default_image

breaking big news

January 17, 2020

एपीएफको कठिन जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले पाँचौ आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिप २०७६ अन्तर्गत आफ्नो पहिलो खेलमा बुलबुले रारा क्लबलाई ३-१ ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा एपीएफले पहिलो सेट गुमाएपनि त्यसपछि पुनरागमन गर्दै जित हासिल गर्यो । तीन भारतीय खेलाडीसहित उत्रिएको राराले एपीएफलाई खेल अवधिभर नै पकड जमाउन […]

January 17, 2020

आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबको पुरुष टोलीले पाँचौ आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिप २०७६ अन्तर्गत पहिलो खेलमा शुक्रबार विजयी सुरुवात गरेको छ । आर्मीले समूह ए को पहिलो खेलमा आरजी भलिबल ग्रुपलाई ३-० को सेटमा पराजित गर्यो । पहिलो सेट २५-९ को फराकिलो अन्तरले जितेको आर्मीले दोस्रो सेट २५-१६ ले […]

January 17, 2020

मछिन्द्र र हिमालयन शेर्पाको खेल एन्फामा सारियो

काठमाडौं (हाम्रो खेलकुद)– लगातारको वर्षाको कारण बताउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारको खेल दशरथ रंगशालाबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सारेको छ ।   एन्फाले आफ्नो फेसबुक पेजमार्फत सानमिगेल मछिन्द्र क्लब र यदि हिमालयन शेर्पाको खेल दिउँसो ३ः०० बजे सातदोबाटोमा सुरु हुने जानकारी गरएको छ । तालिका […]

January 16, 2020

मनाङ-थ्री स्टार भिडन्तसँगै सातौं चरणको रोमान्च

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग २०७६ लगभग मध्यभागतिर आइपुगेको छ । कुल १३ चरणको खेल हुने लिगको छैटौं चरण आइपुग्दा उपाधि दावेदार मानिएका टोली नै शीर्ष ४ मा रहेका छन् । छैटौं चरणको खेलले लिगको अधिकांश शीर्ष टोलीलाई मार पर्यो । रुस्लान थ्री स्टारले अर्को ललितपुरे प्रतिद्वन्द्वी […]

Basant Regmi

January 16, 2020

क्रिकेटर वसन्तलाई पुत्री लाभ

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी वसन्त रेग्मीलाई पुत्री लाभ भएको छ । वसन्त र पुनम न्यौपाने रेग्मीको पहिलो सन्तानका रुपमा बिहीबार दिउँसो ४ः१५ बजे छोरीको जन्म भएको छ । नेपालगन्ज नर्सिङ होममा पुनमको शल्यक्रियाबाट छोरीको जन्म भएको वसन्तले जानकारी दिए । उनका अनुसार अहिले आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको छ […]

January 16, 2020

पुलिस एमएम कपको फाइनलमा

सुनसरी (हाम्रो खेलकुद) – स्पिनर सागर ढकालले उत्कृष्ट बलिङ गरेपछि नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार सुदूरपश्चिम प्रदेशलाई ९९ रनले हराउँदै पुलिस फाइनलमा पुगेको हो । पुलिसले उपाधिको लागि शनिबार त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ । आर्मीले पहिलो सेमिफाइनल खेलमा प्रदेश नम्बर ३ लाई […]

January 16, 2020

मलेसियाली स्टार विरनदीपको नेपालमा खेल्ने चाहना

भूपेन्द्र जिसी, सुनसरी नेपालले सन् २०१२ को एसीसी यू१६ इलिट कपमा मलेसियासँग १ विकेटको अप्रत्याशित हार बेहोरेको थियो । मलेसियालाई दुर्लभ जित दिलाउँदा मलेसियाका नायक बनेका थिए विरनदीप सिंह । तिनै विरनदीप हाल मलेसियाको सिनियर टोलीका नियमित खेलाडी छन् । उक्त खेलमा टस जितेर ब्याटिङ रोजेको नेपाली यू१६ टोली ३३ ओभरमा १ सय १७ रनमा […]

January 15, 2020

विभागसँगै फेरिएको निरुताको चमक

प्रकाश तिमल्सिना, काठमाडौं भलिबलमा राम्रो सम्भावना देखिएकी निरुता ठगुन्नाको खेल जीवनले नयाँ मोड लिएको छ । दुई वर्ष त्रिभुवन आर्मी क्लबबाट भलिबल खेलकी उनले यसै साता उनले नेपाल एपिएफको भलिबल टोलीबाट डेब्यू गरिन् । पहिलो प्रतियोगितामा नै उनी प्लेइङ सेटमा पर्न सफल भइन् । घरेलु भलिबलमा एकछत्र राज गर्दै आएको एपिएफले यो साताको सुरुमा होगांन्जी […]

January 15, 2020

आर्मी एमएम कपको फाइनलमा

सुनसरी (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार सेमिफाइनल खेलमा प्रदेश नम्बर ३ लाई ६४ रनले हराउँदै आर्मी फाइनलमा पुगेको हो । २ सय १७ रनको लक्ष्य पछ्याएको प्रदेश तीन ३८.३ ओभरमा १ सय ५२ रनमा अल आउट हुन पुग्यो । सोनु […]

January 15, 2020

इपिएल : सन्दीप पनि काठमाडौंबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले एभरेस्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन् । इपिएलले यस सिजन ल्याएको ट्रेड प्रावधान अनुसार सन्दीप ललितपुर प्याट्रीयट्सबाट काठमाडौं लागेका हुन् । गत सिजन ललितपुरले उपाधि जित्दा सन्दीपले सुरुवाती २ खेल मात्र खेलेका थिए । उनी सिजन सकिनुअघि […]

Success

Thank you for your time.