default_image

breaking big news

November 2, 2025

भारतसँग अस्ट्रेलिया पराजित

एजेन्सी – भारतले आज तेस्रो टि ट्वान्टी आईमा अष्ट्रेलियालाई ५ विकेटले हराउँदै ५ खेलको सिरिज १–१ बराबरीमा गरेको छ। होबार्टको बेलरिभ ओभल मैदानमा भारतले अष्ट्रेलियालाई पहिलो पटक टि ट्वान्टी आईमा पराजित गरेको हो। पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनायो। टिम डेभिड र मार्कस स्टोइनिसले आक्रामक ब्याटिङ गर्दै […]

November 2, 2025

एलभिडी झापा महिला गोल्डकपको तयारी पूरा

बिर्तामोड (हाम्रो खेलकुद) – एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । झापाको शिवसताक्षीमा पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप आयोजनाका लागि तयारी पूरा भएको हो शिवसताक्षीस्थित दुधे रंगशालामा सोमवार सुरु भएर कात्तिक २४ गते प्रतियोगिता सकिनेछ। यसअघि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता वर्षाका कारण २ दिन […]

November 2, 2025

वरिष्ठ सर्जन डाक्टर जोशी भारतमा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका वरिष्ठ आर्थोस्कोपिक सर्जन प्रोफेसर डाक्टर अमित जोशी भारतमा प्रतिष्ठित अवार्डबाट सम्मानित भएका छन् । भारतमा आयोजित प्रथम छत्तीसगढ आर्थोस्कोपी समाज कन्फरेन्सको अवसरमा जोशीलाई डाक्टर मनिष बुधिया ओरेसन अवार्डबाट सम्मानित गरिएको हो । यो अवार्ड प्राप्त गर्ने उनी पहिलो नेपाली हुन् । उनले कन्फरेन्समा ‘नेसेसिटी इज द मदर अफ इनोभेसन’ शीर्षकमा […]

November 2, 2025

रियलको जितमा एमबाप्पेको २ गोल

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल म्याड्रिडले शनिवार भ्यालेन्सियालाई‌ ४-० ले हराएको छ ‌। योसँगै शीर्ष स्थानको रियलले ला लिगामा ७ अंकको अग्रता बनाएको छ। सान्टियागो बेर्नाबेउमा एमबाप्पेले खेल सुरु भएको ३१ मिनेटभित्र २ गोल गरे। त्यसपछि भ्यालेन्सियाका गोलकिपर जुलेन आगिरेजाबालाले भिनिसियस जुनियरको पेनाल्टी रोके । जुड बेलिङ्घमले उत्कृष्ट गोल गर्दै रियललाई पहिलो […]

November 2, 2025

लिभरपुल र चेल्सीको जित

एजेन्सी – लिभरपुलले एस्टन भिल्लामाथि २–० को जित निकाल्दै लगातार ४ खेलको हारको शृंखलालाई अन्त्य गरेको छ। शनिवार एनफिल्डमा भएको खेलमा मोहम्मद सालाह र रायन ग्राभेनबर्चले गोल गरे। सालाहले पहिलो हाफको इन्जुरी समयमा गोल गरे। जुन उनको लिभरपुलका लागि २ सय ५०औं गोल पनि हो। यो गोल एस्टन भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजको गल्तीका कारण सम्भव […]

November 1, 2025

नेपालले अमेरिकासँग हार्नुका प्रमुख ५ कारण

भुपेन्द्र जि.सी. आइसिसी विश्वकप लिग टु मा नेपाल आफ्नो १९ औं खेलमा शनिवार अमेरिकासँग ४ विकेटले हार्यो । नेपालले सुरुवाती २ खेलको तुलनामा सुधारिएको ब्याटिङ प्रदर्शन गरेपनि जित निकाल्न सकेन । युएई भ्रमणमा लगातार ३ हार ब्यहोरेपछि नेपालको शीर्ष ४ मा रहँदै सोझै विश्वकप छनोट खेल्न र ओडिआई मान्यता निरन्तरता बचाउन पनि कठिन पर्नसक्ने देखिएको […]

November 1, 2025

आर्मीका सुनील काठमाडौं म्याराथनको विजेता

काठमाडौं (हाम्रो खेलकुद)- सुनीलकुमार शाहीले काठमाडौं म्याराथनको १७ औं संस्करणको उपाधि जितेका छन्। दशरथ रंगशालाबाट सुरु भएको म्याराथन २ घन्टा २४ मिनेट ५४ सकेन्ड समयका साथ पहिलो स्थान हासिल गरेका छन्। विजेता सुनीलले १ लाख रुपैयाँ प्राप्त गरे। विनोद रोक्काले २ घन्टा २५ मिनेट २६ सकेन्ड समयसहित दोस्रो भए । २ घन्टा २६ मिनेट ४२ […]

November 1, 2025

नेपाल फेरि अमेरिकासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजमा‌ लगातार तेस्रो हार बेहोरेको छ। आफ्नो तेस्रो खेलमा आज नेपालले अमेरिकासँग ४ विकेटले पराजित भएको छ। प्रतिस्पर्धात्मक लक्ष्य दिएपनि बलरहरु अमेरिकाको बलियो ब्याटिङ सामू निष्प्रभावी रहे । २ सय ७२ रनको लक्ष्य अमेरिकाले ४९ औं ओभरमा ६ विकेट गुमाएर पूरा […]

November 1, 2025

काभा यु १९ खेल्न नेपाली टोली श्रीलंका जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा अर्को साता सुरु हुने काभा महिला यु १९ च्याम्पियनसिपमा भाग लिने नेपाली टोली भोलि त्यसतर्फ जाने भएको छ। नेपाल भलिबल संघले आज आयोजना गरेको कार्यक्रममा नव नियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले टोलीको बिदाइ गरे । नेपालसहित ४ राष्ट्रको सहभागिता कात्तिक १८ देखि २३ (नोभेम्बर ४-९) सम्म च्याम्पियनसिप आयोजना हुनेछ। […]

November 1, 2025

इंग्ल्याण्डविरुद्ध न्युजिल्याण्डको क्लिन स्विप

एजेन्सी – इंग्ल्याण्ड फेरि पनि कमजोर ब्याटिङका कारण पराजित भएको छ। न्यूजिल्यान्डले वेलिङटनमा भएको तेस्रो तथा अन्तिम ओडिआईमा २ विकेटले जित निकाल्दै सिरिज ३-० ले क्लिन स्विप गरेको छ । न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गर्दै इङ्ल्यान्डको शीर्षक्रम फेरि कमजोर सावित भयो । जो रुट २ रनमा, कप्तान ह्यारी ब्रुक ६ मा […]

Success

Thank you for your time.