default_image

November 3, 2025

टि२० महिला विश्वकप छनोट : तयारी अर्को सातादेखि, प्रशिक्षक नियुक्ति अन्तिम चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले पुष महिनामा नेपालमै हुने टि२० विश्वकपको ग्लोबल छनोटको लागि अर्को सातादेखि तयारी गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार टोलीको तयारीका लागि सम्पूर्ण योजना बोर्डसमक्ष प्रस्तुत गरिएको छ । बोर्डबाट पास भएसँगै अर्को सातादेखि टोलीको क्याम्प सुरु हुनेछ । […]

November 3, 2025

सिटीको‌ जितमा हालान्डको २ गोल

एजेन्सी – एर्लिङ हालान्डले २ गोल गरेको आइतवारको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई ३-१ ले हराएको छ। यो जितसँगै सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। एतिहाद रंगशालामा भएको खेलमा हालान्डले ३३ मिनेटमा नै दुई गोल गरे। १७ औं र ३३ औं मिनेटमा हालान्डले रायन चेर्कीको पासमा गोल गरेका हुन्। बोर्नमाउथका टायलर एडम्सले २५ औं […]

November 3, 2025

भारतले पहिलो पटक महिला क्रिकेट विश्वकप जित्यो

एजेन्सी – भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ। नवी मुम्बईमा आइतवार २ सय ९९ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिका ४५.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४६ रनमा समेटियो। दीप्ति शर्माले शानदार बलिङ गर्दै ५ विकेट लिइन् । जसले खेल भारतको पक्षमा निर्णायक बनायो। दक्षिण अफ्रिकाकी […]

November 2, 2025

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपकएल) टोली सुदूरपश्चिम रोयल्सले‌ अर्को साता धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ। ट्यालेन्ट हन्ट कात्तिक २३ र २४ गते धनगढीस्थित धनगढी क्रिकेट एकेडेमी (डीसीए) मा सञ्चालन हुने बताइएको छ। ट्यालेन्ट हन्टमा सहभागी‌ हुनका लागि कात्तिक १९ गतेसम्म खेलाडीले दर्ता गरिसक्नु पर्नेछ । सुदूरपश्चिम रोयल्सले यस ट्यालेन्ट हन्टमा सुदूरपश्चिम […]

November 2, 2025

लुम्बिनी लायन्स एन्थम सार्वजनिक

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले एनपिएलको दोस्रो सिजनको संघारमा आफ्नो अफिसियल एन्थम् (गीत) ‘स्याबास ‘ सार्वजनिक गरेको छ । एन्थममा नवराज पराजुलीको शब्द र स्वर रहेको छ । दर्शकको भावबाट लेखिएको सर्जक पराजुली बताएका छन् । एन्थमको संगीत संयोजन उज्वल सागरले गरेका हुन् । लिरिकल भिडियोको निर्माण विवेक निशानीले गरेका हुन् । एनपिएल को ट्रफी […]

November 2, 2025

भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३ औं संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आइतवार भारतको चेन्नइ प्रस्थान गरेको छ । कात्तिक १९ देखि २३ गते (नोभेम्बर ५ देखि ९ ) सम्म हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीसहित नेपाली टोली ३६ सदस्यीय रहेको छ । खेलाडीमा ग्रिवानविक्रम शाह, शिवहरि […]

November 2, 2025

राप्तीसोनारी नेचर रन यसै साता

नेपालगन्ज (हाम्रो खेलकुद)- राप्तीसोनारी नेचर रन यस बर्ष यही कात्तिक २२ गते शनिवार बाँकेको राप्तीसोनारीमा हुने भएको छ । ११ बर्षदेखि निरन्तर आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गतबर्षदेखि राप्तीसोनारी नेचर रन सुरु गरिएको हो । यसमा राप्तीसोनारी पालिका अन्तर्गत विद्यालयका छात्रछात्राहरुले भाग लिन पाउने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । […]

November 2, 2025

भारतसँग अस्ट्रेलिया पराजित

एजेन्सी – भारतले आज तेस्रो टि ट्वान्टी आईमा अष्ट्रेलियालाई ५ विकेटले हराउँदै ५ खेलको सिरिज १–१ बराबरीमा गरेको छ। होबार्टको बेलरिभ ओभल मैदानमा भारतले अष्ट्रेलियालाई पहिलो पटक टि ट्वान्टी आईमा पराजित गरेको हो। पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनायो। टिम डेभिड र मार्कस स्टोइनिसले आक्रामक ब्याटिङ गर्दै […]

November 2, 2025

एलभिडी झापा महिला गोल्डकपको तयारी पूरा

बिर्तामोड (हाम्रो खेलकुद) – एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । झापाको शिवसताक्षीमा पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप आयोजनाका लागि तयारी पूरा भएको हो शिवसताक्षीस्थित दुधे रंगशालामा सोमवार सुरु भएर कात्तिक २४ गते प्रतियोगिता सकिनेछ। यसअघि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता वर्षाका कारण २ दिन […]

November 2, 2025

वरिष्ठ सर्जन डाक्टर जोशी भारतमा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका वरिष्ठ आर्थोस्कोपिक सर्जन प्रोफेसर डाक्टर अमित जोशी भारतमा प्रतिष्ठित अवार्डबाट सम्मानित भएका छन् । भारतमा आयोजित प्रथम छत्तीसगढ आर्थोस्कोपी समाज कन्फरेन्सको अवसरमा जोशीलाई डाक्टर मनिष बुधिया ओरेसन अवार्डबाट सम्मानित गरिएको हो । यो अवार्ड प्राप्त गर्ने उनी पहिलो नेपाली हुन् । उनले कन्फरेन्समा ‘नेसेसिटी इज द मदर अफ इनोभेसन’ शीर्षकमा […]

Success

Thank you for your time.