default_image

ताजा समाचारहरु

October 1, 2015

लिगका दावेदर आर्मी र थ्रि स्टार भिड्दै

३ पल्ट लिगको ए डिभिजन लिगको उपाधि उचालेको थ्रि स्टार र अहिलेसम्म लिग उपाधि विजयको स्वाद चाख्नबाट बञ्चित आर्मी आज लिगको शीर्षस्थानको होडबाजीमा आमने सामने हुँदैछन्| ०६३ सालको लिगमा अन्तिम खेलमा बराबरी गरे पनि लिग जित्ने अवस्थामा रहेको आर्मीले पुलिसलाई नतिजा सुम्पदा लिग पनिपुलिसले नै उचालेको थियो| लिगमा आर्मीको अहिलेसम्मको सर्वश्रेष्ठ नतिजा भनेको नै ०६३ […]

germany sahayog

September 30, 2015

जर्मन गोजुकाइको आर्थिक सहयोग जेकेएफ गोजुकाइ

केन्बुकान फेडेरेसन जर्मनले भूकम्प पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । जेकेएफ गोजुकाइ/केन्बुकाइ कराते संघ नेपालको पहलमा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।  जर्मन संघका अध्यक्ष स्टानको कुमरले असोज ११ गते ओखरपौवा माध्यमिक विद्यालय, नुवाकोटलाई ५ सय युरो, बौद्धमा आश्रय लिइरहेको सिन्धुपाल्चोकका पीडितलाई ५ सय युरो र लम्जुङ डोजोलाई ४ सय युरो, असोज १२ गते सिन्धुपाल्चोक […]

La Cup final winner

September 30, 2015

इस्लिङ्टनलाई उपाधि

इस्लिङ्टन कलेजले ‘हिरो’ दोश्रो एलए छात्र बास्केटबल कपको उपाधि बिहीबार जितेको छ । इस्लिङ्टनले द ब्रिटिस कलेजलाई ६१–५४ ले पराजित गर्‍यो । तेश्रो क्वाटरको समाप्तिसम्म इस्लिङ्टन २ अंकले पछि थियो । चौथो क्वाटरमा इस्लिङ्टनले २२–१३ को प्रदर्शन गर्दै उपाधि सुनिश्चित गर्‍यो । पहिलो क्वाटर ११–११ को बराबरीमा सकियो भने दोश्रोमा इस्लिङ्टन १३–१८ ले पछि परेको थियो […]

super six winner

September 30, 2015

सिप्रदीलाई सुपर सिक्सेस क्रिकेट उपाधि

काठमाडौं, असोज १३ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको फाइनल खेलमा  सिप्रदी ग्र्पले नबिल बैंकलाई १० रनले हराउँदै  सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सिप्रदीका शैलेन्द्र म्यान अफ दि सिरिज भए ,उनले २४ इन्चको एलइडी पुरस्कार जिते भने सिप्रदीले अर्को बर्ष निशुल्क प्रतियोगितामा प्रवेश पाउनेछ । एसएस इभेन्ट्सले आयोजना गरेको प्रतियोगितामा बुधबार […]

CAN

September 30, 2015

अभ्यासमा नेपाली यू–१९ क्रीकेट टोलीको जित

असोज १३ – नयाँ दिल्ली नयाँ दिल्लीको सेन्ट स्टेफन क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेपाली यू–१९  टोलीले अभ्यासमा विजय दाहिया क्रिकेट क्लबलाई बुधबार हराएको छ । भारत भ्रमणमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले ४८.४ ओभरमा अलआउट हुँदै २ सय ३९ रन बनाएको थियो । कप्तान राजु रिजाले ८२ बलमा ६६ रन र योगेन्द्र कार्कीले ८० बलमा ६२ रन बनाए । […]

Gyanendra Malla

September 30, 2015

नेपालको पहिलो स्पोर्टस अनलाइन स्टोर सुरु

करिब डेढ दशकदेखि नेपालको खेलकुद पोशाक निर्माणमा सक्रिय रहेको आर जे स्पोर्टसले आफ्नो अनलाइन सेवा सुरु गरेको छ| नेपालको राष्ट्रिय फुटबल, क्रिकेट, बास्केटबल, भलिबल लगाएत विभिन्न खेलका पोसाक तयार गर्दै आएको आर जे स्पोर्टसले आजबाट आफ्नो अनलाइन स्टोर आरजे स्पोर्टस नेपाल डट कम (rjsportsnepal.com) सुरु गरेको छ| आजै एक समारोहविच राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र […]

September 30, 2015

राखेप क्यान पूर्नगठनको तयारीमा

काठमाडौं, असोज १३– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले केहि दिन भित्रै नेपाल क्रिकेट संघ (क्यान) पूर्नगठन गर्ने तयारी गरिरहेको छ । अन्तरिक विवादमा रुमलिएको क्रिकेटलाई निकास दिने भन्दै राखेपले पूर्नगठनको तयारी गरिरहेको राखेप सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । क्रिकेट टोलीका कप्तान पारस खड्कासहित टोलीका अन्य सदस्यसँग सातदोबाटोमा बुधबार बिहान छलफल गर्दै सदस्य सचिव […]

बालगोपाल महर्जन(नेपाली प्रशिक्षक)

September 30, 2015

‘आशा मात्र, दाबी होइन’ –यु १९ प्रशिक्षक महर्जन

काठमाडौं, असोज १३– नेपाली युवा टोलीका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा सफल हुनेमा आशा गर्न सकिने भएपनि दाबी गर्न नमिल्ने बताएका छन् । इरानमा शुक्रबारबाट सुरु हुने छनोटका प्रस्थान गर्नु एक दिनअघि टोली पाएका बालगोपालले भने,‘ उमेर समूह जति माथि हुँदै गयो । त्यति प्रतियोगिता चुनौतिपूर्ण र कठिन हुन्छन् । समूह चरणमा राम्रो […]

nepal age limit swimming

September 29, 2015

पौडी टोलीको बिदाइ

काठमाडौं, असोज १२ गते । थाइल्यान्डको बैंककमा हुने आठौं एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई मंगलबार बिदाइ गरियो । असोज १४ देखि १७ गतेसम्म हुने च्याम्पियनसिपमा ८ खेलाडीसहित १२ सदस्यीय टोली च्याम्पियनसिपमा सहभागी हुँदैछ । पुरुषतर्फ गौरव महर्जनले ५० मिटर फ्रिस्टायल, निकोन पुर्जाले ५० मिटर फ्रिस्टायल र ब्रेस्टस्ट्रोक, पावेल शाहले ५० मिटर बटरफ्लाइ […]

Jorkhane

September 29, 2015

जोरखाने टोली इरान प्रस्थान

काठमाडौं, असोज १२ गते । पाँचौं एसियाली जोरखाने स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार इरानको तब्रिज प्रस्थान गरेको छ । अक्टोबर ७ देखि १० तारिखसम्म हुने च्याम्पियनसिपमा अनुजसिंह श्रेष्ठ, सूर्यबहादुर बुढाथोकी, अनन्त अर्याल, कमल श्रेष्ठ, अरुण सापकोटा तथा राजन सिलवालले प्रतिस्पर्धा गर्नेछन् । नेपालले टिम इभेन्ट, कुस्ती, साङ÷मिल बजी, चाखे […]

Success

Thank you for your time.