September 30, 2016
बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सिले आफ्नो हस्ताक्षरसहितको जर्सी दुर्घटनामा परेका दुइ फुटबलरको समर्थकको सहयोगार्थ प्रदान गरेका छन । न्युमार्केट टाउनका पुर्व खेलाडी शौन वाइटर आफ्नो साथी जो एब्सको गाडिको टायार परिवर्तन गर्ने क्रममा अर्को गाडिले ठक्कर दिदा आफ्नो दुबै खुट्टा गुमाउन पुगेका थिए । त्यस्तै उनको साथी एब्सले गम्भीर चोट भोगेका थिए । क्याम्ब्रीज युनाइटेडले कोष […]
September 30, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत श्री कुमारी क्लब र एन.आर.टि क्लबबिचको खेलमा रेफ्रीलाई कुटपिट गर्ने अफिसियल र श्री कुमारी क्लबलाई अखिल नेपाल फुटबल संघले दुइ वर्ष प्रतिबन्ध गर्ने भएको छ। बिहिबार बसेको एन्फाको अनुशासन समितिको बैठकले भिडियो र म्याच अफिसियलको लिखित रिपोर्ट अध्ययन गरेर सो निर्णय लिएको हो। निलम्बित हुनेमा […]
September 30, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमिएर लिग अन्तर्गत आज भएको पहिलो खेलमा ज्ञानेन्द्र मल्लको कलर्स एक्स-फ्याक्टर्सले शक्ति गौचनको कप्तानीमा रहेको जगदम्बा राइनोजलाइ सुपर ओभरमा हराएको छ। पहिलो ब्याटिङ्ग गरेको एक्स-फ्याक्टर्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन जोडेको थियो। ओपनर हरिशंकर शाह र फैजल खान नचलेपनि राजेश र कप्तान ज्ञानेन्द्रले पारि सम्हालेका थिए। ज्ञानेन्द्रले […]
September 29, 2016
रियल म्याड्रीड स्टार क्रीस्टियानो रोनाल्डोको प्राइभेट जेट अवतरन गर्ने क्रममा बार्सिलोनामा क्रास ल्याण्ड गरेको छ । त्यस बेला रोनाल्डो भने बिमानमा थिएनन । ३१ बर्षिय रोनाल्डोले आफ्नु निजी बिमान भाडामा दिने गरेको र दुर्घटना हुँदा पनि भाडामै रहेको कुरा अन्तर्राष्ट्रिय स्रोतहरुले जनाएका छन । अवतरण गर्ने क्रममा बिमानको ल्यान्डिङ गियर टुटेर क्र्याश भएको कुरा रोनल्डोको निकटटम […]
September 29, 2016
गुवाहाटी – भारतको गुवाहाटीमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार नेपालको रुस्लान थ्रीस्टार क्लबले भारतको ईस्ट बंगाल क्लबसंग प्रतिस्पर्धा गर्दैछ । थ्रीस्टारले सिक्किम युनाईटेड र ईस्ट बंगालले सिलोङ लाजोङ फुटबल क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन । ६ बर्ष अघि प्रतियोगिताको फाईनल पुगेर उपाधि जित्न असफल थ्रीस्टारले प्रतियोगिताकै […]
September 29, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारि एभरेष्ट प्रिमिएर लिग अन्तर्गत आज भएको खेलमा पन्चकन्या तेजले सगरमाथा लेजेन्ड्सलाइ ४९ रनको भारि अन्तरले हरायो। म्यान अफ द म्याच करण केसीको आक्रमण ब्याटिङ्गको मद्दतले पन्चकन्या तेजले पहिलो इनिंग्समा १८५ रनको विशाल योगफल खडा गरेको थियो। केसीले ३१ बलमा चार चौका र चार छक्काको मद्दतले ५२ रन बनाएका थिए। […]
September 29, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – बसन्त रेग्मीले कप्तानी गरिरहेका कान्तिपुर गुर्खाज बिहिबार कलर्स एक्स-फ्याक्टर्ससंग १५ रनले पराजित भएपछि प्रतियोगिताको फाइनलमा नपुग्ने पक्का भएको छ। टि.यु. मैदानमा बिहिबार भएको पहिलो खेलमा पहिलो ब्याटिङ्ग गर्दै कलर्स एक्स-फ्याक्टर्सले गुर्खाज सामु १२५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। एक्स-फ्याक्टर्सका लागि योगेन्द्र सिंह कार्कीले ३० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले […]
September 29, 2016
यानिक्क फरैरा-कारास्कोको एक मात्र गोलमा एथ्लेटिको म्याड्रीडले आफ्नो होममा जर्मनको च्याम्पियन बायर्न म्युनिकलाई हराउन सफल भएको छ । च्यम्पियन्स लिगको समुह ‘डि’ अन्तर्गतको खेलमा कारास्कोले ३५ मिनेटमा एथ्लेटिको म्याड्रीडलाई अग्रता दिलाएका थिए । म्याड्रीडले पेनाल्टी मार्फत ८४ मिनेटमा अग्रता दोब्बर गर्ने मौका पाएपनी एन्टोनियो गृज्म्यानले पेनाल्टी मिस गरे पछी एथ्लेटिकोको जित १-० मा सिमित भएको […]
September 29, 2016
च्याम्पियन्स लिग अन्तर्गतको समुह ‘सि’ को खेलमा बार्सिलोनाले कम ब्याक गर्दै मोन्चेनग्लाबक बिरुद्ध जित हासिल गरेको छ । बोरुसिया पार्कमा भएको खेलमा घरेलु टोली मोन्चेनग्लाबकले इडेन हाजर्डको भाई थोर्गन हाजर्डको गोलबाट अग्रता लिएको थियो । हाजर्डको गोलबाट पहिलो हाल्फमा पछी परेको बार्सिलोनाले टुरानको ६५ मिनेटको गोल बाट बराबरी गर्न सफल भयो । त्यस्तै जेराड पिकेको […]
September 28, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि अलग अलग खेलबाट पदक जिताउने एक हुल खेलाडी बुधबार बिहानै पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेका थिए । हरेक पटक मन्त्री वा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव परिवर्तन हुँदा हुल बाँधेर उनीहरुलाई ज्ञापनपत्र बुझाउनु खेलाडीको आदत नै भैसकेको छ । त्यस्तै श्रृखंलाको अर्को एउटा कदम थियो बुधबार मन्त्री क्वार्टर […]