default_image

breaking big news

October 11, 2025

केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा पुरुषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बान विजयी भएका छन्। ट्रेलमान्डु नेपालको आयोजनामा शनिवार भएको २१ किलोमिटरको रेसमा डेनियलले २ घन्टा २१ मिनेट ३२ सकेन्ड समय लगाए । नेपालका दिपक मान तामाङ २ घन्टा ३१ मिनेट २ सकेन्ड समयका साथ दोस्रो […]

October 10, 2025

नेपालको लगातार दोस्रो जितमा गुलशनको अलराउन्ड प्रर्दशन

मस्कट (हाम्रो खेलकुद)- गुलशन झाले अलराउन्ड प्रर्दशनमा नेपालले आइसिसी टि विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटमा आज जापानलाई ५ विकेटले हराएको छ।  ओमान क्रिकेट एकेडेमीमा समूहको अन्तिम खेलमा जापानले दिएको १ सय ३२ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १८ ओभरमा पूरा गर्‍यो।  नेपालका लागि ओपनरद्वय कुशल भुर्तेलले र आसिफ शेखले पहिलो विकेटका लागि ३६ […]

October 10, 2025

नेपालले टस जित्यो

मस्कट (हाम्रो खेलकुद)- नेपालले ओमानमा जारी आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक आफ्नो दोस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको छ। जापानले पहिले ब्याटिङ गर्नेछ । नेपालले कुवेतसँगको टोलीलाई नै निरन्तरता दिएको छ नेपाललाई जापानसँग जित्नै पर्ने नेपाल र जापानका लागि आफ्नो पहिलो खेल वार्म अप जस्तै भएको छ। नेपाल र जापान दुबैले […]

October 10, 2025

पूजासहित ६ क्रिकेटरले मलेसियामा स्टेट च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय टोलीकी उप कप्तान पूजा महतोसहित ६ खेलाडीले मलेसियामा एनसिए वमन इन्टर स्टेट टि ट्वान्टी च्याम्पियनसिप खेल्ने भएका छन्। ६ नेपाली खेलाडीले २ टोलीबाट खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। पूजासहित राष्ट्रिय टोलीकी‌ पूर्व कप्तान रुविना क्षेत्री र कविता कुँवरले सारावक क्रिकेट एसोसिएसनबाट […]

October 10, 2025

नेपाललाई जापानसँग जित्नै पर्ने

मस्कट (हाम्रो खेलकुद)- नेपाल र जापानका लागि ओमानमा जारी आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिकसँगको आफ्नो पहिलो खेल वार्म अप जस्तै भएको छ। नेपाल र जापान दुबैले कुवेतलाई हराउँदै विश्व कप छनोटको यात्रा सुरु गरेका थिए। नेपाल र जापान पहिलो जितबाटै सुपर सिक्स पुगेका छन् भने कुवेत छनोटबाट बाहिरिएको छ। नेपाल र […]

October 9, 2025

भियतनामसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोटमा नेपाललाई भियतनामले ३-१ ले हराएको छ । यो सँगै नेपालको अघिल्लो चरणको यात्रा निकै कमजोर बनेको छ । छनोटमा नेपालको यो लगातार तेस्रो हार हो । खेलको नवौं मिनेटमा घरेलु टोली भियतनामले अग्रता बनायो । ट्रोङ टियन एनको पासमा कमजोर डिफेन्सको फाइदा उठाउँदै न्युगेन हाय लोङले बक्स भित्रबाट […]

October 9, 2025

विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीको प्रतिभा प्रदर्शनका लागि ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । कोशी प्रदेशका ५ जिल्ला झापा, मोरङ, सुनसरी, उदयपुर र इलामका यु २३ टोली सहभागी हुने प्रतियोगिता टि–ट्वान्टी फर्म्याटमा खेलाइने विराटनगर किंग्सले जनाएको छ। प्रतियोगिता असोज […]

October 9, 2025

सनिशको गोलमा नेपालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपाल र घरेलु टोली भियतनामबीचको पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। नवौं मिनेटमा घरेलु टोली भियतनामले अग्रता बनायो। ट्रोङ टियन एनको पासमा कमजोर डिफेन्सको फाइदा उठाउँदै न्युगेन हाय लोङले बक्स भित्रबाट गोल गरे। तर नेपाल यो अग्रता तोड्न सफल रहयो। १७ औं मिनेटमा रोहन […]

October 9, 2025

‘टियु क्रिकेट मैदान सरकारको प्राथमिकतामा’ मन्त्री घिसिङ

काठमाडौं (हाम्रो खेलकुद)- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानको निरीक्षण गरेका छन्। निरीक्षणपछि मन्त्री घिसिङले क्रिकेट मैदान निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। स्टेडियम सबैका लागि महत्वपूर्ण भएकाले छिटोभन्दा छिटो निर्माण पूरा गरी हस्तान्तरण गर्न उनले निर्माण कम्पनीलाई निर्देशन दिएको […]

October 9, 2025

नेपालले बलियो भियतनामको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत आज भियतनामको सामना गर्दैछ। तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी भियतनाम विरूद्ध नेपाल २२ वर्षपछि खेल्दैछ। सन् २००४ को एसियन कप छनोटमा नेपालले भियतनामसँग दुई खेल खेलेको थियो। त्यति बेला नेपाल पहिलो खेलमा ५-० र दोस्रो खेलमा २-० पराजित भएको थियो। नेपाली टोलीलाई जितको खुसी दिने […]

Success

Thank you for your time.