default_image

breaking big news

February 15, 2020

भरत,विशाल र अनन्त आ आफ्नो पोजिसनका उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टारका अनन्त तामाङ कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगकै उत्कृष्ट डिफेन्डर चुनिएका छन् । मनाङ मर्स्याङ्दी क्लबका दीप कार्की लिगकै उत्कृष्ट गोलकिपर चुनिए । उनले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।सानमिगेल मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटवाल उत्कृष्ट प्रशिक्षक चुनिए । विशाल राई उत्कृष्ट मिडफिल्डर चुनिदा भरत […]

February 15, 2020

मछिन्द्र ए डिभिजन लिगको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – सानमिगेल मछिन्द्र क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ । शनिबार दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा  त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो । मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको हो । विकास तामाङको आत्मघाती गोलमा मछिन्द्र विजयी भएको हो […]

February 15, 2020

आर्मीविरुद्ध मछिन्द्रलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अन्तिम खेलमा मछिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध अग्रता लिएको छ ।   नवौं मिनेटमा देवेन्द्र तामाङको फ्रिकिक आर्मीका गोलरक्षक बिकेश कुथुले सहजै बचाए । १३अौं मिनेटमा कप्तान भरत खवासको कर्नरमा बिकास खवासको हेडर बाहिरियो। २०अौं मिनेटमा सुमन अर्यालको क्रस पासमा जर्जप्रिन्स कार्कीको प्रहार […]

February 15, 2020

जापानका वोसुकीलाई पोखरा म्याराथन, सागमा स्वर्णधारी किरण दोस्रो

पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता किरणसिंह बोगटीलाई पछि पार्दै जापानका ताकानासी वोसुकीले पोखरा म्याराथनको उपाधि जितेका छन् । पोखरामा शनिबार भएको म्याराथनमा निर्धारित दुरी २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा तय गर्दै उनी च्याम्पियन बनेका हुन् । दाबेदार तथा आश गरिएका १३ औं सागका स्वर्ण विजेता किरणसिंह  दोस्रो […]

February 15, 2020

आर्मी विरुद्ध मछिन्द्र : लिग उपाधिकै भिडन्त

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधिका लागि विभागीय त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दैछन् । गत मंसिर २७ गतेबाट सुरु भएको लिगको अन्तिम खेलमा शनिबार दुई टोली भिड्न लागेका हुन् । दशरथ रगंशालामा दिउँसो साढे १ बजे हुने सुरु हुनेछ । खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीमा मुख्य प्रशिक्षक र […]

February 15, 2020

म्यानचेस्टर सिटीलाई युरोपमा प्रतिबन्ध!

एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले दुई वर्षका लागि युरोपेली प्रतियोगितामा सहभागी हुन नपाउने प्रतिबन्ध लगाएको छ । सिटीले यूईएफएको क्लब लाइसेन्सिङ तथा फाइनान्सियल फेयर प्लेको नियमको गम्भीर उल्लङ्घन गरेको पाइएको थियो । जसकारण सिटीलाई दुई वर्ष प्रतिबन्धसँगै ३० मिलियन युरो जरिवाना समेत गरिएको छ । सिटीले यस विषयलाई […]

February 14, 2020

सावित्रा भारतीय लिगको सर्वाधिक गोलकर्ता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला टोली एवं एपिएफकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) भारतीय महिला लिग (आईडब्लूएल) मा सर्वाधिक गोलकर्ता बनेकी छिन् । सावित्राले ७ खेलमा १६ गोल गर्दै महिला लिगको सर्वाधिक गोलकर्ता बनिन् । सर्वाधिक गोलकर्ता बनेकी सावित्राले १ लाख भारतीय रुपैयाँ पाएकी छिन् । शुक्रबार फाइनलमा सावित्राको निर्णायक गोलमा गोकुलम केराला एफसीले क्रिप्सा […]

February 14, 2020

करणको त्यो इनिङ…

काठमाडौं (हाम्रो खेलकुद) – फ्रेबुअरी १४ अर्थात नेपाली क्रिकेटको एक अविस्मरणीय दिन । दुई वर्षअघि आजकै दिन नेपालले आईसीसी विश्व डिभिजन लिग २ मा नामिबियामा क्यानडालाई १ विकेटले पराजित गर्दै विश्वकप छनोटमा पुगेको थियो । फ्रेबुअरी १४ दिन धेरैको ध्यान प्रणय दिवसमा थियो । तर नेपाली क्रिकेट समर्थक, सुभचिन्तक र खेलाडी नामिबियामा चलि रहेको डिभिजन […]

February 14, 2020

किशोर र भुवनलाई समेट्दै इस्टर्न रिजनको राष्ट्रिय टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – फागुन तेस्रो सातादेखि थाईल्यान्डमा सुरु हुने एसीसी पुरुष इस्टर्न रिजन टि ट्वान्टी प्रतियोगिताको लागि राष्ट्रिय १४ सदस्य क्रिकेट टोलीको घोषणा भएको छ । घोषणा टोलीमा स्पिनर भुवन कार्कीले पुनरागमन गरेका छन् भने तीब्र गतिका बलर किशोर महतो पहिलो पटक टोलीमा परेका छन् । अलराउन्डर पवन सरार्फले पनि टोलीमा पुनरागमन गरेका छन् […]

February 14, 2020

लिगमा मनाङ कम्तिमा तेस्रो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आयल नेपाल मनाङ मर्स्याङ्दी क्लबले कम्तिमा तेस्रो स्थानमा रहँदै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्त्य गर्ने भएको छ । प्रभु बैंक जावलाखेल युथ क्लबलाई शुक्रबार १-० ले पराजित गर्दै साविक विजेता मनाङले रुस्लान थ्री स्टार क्लबलाई पछि पार्दै कम्तिमा शीर्ष तीन स्थान हासिल गर्ने भएको हो । १२अौं मिनेटमा […]

Success

Thank you for your time.