default_image

एसोसिएसन

June 8, 2018

कुराशको कोचेज कोर्स सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कुराश संघको आयोजनामा कोचेज सर्टिफिकेसन कोर्स बिहिबार सुरु भएको छ । नयाँबजारस्थित बहुउद्देश्यि मार्सल आर्टस् केन्द्रमा विभिन्न जिल्लाका १२ प्रशिक्षकको सहभागितामा कोर्स ६ दिन सम्म चल्ने संघले जनाएको छ । दुई महिना भन्दा केहि समय पछि सुरु हुने १८ औं एसियाली खेलकुदमा समेत नेपालले भाग लिन लागेको कुराशको कोचेज कोर्स […]

June 3, 2018

पारा तेक्वान्दो खेलाडीलाई मेन्टर कन्सलटेन्सीको साथ

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पारा तेक्वान्दोका खेलाडीलाई मेन्टर कन्सलटेन्सीले दुई वर्षको लागि प्रायोजन सम्झौता गरेको छ । सम्झौता पत्रमा नेपाल तेक्वान्दो संघको पारा तेक्वान्दो कमिटीका संयोजक कसिन मिया र मेन्टर कन्सलटेन्सीका प्रवन्ध निर्देशक हेमन्त भट्टराईले आइतबार एक कार्यक्रमका बीच हस्ताक्षर गरे । तस्बिरहरु -विवके सुवेदी/हाम्रो खेलकुद सम्झौता अनुसार कन्लटेन्सीले तेक्वान्दोका लागि आवश्यक सम्पुर्ण समानसहित डाइटहरुपनि उपलब्ध गराउनेछ […]

June 2, 2018

एसियाडको तयारीमा रहेका कराते खेलाडी सहारा एकेडेमी पुगे

पोखरा (हाम्रो खेलकुद) ­-एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका राष्ट्रिय कराते टोलीका प्रशिक्षक र खेलाडीले सहारा एकेडेमी भ्रमण गरेका छन् । उनीहरुलाई सहरा क्लबका अध्यक्ष केशवबहादुर थापा, एकेडेमी संयोजक विक्रम थकाली र सल्लाकार समितिका सभापति वीरभद्र आचार्यले स्वागत गरेका थिए । कराते प्रशिक्षक दीपक श्रेष्ठले सहाराले खेलकुदका माध्यमबाट अनाथहरुलाई आश्रय दिएर देशमै उदाहरणीय कार्य गरेकोमा […]

May 31, 2018

भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुने

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालय जगतबहादुर विश्वकर्माले भक्तपुर जिल्लाका दुई स्थानमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि आवश्यक जग्गा पहिचान भइसकेको र त्यसको प्राप्तीका लागि प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् । आफ्नो कार्यकालको सय दिन पुरा गरेपछि प्रगती विवरण पेश गर्ने वाचा अनुसार सिंहदबारस्थित मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् […]

May 29, 2018

युवा तथा खेलकुद मन्त्रालयको बजेट झन्डै दोब्बर बढ्यो,ओलम्पियनले मासिक भत्ता पाउने

‘खेलकुद बजेट उत्साहजनक’ -मन्त्री विश्वकर्मा काठमाडौं (हाम्रो खेलकुद)– सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई चालु आर्थिक बर्षको तुलानामा आगामी आर्थिक वर्षका लागि झन्डै दोब्बर बढी रकम विनियोजना गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आर्थिक वर्ष २०७५ ७६ का लागि बजेट प्रस्तुत गर्दा युवा तथा खेलकुद मन्त्रालयका लागि ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ विनियोजन […]

May 24, 2018

साग आयोजनालाई स्पष्ट रुपमा थप्न श्रेष्ठको आग्रह

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई समर्थन गर्दै खेलकुदको पूर्वाधार निर्माणमा फड्को मार्ने विश्वास लिन सकिने बताएका छन् । नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै बिहीबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले राष्ट्रको एकताको आधार खेलकुदको दक्षिण एसियाली खेलकुद (साग) आयोजना लाई स्पष्ट रुपमा थप्न सके राम्रो […]

May 21, 2018

प्रथम अन्नपूर्ण म्याराथन यसै महिना हुने

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको अन्नपूर्ण म्याराथन यसै महिना आयोजना हुने भएको छ । आयोजक अन्नपूर्ण काठमाडौँ समाजले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो संस्करणको म्याराथन अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा जेठ २० गते हुने जानकारी गराएको हो ।  म्याराथनमा नेपाली र विदेशी गरी करिव १ सय जना खेलाडीहरुले सहभागिता जनाउने प्रतियोगिता संयोजक […]

May 19, 2018

हरि र कान्छीमाया कान्तिपुर रनर हाफ म्याराथन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल र नेपाल एपिएफ क्लबकी कान्छीमाया कोजु कान्तिपुर रनर हाफ म्याराथनको च्याम्पियन बनेका छन् । शनिबार भएको आठौं संस्करणमा च्याम्पियन बन्ने क्रममा हरिले निर्धारित २१ किलोमिटर दुरी १ घन्टा ९ मिनेट २ सेकेन्डमा पूरा गरे । महिलातर्फ कान्छीमायाले १ घन्टा २१ मिनेट २८ सेकेन्डको समय निकालिन् । […]

May 16, 2018

तेन्जिङ–हिलारी एभरेष्ट म्याराथन जेठ १५ मा

काठमाडौं ( हाम्रो खेलकुद) – तेन्जिङ–हिलारी एभरेष्ट म्याराथनको १५ औं संस्करण यसै महिना आयोजना हुने भएको छ । हिमालय एक्सपिडिसन्सको आयोजनामा हुने यस वर्षको म्याराथन जेठ १५ (मे २९) मा हुने भएको हो । यसपालीको म्याराथनमा ३० देशका करिब २ सय भन्दा बढी धावकले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ । सगरमाथा आधार शिबिरबाट शुरु […]

May 15, 2018

टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

पोखरा (हाम्रो खेलकुद) – यसै महिना हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड २०७४ को मनोनयनमा क्रिकेटको दबदबा रहेको छ । पुरुषतर्फको बर्ष खेलाडीका लागि क्रिकेटका करण केसीसहित शारीरिक सुगठनका कमलबहादुर भण्डारी र आर्चचरीका तिलक पुन मगर मनोनयमा परेका छन् । अवार्ड जेठ १८ गते आयोजना हुँदैछ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले मंगलबार […]

Success

Thank you for your time.