default_image

breaking big news

October 13, 2025

विश्व कप छनोटमा नेपाल र कतार भिड्दै

मस्कट (हाम्रो खेलकुद)- नेपालले ओमानमा जारी आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा आज कतारसँग खेल्दैछ। खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ। हिजो नेपालले युएईलाई १ रनले हराएर सनसनी मच्चाएको थियो। अन्तिम ओभरमा नेपालले खेल आफ्नो पक्षमा पार्दै जारी छनोटमा अपराजित यात्रालाई कायमै राखेको छ। आज यही सिलसिलालाई निरन्तरता […]

October 13, 2025

वेस्ट इन्डिजका चन्द्रपाउल जनकपुरको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका लिजेन्ड ब्याटर शिवनारायण चन्द्रपाउललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। चन्द्रपाउललाई प्रशिक्षक नियुक्त गर्नुका साथै उनीसँग दीर्घकालीन सम्झौता भएको जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरोज खतिवडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दीर्घकालीन सम्झौताको बारेमा भने थप खुलाइएको छैन। खतिवडाले चन्द्रपाउलसँगको यो सम्झौताले टिमलाई […]

October 12, 2025

युएईविरुद्धको रोमाञ्चक खेलमा नेपाल १ रनले विजयी

मस्कट (हाम्रो खेलकुद)- नेपालले आज आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा संयुक्त अरब इमिरेट्स (युएई) लाई अत्यन्त रोमाञ्चक खेलमा १ रनले हराएको छ। यो सँगै नेपालले महत्वपूर्ण २ अंक जोड्यो। नेपालले सुपर सिक्समा ४ अंक बनाएको छ। नेपालको जितमा आसिफको अर्धशतक अनि दीपेन्द्र सिंह ऐरीको सानदार बलिङ जितलो प्रमुख कारण […]

October 12, 2025

नेपालद्वारा युएई लाई मध्यम लक्ष्य प्रस्तुत

मस्कट (हाम्रो खेलकुद)- नेपालले आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितको लागि १ सय ४१ रनको चुनौती दिएको छ। नेपालको लागि आदिफ शेखले अर्धशतक बनाए। ओमान क्रिकेट एकेडेमीको‌ मैदानमा कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङको निर्णय गरे। नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ […]

October 12, 2025

नेपाललाई युएईसँग ओमानमा हारको सिलसिला तोड्ने चुनौती

मस्कट (हाम्रो खेलकुद)- नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच ओमानमा जारी आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सको आज हुने खेल सम्भवतः यसपटकको सबै भन्दा रोचक र प्रतिस्पर्धात्मक हुन सक्ने सम्भावना छ। ओमान क्रिकेट एकेडेमीको‌ मैदानमा नेपाली समयअनुसार दिउँसो ४:१५ बजे खेल सुरु हुनेछ। दुबै टोलीका लागि विश्व कप छनोट […]

October 12, 2025

एन्फा र क्लबबीचको बैठक स्थगित

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन फुटबल क्लबसँग आज दिउँसोको लागि तय भएको बैठक स्थगित गरेको छ। होम-एन्ड-अवेको आधारमा पुस ९ गतेदेखि हुने लिगको विषयमा आज दिउँसो २ बजे एन्फा र ए डिभिजन क्लबबीच बैठक तय भएको थियो। तर बैठक सुरू हुन करिब ३ घण्टा अगाडि क्लबहरूले दिएको सुझाव र […]

October 12, 2025

प्रीतिसम्मिलित इत्तिहादको अर्को जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीकी सदस्य प्रीति राई सम्मिलित इत्तिहाद जोर्डनको प्रोफेसनल लिगमा विजयी भएको छ। नजिरा ओमान एफसीलाई शनिवार ३-१ गोलले हराएसँगै इत्तिहाद लिगको शीर्ष स्थानमा पुगेको छ।खेलको चौथो मिनेटमा गोलको सामना गरेको इत्तिहादले त्यसपछि उत्कृष्ट पुनरागमनका साथ ३ गोल फर्कायो । इत्तिहादका लागि मी स्वेलमले ४०औं बराबरी गोल गरिन् । स्वेलमले नै […]

October 11, 2025

विराटनगर किङ्समा स्कटल्याण्डका ब्याटर

काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि स्कटल्याण्डका ब्याटर जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ। मुन्से टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा विस्फोटक ब्याटिङका लागि परिचित खेलाडी हुन्। उनले स्कटल्याण्डको तर्फबाट ५० भन्दा बढी टि ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनको आगमनले टोलािको माथिल्लो क्रम थप बलियो हुने विराटनगरले विश्वास लिएको जनाएको […]

October 11, 2025

बैठकअघि एन्फालाई‌ क्लबहरुको ११ बुँदे सुझाव

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन शेर्पा क्लबकाअध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्वमा रहेका ९ वटा क्लबले सहिद स्मारक ए डिभिजन लिग सन्चालनको सुनिश्चितताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) सामू ११ बुँदे सुझाव पेश गरेको छ। होम एन्ड अवेका आधारमा लिगको प्रस्ताव गरिसकेको एन्फाले छलफलका लागि १३ ए डिभिजन टोलीलाई आइतवार बैठक डाकेको छ। बैठकको अघिल्लो दिन […]

October 11, 2025

नेसन्स कपका लागि भलिबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघले बंगलादेशमा हुने काभा मेन्स नेसन्स कप २०२५ को लागि राष्ट्रिय भलिबल टोलीको घोषणा गरेको छ। संघको ५७औं कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय टोली छनोटको जिम्मेवारी प्रशिक्षकलाई दिने निर्णय अनुसार १४ सदस्यीय टोलीको घोषणा गरिएको हो। संघले असोज २ गतेदेखि प्रशिक्षणमा रहेका खेलाडी मध्येबाट अन्तिम चरणको छनोट असोज २३ र २४ […]

Success

Thank you for your time.