November 21, 2016
विशाखापट्नम (एजेन्सी)– भारतले इङ्ल्यान्डसँगको पाँच टेस्टको श्रृखंलामा १–० को अग्रता लिएको छ । दोस्रो टेस्टमा २ सय ४६ रनको जित निकाल्दै भारतले टेस्ट श्रृखंलामा अग्रता लिएको थियो । ४ सय ५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड पाँचौं तथा अन्तिम दिन १ सय ५८ रनमा अलआउट भएको थियो । इङ्ल्यान्डले २ विकेटको क्षेतिमा ८७ रनबाट पाँचौं दिन […]
November 18, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता थाइल्यान्डमा हुने महिला एसिया कपका लागि रुविन क्षेत्रीको कप्तानमिा १५ सदस्यीय नेपाली टोली शुक्रबार घोषणा गरिएको छ । एसिया कप मंसिर ११ गते सुरु हुनेछ । संगिता राई पहिलो पटक महिला राष्ट्रिय टोलीमा पर्न सफल भएकी छिन् । त्यस्तै शोभा आलेले टोलीमा पुनरागमन गरेकी छिन् । टोलीका अन्य सदस्यमा […]
November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – विवादित एउटा पक्षको असहमतिका वावजुद नेपाली क्रिकेटको आन्तरिक विवाद समाधानका लागि गठित विवाद समाधान समितिको पहिलो पटकले पदीय जिम्मेवारी तोक्ने क्रममा दुईजना संयोजक बनाइएको छ । नेपाल सरकार सहमतिमा गठन भएको समितिको बैठक बस्न भने दुई महिनाको समय लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का एसोसिएट सदस्य राष्ट्र निर्देशक इरान […]
November 14, 2016
काठमाडौं (हाम्रो खेलकुद) – पारस खड्का नेतृत्वको नेपाली राइनोज क्रिकेट क्लबले अमेरिकामा टु एक्स क्रिकेट युएसए कप उपाधि जितेको छ । आज बिहान भएको फाइनलमा हस्टन स्पाक्र्सलाई ५४ रनले हराउँनै पारसको टोली विजयी भएको हो । मित्सुबिसीको प्रायोजन रहेको प्रतियोगिताको विजेता राइनोजले कारसहित ६० हजार २ सय ५० अमेरिकी डलर पनि प्राप्त गरेको छ । […]
November 13, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राइनोजले टु एक्स युएसए कप क्रिकेटमा हाउस्टन स्पार्कस्विरुद्ध अहिले भइरहेको फाइनलको पहिलो इनिङमा ३ विकेट गुमाएर ७३ बनाएको छ । कप्तान पारस खड्का २३ र पृथु बास्कोटा १ रनमा अविजित छन् । दोस्रो इनिङमा उनीहरुले त्यहिबाट ब्याटिङ अघि बढाउने छन् । २० ओभरको खेल टेस्ट क्रिकेटको पद्धतीमा खेलाइएको छ । […]
November 13, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना श्रीलंकामा हुने यू १९ एसिया कपको लागि नेपालले पनि तयारी सुरु गर्ने भएको छ । एसिया कपको तयारीका लागि नेपालले भने यसै साताबाट ट्यालेन्ट हन्ट कार्यक्रम गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का प्रमुख कार्य संचालन अधिकृत छुम्बी लामाले शनिबार जारी गरेको विज्ञप्तीमा देशका विभिन्न ६ शहरमा […]
November 13, 2016
काठमाडौं (हाम्रो खेलकुद) – ज्ञानेन्द्र मल्लको अर्धशतकसँगै नेपाली राइनोज अमेरिकाको टेक्ससमा जारी टु एक्स क्रिकेट युएसए कपको फाइनल पुगेको छ । आज फ्लोरिडा अन्डरडग्सलाई ७ विकेटले हराउँदै नेपाली राइनोज ६० हजार अमेरिकी डलर पुरस्कार रहेको प्रतियोगिताको उपाधि नजिक पुगेको हो । राइनोजले फाइनलमा हस्टन स्पार्कसँग खेल्नेछ । हस्टनमा पाकिस्तानी क्रिकेट टोलीका पूर्व खेलाडी कमरान अकमल,सइद […]
November 12, 2016
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्का सहित नेपाली ८ राष्ट्रिय क्रिकेट खेलाडी सम्मिलित नेपाली राइनोज समूह विजेता बन्दै अमेरिकामा जारी टु एक्स युएसए कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । वेस्ट इन्डिजका टोलीका पूर्व खेलाडी शन फिडंलेको आक्रामक शतकीय इनिङको मद्दतले आज नेपाली राइनोजले समरसेट कभालियर्सलाई ४४ रनले हराउँदै लगातार तेस्रो जितपछि समूह एको […]
November 11, 2016
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्कासहित राष्ट्यि टोलीका ८ खेलाडी समिमलित नेपाली राइनोजले अमेरिकाको टेक्ससमा जारी टु एक्स क्रिकेट युएसए कप प्रतियोगितामा लगातार दास्रो जित हासिल गरेको छ । राइनोजले शुक्रबार युएई फाल्कोन्सलाई ५ विकेटले हराएको हो। लगातार दुई जितसँगै राइनोज सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । पहिलो ब्याटिड् गरेको फाल्कोन्सले सबै विकेट […]
November 10, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको नेपाली राइनोजले अमेरिकामा जारी टु एक्स क्रिकेट युएसए कपमा विजयी सुरुआत गरेको छ । पहिलो खेलमा नेपालले एमएसएम इङ्ल्यान्डलाई ७ विकेटले हराएको थियो । टेक्ससको मोसा मैदानमा सञ्चालित टु एक्स क्रिकेट प्रतियोगितामा २० ओभरको खेल भएपनि त्यसलाई टेस्ट क्रिकेटको पद्धतीमा चार इनिङमा […]