default_image

इपिएल

October 3, 2021

चितवन सामू चलेन ललितपुरको ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणमा साविक विजेता ललितपुर प्याट्रियटर्सले चितवन टाइगर्सलाई १ सय ९ रनको सामान्य लक्ष्य दिएको छ । प्लेअफको अंक गणीतिय आशा कायमै राख्न ललितपुरलाई यस खेल जित्नैपर्ने हुन्छ । टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन […]

October 3, 2021

काठमाडौंले पहिला फिल्डिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको चौथो खेलमा काठमाडौं किंग्स इलेभेनले विराटनगर वारियर्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा काठमाडौंका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । भिजेको आउटफिल्डको कारण खेल निर्धारित समय भन्दा दुई घण्टा ढिलो सुरु भएपछि ८-८ ओभरमा झारिएको छ । काठमाडौंले […]

October 3, 2021

नयाँ भूमिकामा जम्दै फेरिएका भीम

भूपेन्द्र जिसी, काठमाडौं युवा अलराउन्डर भीम सार्कीलाई घरेलु क्रिकेटमा शीर्षक्रम ब्याटिङमा विरलै देखिन्छ । प्राय तल्लोक्रम र मध्यक्रममा देखिने भीमले दुई वर्षअघिनै सिनियर टोलीमा स्थान बनाइसकेका थिए । उमेर समूहमा उत्कृष्ट प्रदर्शनका साथ सन् २०१९ मा नेपालले युएई भ्रमण गर्दा भीमले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका थिए । तर उनलाई डेब्यूको अवसर जुरेन । […]

October 3, 2021

नेपाली क्रिकेटसँगै सामाग्री स्तरोन्नतिको पर्खाइमा टियु मैदान

भुपेन्द्र जिसी, काठमाडौं पछिल्लो एक दशकमा नेपाली क्रिकेटले विश्व क्रिकेटमा ठूलो फड्को मारेको छ । १० वर्षअघि र अहिले नेपाली क्रिकेटको स्तरको दुरी आकश पातलको फरक छ । दशकअघि डिभिजन फाइभ खेल्ने नेपालले टि२० विश्वकप हुँदै अहिले एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता (ओडिआई) खेलिरहेको छ । तर टोलीको स्तर फेरिएपनि मैदानको संरक्षण, स्तरोन्नतिमा प्रयोग गर्ने सामग्री र संरचना भने दशकअघिकै […]

October 2, 2021

विराटनगर लिग चरणबाटै बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – लगातार चौथो हारसँगै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको लिगबाटै बाहिरिएको छ । शनिबार पोखरा राइनोजसँग ७ विकेटले पराजित हुँदै विराटनगर लिगबाटै बाहिरिने पहिलो टोली बनेको छ । असेला गुणरत्नेले कप्तान करण केसीलाई छक्का प्रहार गर्दै जित पक्का गराए । जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको […]

October 2, 2021

विराटनगरविरुद्ध केज्रिक बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको १४ औं खेलमा पोखरा राइनोजले विराटनगर वारियर्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । टियु मैदानमा पोखरा कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । विराटनगरले टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर रामनरेश गिरीको स्थानमा सन्दीप रजालीले मौका पाएका […]

October 2, 2021

काठमाडौं र भैरहवाबीचको खेल स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको १३ औं खेल काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्सबीचको खेल स्थगित भएको छ । भैरहवा र काठमाडौं दुबै टोलीका कप्तान, अम्पायर, इपिएल प्रमुख आमिर अख्तर, कमेन्टरको लामो समयको छलफलपछि खेल स्थगित गर्ने निर्णय लिएका हुन् । टियु मैदानमा बिहान सामान्य वर्षा भएको थियो । त्यसपछि […]

October 1, 2021

कप्तान सोमपाल र कुशललाई जरिवाना

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा चितवन टाइगर्सका कप्तान सोमपाल कामी र ललितपुर प्याट्रियटर्सका कप्तान कुशल भुर्तेललाई जरिवना लागेको छ । कुशललाई शुक्रबार सम्पन्न पहिलो खेलमा विराटनगर वारियर्सविरुद्ध स्वलो ओभर रेटको कारण १० प्रतिशत म्याच फि जरिवना लागेको छ । कुशल बाहेक प्लेइङ–११ का अन्य १० खेलाडीलाई २ प्रतिशत म्याच […]

October 1, 2021

लगातार तेस्रो जितसँगै चितवन प्लेअफमा

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर मोहम्मद शाहजाद र युवा ब्याटर भीम सार्कीको अविजित शतकीय साझेदारीमा चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा लगातार तेस्रो जित निकाल्दै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । शुक्रबार चितवनले पोखरा राइनोजलाई ९ विकेटले हराउँदै दुई खेल अगावै शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको हो । जितको लागि १ सय २४ रनको […]

October 1, 2021

विवेकले बचाए पोखराको साख

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर विवेक यादवको अर्धशकतमा पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सलाई १ सय २४ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनायो । पोखरा विवेक यादव ४५ बलमा ३ चौका […]

Success

Thank you for your time.