February 22, 2020
एजेन्सी – अष्ट्रेलियाका स्पिनर एस्टन एगरले ह्याट्रिकसहित ५ विकेट लिएपछि घरेलु टोली दक्षिण अफ्रीकाले अष्ट्रेलियाविरुद्ध टि२० सिरिजको पहिलो खेलमा कीर्तिमानी हार बेहोरेको छ । शुक्रबार वान्डरर्समा भएको खेलमा अष्ट्रेलियाले १ सय ८ रनको जित दर्ता गर्दै टि२० मा दक्षिण अफ्रिकालाई सर्वाधिक ठूलो हारको स्वाद चखायो । टस हारेपछि पहिलो ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा […]
February 22, 2020
एजेन्सी – पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा संघर्षपुर्ण जित निकालेको छ । बायर्नले रेलिगेसन जोनमा रहेको पाडेरवर्नमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो । बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले दुई तथा सर्जी जिनाब्रीले एक गोल गरे । पाडेरवर्नका डेनिस सवैनी र एस्भेन मिचेलले गोल गरे । खेलभर नै पाहुना […]
February 21, 2020
हिमाल खरेल, झिलझिले सहिद स्मारक ए डिभिजन लिगको विजेता सानमिगल मच्छिन्द्र क्लब लिगकै प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २-० हराउँदै सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि मच्छिन्द्रले रुस्लान थ्रीस्टार क्लबको सामना गर्नेछ । आयोजकलाई हराउँदै थ्रीस्टार फाइनल प्रवेश गरेको हो । थ्रीस्टार लिगको अंक तालिकामा चौथो स्थानमा रहेको थियो । झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको […]
February 21, 2020
हिमाल खरेल, झापा झापा गोल्डकप आयोजक समितिले मच्छिन्द्र फुटबल क्लबबाट लिग खेल्ने झापाली खेलाडी र प्रशिक्षकलाई सम्मान तथा पुरस्कृत गरेको छ । झापाको झिलझिलेमा जारी सताक्षी गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा शुक्रबार झापा गोल्डकपले उनीहरुलाई नगद पुरस्कार प्रदान गरेको हो । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्रका झापाली खेलाडी र प्रशिक्षकलाई झापा गोल्डकप […]
February 21, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने पूर्व घोषित रकम चितवनको भरतपुरमा निर्माणाधिन रंगशालाका लागि हस्तान्तरण गरेका छन् । धुमुर्स सुन्तली फाउन्डेसनको पहलमा निर्माण भइरहेको रंगशालाका लागि सन्दीपले रकम हस्तान्तरण गरेका हुन् । गत महिना कीर्तिमपुरमा सम्पन्न आइसिसी क्रिकेट विश्वकप लिग २ मा आफूले लिने हरेक विकेटको ८ हजार ८ सय ४८ […]
February 21, 2020
झापा (हाम्रो खेलकुद)– एक साता नबित्दै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको विजेता सानमिगल मछिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी क्लबले एकअर्काको सामना गर्दैछन् । झापाको झिलझिलेस्थित गणेशमान स्मृति प्रतिष्ठान रंगशालामा जारी साताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज यी दुई टोलीले एक अर्काको सामना गर्दैछन् । भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई २–१ ले हराउँदै […]
February 21, 2020
एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुले एक गोल र एक असिस्ट दिएपछि इटालियन क्लब इन्टर मिलानले युइएफए युरोपा लिगको राउन्ड अफ ३२ मा सहज जित हात पारेको छ । इन्टरले बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । लुडोगोरेट्स एरिना राजग्राडमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । इन्टरका लागि […]
February 20, 2020
हिमाल खरेल, झापा आयोजक सताक्षीधाम स्पोर्टिङ क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार क्लब तेस्रो सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमाथ्री स्टार ३-१ ले विजयी रहयो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । खेलको ५९ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए […]
February 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला टोली एवंम एपिएफकी फरवार्ड सावित्रा भण्डारी अर्को साता भारत जाने भएकी छिन् । गोकुलम केरला एफसीलाई भारतीय महिला लिग (आईडब्लूएल) च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेकी सावित्रा टोलीको विजयउत्सवमा सरिक हुन त्यसतर्फ जान लागेकी हुन् । अर्को शनिबार विजयउत्सव मनाउने तयारीमा आफुलाई बोलिएको सावित्राले हाम्रो खेलकुदलाई जानकारी दिइन । सावित्रा […]
February 20, 2020
एजेन्सी – युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले फ्रान्सेली फरवार्ड किलियन एमबाप्पे नै फुटबलको वर्तमान र भविष्य रहेको बताएका छन् । सन् २०१६-१७ मा फ्रान्सेली लिगमा मोनाकोबाट खेल्दै विश्व फुटबलमा प्रवेश गरेका एमबाप्पेले छोटो समयमा नै अपार सफलता हासिल गरेका छन् । उनले फ्रान्सबाट खेल्दै फिफा विश्वकप तथा पीएसजी र मोनाकोका लागि ३ लिग उपाधिसँगै ३ […]