default_image

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

November 3, 2025

साधारण सभाको निर्णय कुल्चदै राष्ट्रिय लिग गर्ने सहमति

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजनका १४ क्लबको संयुक्त बैठकले एन्फाको पछिल्लो साधारण सभाले ए डिभिजन लिगका विषयमा गरेको अनुमोदनलाई कुल्चेर अर्को निर्णय गरेको छ । साधारण सभाले यो वर्षको पुस ९ गतेबाट ए डिभिजन लिग गर्ने एन्फाको प्रस्तावलाई अनुमोदन गरेको थियो। त्यसलाई कुल्चेर एन्फा र क्लबहरुबीचको आज बसेको बैठकले […]

November 3, 2025

चितवन राइनोजको सह-प्रायोजकमा हिमालयन एभरेष्ट इन्स्योरेन्स

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिगको टोली चितवन राइनोजसँग सह-प्रायोजन सम्झौता गरेको छ । खेलकुदको प्रवर्द्धन र बीमा सचेतना विस्तार गर्ने उद्देश्यका साथ इन्सोरेन्सले राइनोजसँग सहकार्य गरेको हो । आइतबार एक कार्यक्रममाझ हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्री आयुष […]

November 3, 2025

पाँचथरसँग संकटा स्तब्ध

दिपक बोहोरा विशाल घलानले खेलको सुरुवातमै गरेको गोल निर्णायक बनेपछि पाँचथर क्लब ए डिभिजन टोली संकटा क्लब हराउँदै दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको २ सेमिफाइनलमा पुगेको छ । पथरी रंगशालामा भएको क्वार्टरफाइनलमा पाँचथरलेलाई १-० ले हरायो । दोस्रो मिनेट पाँचथरका विशालले कप्तान रोशन आङ्देम्बेको पासमा उत्कृष्ट फिनिसिङ गरे । त्यहि गोल निर्णायक बन्यो। […]

November 3, 2025

युएई ४९ रनमा अलआउट,अमेरिकाको चौथौ जित

काठमाडौं (हाम्रो खेलकुद)- अमेरिकाले युएईमा जारी आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा लगातार चौथो जित निकालेको छ। आज २ सय ९३ रनको लक्ष्य पछ्याएको युएई लाई ४९ रनमा अलआउट गर्दै अमेरिकाले २ सय ४३ जित हासिल गरेको छ। यो जितले अमेरिका लिग को अंक तालिकाको शीर्ष स्थानमा थप मजबुत भएको छ। साइतेजा […]

November 3, 2025

मिना चम्किँदा पुलिसको सानदार जित

हिमाल खरेल / दिपक बोहोरा, झापा झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सुरु भएको एलभिडी झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले उच्च प्रदर्शन गर्दै पहिलो जित हासिल गरेको छ । पुलिसले आज एकतर्फी नतिजा निकाल्दै अर्को ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८-० ले पराजित गर्दै सेमिफाइनलमापुगेको छ । पुलिसका लागि मिना देउवाले […]

November 3, 2025

‘एक्सपर्ट एजुकेसन’ एनपिएलको एजुकेसनल कन्सलटेन्सी पार्टनर

चितवन (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल)को एजुकेसनल कन्सलटेन्सी पार्टनरमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले सहकार्य गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) र एक्सपर्ट एजुकेसनबीच एनपिएलको आधिकारिक एजुकेसनल कन्सलटेन्सी पार्टनर बन्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एक्सपर्टले प्रेस विज्ञप्ती जारी गर्दै प्रायोजन सम्झौता बारे जानकारी गराएको हो । एक्सपर्ट एजुकेसनले अष्ट्रेलिया, बेलायत, क्यानडा, […]

November 3, 2025

हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग हुँदै

रविन्द्र वाईबा , हेटौंडा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग बुधवार सुरु हुने भएको छ। एन्फाले सोमबार पत्रकार सम्मेलनमार्फत लिगबारे जानकारी गराएको हो। एन्फाका प्रवक्ता सुरेश शाहले प्रेसिडेन्ट लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने बताए । जसमा गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृती युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काक्रेविहार युथ […]

November 3, 2025

एक्स स्टेप एनपिएलको एपेरियल पार्टनर

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि एक्स स्टेप नेपाल एपेरियल पाटर्नरका रुपमा आबद्ध भएको छ। एक्स स्टेपको‌ नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेशमान श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एपेरियल पाटर्नरको सम्झौता पत्रमा हस्ताक्षर गरेको क्यानले जनाएको छ। सम्झौता यो वर्षका लागि भएको […]

November 3, 2025

सहारा क्लब कार्यसमितिको स्वागतमा कार्यक्रम

पोखरा (हाम्रो खेलकुद) – पोखरा ९ बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयले सहारा क्लब पोखराको १४ औँ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई आज बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ। विद्यालयको स्थापनाकाल देखि हाल सम्म शैक्षिक क्षेत्रमा नजिक रहेर उल्लेखनीय रुपमा सहयोग गर्दै आईरहेको सहारा क्लबको कार्यसमितिलाई विद्यालयमा पोखरा महानगरपालिका वडा नं. ९ का वडा दिपेन्द्र मर्सानी र […]

Success

Thank you for your time.