June 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सको खेल्दैछन्। स्कटल्याण्डको डन्डीमा खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो। सिरिजका सुरुवाती २ खेलमा जितेको नेपालले पछिल्लो खेलमा स्कटल्याण्ड २ रनको हार बेहोरेको थियो। त्यो खेलमा ३ सय २४ रनको लक्ष्य पछ्याएको […]
June 10, 2025
एजेन्सी – वेष्टइण्डिजका विकेटकिपर तथा आक्रामक ब्याटर निकोलस पुरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्याशित सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत सन्न्यासको घोषणा गरेका हुन् । २९ वर्षीय पुरनले वेष्टइण्डिजबाट ६१ ओडीआई र १०६ टी२० आई खेल खेलेका छन् । उनले टी२० आईमा २०१६ मा पाकिस्तानविरुद्ध तथा ओडीआईमा २०१९ मा इंग्ल्याण्डविरुद्ध डेब्यू गरेका थिए । पुरन […]
June 9, 2025
सुशील पन्त क्षेत्री, भरतपुर प्याराडाइज युथ क्लब रत्ननगर चौथो पेन्गुईन भरतपुर – २४ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो चरणको तेस्रो खेलमा रामपुर फुटबल क्लब रड्सलाई १-० हराँउदै प्याराडाइज सेमिफाइलमा प्रवेश गरेको हो । प्याराडाइजको जितमा सन्दिप रानाले निर्णायक गोल गरे । उनले खेलको सुरुवती मिनेटमा नै गोल गर्दै प्याराडाइजलाई […]
June 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत टेबलटेनिसमा बागमती प्रदेशले स्वर्ण पदकमा क्लिन स्विप गरेको छ। ४ स्वर्णको लागि भएको प्रतियोगितामा ४ स्वर्ण नै बागमतीले जित्यो। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सिंगल्सको छात्रमा आर्यन शाही र छात्रामा अर्सना महर्जनले स्वर्ण पदक जिते। फाइनलमा आर्यनले बागमतीकै अर्नव श्रेष्ठलाई ११–६, ११–७, ७–११ र १४–१२ को सोझो […]
June 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मार्भलस इंग्लिस बोर्डिङ स्कुलले २० औं अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनको उपाधि जितेको छ। उमेर समूह यु ९, ११, १३ तथा १३ वर्ष माथिका छात्र र छात्रा बिच प्रतिस्पर्धा भएको प्रतियोगितामा मार्भलस ४५ अंक जोडेर च्याम्पियन बनेको हो । ७५ स्कुलका ५ सय ५० विद्यार्थीको सहभागी रहेको प्रतियोगितामा मनकामना विद्यालयले ४० […]
June 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले टिबी शाह राष्ट्रिय यु-१६ प्रतियोगितामा कोशीलाई हराएको छ । सुर्खेतमा जारी प्रतियोगितामा सोमवार कोशी प्रदेशले मधेशसँग ६ विकेटको हार बेहोरेको हो । १ सय १६ रनको सामान्य लक्ष्य मधेशले १३.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मधेशको जितमा कप्तान परिमार्जन यादवले अर्धशतकीय ईनिङ खेले । परिमार्जनले २९ बलमा […]
June 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेशलाई हराउँदै बागमती टिबी शाह राष्ट्रिय यु-१६ प्रतियोगितामा शीर्ष स्थानमा उक्लिएको छ । बागमती सोमवार प्रदेशले गण्डकीलाई ८ विकेटले पराजित गरेको हो । १ सय ४ रनको सामान्य लक्ष्य बागमतीले २१.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । बागमतीका जोय थापाले ५३ बलमा ३ चौकाको सहयोगमा अविजित रहँदै सर्वाधिक ३४ रन […]
June 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी काली युनाइटेड र आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) नवौं मोना अस्ट्रेलिया कप भलिबलको च्याम्पियन बनेको छ । मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा भएको फाइनलमा नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरी सम्मिलित मोनाले राष्ट्रिय टोलीकै पूर्व कप्तान मान बहादुर श्रेष्ठसम्मिलित […]
June 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत थ्री बाइ थ्री बास्केटबलको उपाधि कोशी र बागमती प्रदेशले जितेका छन्। कोशी छात्र तथा बागमती छात्रामा च्याम्पियन बने। त्रिपुरेश्वरस्थित राखेपको कोर्टमा भएको छात्र फाइनलमा कोशीले मधेशलाई १७- १२ को स्कोरमा हरायो। लुम्बिनी तेस्रो स्थानमा रह्यो।छात्रातर्फ बागमतीले कर्णालीलाई १५–३ को अत्यन्त सहज नतिजामा हरायो । कोशीले तेश्रो स्थानमा चित्त […]
June 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा सोमबार च्याम्पियन बनेको छ । लुम्बिनी सर्वाधिक ४ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो। कर्णाली प्रदेश २ स्वर्ण र ५ रजत पदक साथ दोश्रो भयो । गण्डकी प्रदेश र मधेश प्रदेश समान २ स्वर्ण, १ रजत र १ कांस्य पदकसहित संयुक्त रुपमा तेश्रो भए । […]