपालले सुरुवाती २ खेलको तुलनामा सुधारिएको ब्याटिङ प्रदर्शन गरेपनि जित निकाल्न सकेन । युएई भ्रमणमा लगातार ३ हार ब्यहोरेपछि नेपालको शीर्ष ४ मा रहँदै सोझै विश्वकप छनोट खेल्न र ओडिआई मान्यता निरन्तरता बचाउन पनि कठिन पर्नसक्ने देखिएको […]

November 1, 2025

आर्मीका सुनील काठमाडौं म्याराथनको विजेता

काठमाडौं (हाम्रो खेलकुद)- सुनीलकुमार शाहीले काठमाडौं म्याराथनको १७ औं संस्करणको उपाधि जितेका छन्। दशरथ रंगशालाबाट सुरु भएको म्याराथन २ घन्टा २४ मिनेट ५४ सकेन्ड समयका साथ पहिलो स्थान हासिल गरेका छन्। विजेता सुनीलले १ लाख रुपैयाँ प्राप्त गरे। विनोद रोक्काले २ घन्टा २५ मिनेट २६ सकेन्ड समयसहित दोस्रो भए । २ घन्टा २६ मिनेट ४२ […]

November 1, 2025

नेपाल फेरि अमेरिकासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजमा‌ लगातार तेस्रो हार बेहोरेको छ। आफ्नो तेस्रो खेलमा आज नेपालले अमेरिकासँग ४ विकेटले पराजित भएको छ। प्रतिस्पर्धात्मक लक्ष्य दिएपनि बलरहरु अमेरिकाको बलियो ब्याटिङ सामू निष्प्रभावी रहे । २ सय ७२ रनको लक्ष्य अमेरिकाले ४९ औं ओभरमा ६ विकेट गुमाएर पूरा […]

November 1, 2025

काभा यु १९ खेल्न नेपाली टोली श्रीलंका जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा अर्को साता सुरु हुने काभा महिला यु १९ च्याम्पियनसिपमा भाग लिने नेपाली टोली भोलि त्यसतर्फ जाने भएको छ। नेपाल भलिबल संघले आज आयोजना गरेको कार्यक्रममा नव नियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले टोलीको बिदाइ गरे । नेपालसहित ४ राष्ट्रको सहभागिता कात्तिक १८ देखि २३ (नोभेम्बर ४-९) सम्म च्याम्पियनसिप आयोजना हुनेछ। […]

November 1, 2025

इंग्ल्याण्डविरुद्ध न्युजिल्याण्डको क्लिन स्विप

एजेन्सी – इंग्ल्याण्ड फेरि पनि कमजोर ब्याटिङका कारण पराजित भएको छ। न्यूजिल्यान्डले वेलिङटनमा भएको तेस्रो तथा अन्तिम ओडिआईमा २ विकेटले जित निकाल्दै सिरिज ३-० ले क्लिन स्विप गरेको छ । न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गर्दै इङ्ल्यान्डको शीर्षक्रम फेरि कमजोर सावित भयो । जो रुट २ रनमा, कप्तान ह्यारी ब्रुक ६ मा […]

November 1, 2025

इंग्लिस ब्याटर चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

काठमाडौं (हाम्रो खेलकुद) – काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि चौथो विदेशी खेलाडीको रुपमा बेन चार्ल्सवर्थलाई लिएको छ । देव्रे हातले ब्याटिङ र दाहिने हातले बलिङ गर्ने यी २४ वर्षे अलराउन्डर ग्लोसेस्टरसायरबाट इंग्लिस काउन्टी खेल्दै आएका छन् । करण केसी मार्की रहेको गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, […]

November 1, 2025

एरिका नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ शनिबार सम्मानित भएकी छिन् । क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले एरिकालाई सम्मान गरेका हुन् । मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा स्वर्ण पदक जितेकोमा हौसला स्वरुप एरिकालाई ५० हजार‌ रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो । एरिका डब्लुकेएफ सिरिज वानमा पदक […]

November 1, 2025

नेपालद्वारा अमेरिकालाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले अमेरिकासामु जितका लागि २ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २ सय ७१ रन जोड्यो । दुबईस्थित आइसीसी एकडेमीको मैदानमा अमेरिकाले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएपछि नेपाल ब्याटिङमा उत्रिएको […]

November 1, 2025

नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले दुवईमा जारी आइसिसी क्रिकेट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज अमेरिकासँग खेलमा‌ पहिले ब्याटिङ गर्ने भएको छ। अमेरिकाले टस जितेर पहिलो फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो । युएईसँगको पछिल्लो खेलको टोलीमा एक परिवर्तन गरिएको छ। सोमपाल कामीको स्थानमा नन्दन यादवलाई उतारेको छ। सिरिजमा नेपालले यसअघिका दुबै खेलमा […]

Success

Thank you for your time.