default_image

June 9, 2025

नेपालले स्कटल्याण्डसँग हार्नुको पाँच कारण

भुपेन्द्र जि.सी. नेपाल आईसीसी विश्वकप लिग-२ मा आइतबार राती घरेलु टोली स्कटल्याण्डसँग दुई रनले स्तब्ध भयो । जित्नलाई ३ सय २४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३ सय २१ रन बनाउँदै अल आउट भयो । आफ्नो ओडीआई इतिहासकै सर्वाधिक रन बनाएपनि नेपालले खेल भने जित्न सकेन । बलिङमा करण केसीले सुरुवातमा दुई विकेट […]

June 9, 2025

पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि

एजेन्सी – पोर्चुगलले युइएफए नेशन्स लिगको उपाधि जितेको छ। म्युनिखमा आइतवार भएको रोमाञ्चक फाइनलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो। पोर्चुगलले दोस्रो पटक नेशन्स लिगको ट्रफी जितेको हो । क्रिस्टियानो रोनाल्डोले ६१औं मिनेटमा गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीमा ल्याए। तर नियमित समयको अन्त्यसम्म दुबै टोलीबीच अन्य कुनै फरक देखिएन। […]

June 9, 2025

हारका बाबजुद नेपालको ओडिआई इतिहासकै उच्च योगफल

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध आफ्नो ओडिआई इतिहासकै उच्च योगफल बनाएको छ । आइतवार राति घरेलु टोली स्कटल्याण्डले दिएको ३ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा अल आउट हुँदै ३ सय २१ रन बनायो । यसअघि नेपालको ओडिआईको उच्च योगफल ३ सय १० रन थियो । […]

June 8, 2025

स्कटल्याण्डसँग नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु को खेलमा स्कटल्याण्डसँग नेपाल पराजित भएको छ । स्कटल्याण्डसँग जितको नजिक पुगेर नेपाल पराजित भएको हो । अन्तिम बलमा जितका लागि ३ रन चाहिएको अवस्थामा स्कटल्याण्डका तीव्र गतिका बलर सफियान सरिफले ललितनारायण राजवंशीलाई बोल्ड आउट गराउँदै २ रनको रोमाञ्चक जित निकाले । स्कटल्याण्डको डन्डीमा स्थित फोर्थहिल क्रिकेट मैदानमा […]

June 8, 2025

जनशक्ति भरतपुर- २४ गोल्डकपको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री, भरतपुर साविक स्टार स्पोर्ट्स क्लब माडीलाई हराउँदै जनशक्ति युवा क्लब नवलपरासी चौथो पेन्गुईन भरतपुर – २४ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । जनशक्तिले आज स्टार स्पोर्ट्सलाई १-० ले पराजित गरेको हो । सिद्धार्थ माविको मैदानमा भएको खेलमा जनशक्तिलाई जिताउन निरबहादुर थापाले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा […]

June 8, 2025

ओडिआईमा दीपेन्द्रको १ हजार रन पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ओडिआई क्रिकेटमा १ हजार रन पूरा गरेका छन् । आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो चरणको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध खेलमा दीपेन्द्रले १ हजार रन पूरा गरेका हुन् । ३०.२ ओभरमा मार्क वाटको बलमा १ रन लिदै दीपेन्द्रले १ हजार रन पूरा गरेका हुन् […]

June 8, 2025

फ्रान्स नेशन्स लिगमा तेस्रो

एजेन्सी – फ्रान्सले युइएफए नेशन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ। कप्तान केलियन एम्बाप्पेले आफ्नो ५०औँ अन्तर्राष्ट्रिय गोल गर्दै पूरा गरेको खेलमा आइतवार जर्मनीलाई‌ २-० ले हराउँदै फ्रान्स तेस्रो भएको हो। रियल म्याड्रिडका सहकर्मी ओरेलियन चुआमेनीको पासमा एम्बाप्पेले ४५औं मिनेटमा उत्कृष्ट फिनिस गर्दै खेलको पहिलो गोल गरे। त्यसै खेल सकिन ६ मिनेट बाँकी छँदा एम्बाप्पेले […]

June 8, 2025

भीमले अर्धशतक पूरा

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो चरणको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध भीम सार्कीले अर्धशतक पूरा गरेका छन् । भीमले ६७ बलमा ५ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । ओडिआई करियरमा भीमको यो चौथो अर्धशतक हो । ३ सय २४ रनको लक्ष्य पछ्याइरहेको नेपालले अहिले २७ ओभरमा ४ विकेट गुमाएर १ सय […]

June 8, 2025

सन्तोषीले इन्टरनेसनल एथलेट्स फोरममा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन सन्तोषी श्रेष्ठले १२ औं इन्टरनेसनल एथलेट्स फोरममा भाग लिने भएकी छिन्। एथलेट्स फोरम आगामी बुधवार र बिहिवार स्विट्जरल्यान्डको लुजेन शहरमा आयोजना हुँदैछ । सन्तोषीले शनिवार काठमाडौं २५ के नेपाल हेरिटेज रनको उपाधि जितेकी थिइन्। महिला म्याराथनकी‌ राष्ट्रिय कीर्तिमानी सन्तोषीले सन् २०१९ स्वदेश भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण […]

June 8, 2025

बेरिङ्टनको शतकमा नेपाललाई विशाल लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु को खेलमा स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको विशाल लक्ष्य दिएको छ । स्कटल्याण्डको डन्डीमा स्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २३ रनको विशाल योगफल तयार गर्यो । स्कटल्याण्डका कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । […]

Success

Thank you for your time.