default_image

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

April 10, 2025

दिल्लीसँग आरसिबी पराजित

एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ ‌। के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]

April 10, 2025

आरसिबीको दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]

April 10, 2025

रुपन्देही र दाङ संयुक्त विजेता

सुमन अधिकारी,बुटवल रुपन्देही र दाङ जिल्ला बिहीवार लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको संयुक्त विजेता बनेका छन्। बुधवार राति परेको पानीले पिच र आउट फिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषित गरिएको हो। फाइनल लमही– ५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुने तय भएको थियो । देउखुरीमा खेल्न नसक्ने […]

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

April 10, 2025

सूर्य नेपाल एनपिजिए म्याच प्ले – निरजलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नम्बर दुई गल्फर निरज तामाङले सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि  जितेका छन्। सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिताका रुपमा रहेको म्याच प्लेको ३६ होलको फाइनल प्रतिस्पर्धामा आठौं वरियताका धन बहादुर थापालाई ५/४ ले हराउँदै निरज सिजनको तेस्रो उपाधि जिते । उनको यो करियरको चौथो उपाधि हो।  रोयल नेपाल गल्फ […]

April 10, 2025

दिल्लीले टस जित्यो

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्धको खेलमा‌ टस जितेको छ। दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ। दिल्लीले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। दिल्ली ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। दिल्ली लगातार चौंथो जित निकाल्ने दाउमा रहनेछ। यो सिजन सानदार सुरुवात गरेको दिल्ली जितलाई निरन्तरता […]

April 10, 2025

पहिलो हाफमा ललितपुरलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]

April 10, 2025

आरसिबी र दिल्ली भिड्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा आज रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।दिल्लीले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। दिल्ली ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। दिल्ली लगातार चौंथो जित निकाल्ने दाउमा रहनेछ। यो सिजन सानदार सुरुवात […]

Success

Thank you for your time.