default_image

क्रिकेट

October 14, 2016

महिला विश्वकप क्रिकेटमा नेपालको सुधारिएको प्रदर्शन, थाइल्यान्ड सामू १ सय ९ रनको चुनौति

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले हङकङमामा जारी आइसिसी महिला विश्वकप छनोटका दौरान एकपछि अर्को खेलमा प्रदर्शनमा सुधार गरिरहेको छ । आफ्नो पाँचौं तथा थाइल्यान्डविरुद्ध शुक्रबारको खेलमा नेपालले ब्याटिङमा सुधार गर्दै सय रन नघाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८ रन बनाएको छ । नेपाली […]

October 13, 2016

सेल्फीमा रमाऊँदै खेलाडीहरु [फोटो फिचर]

हाम्रो खेलकुद – हंगकंगमा जारी आई.सी.सी. वोमन्स वर्ल्ड कप क्वालिफाइङ्ग सिरिज अन्तर्गत नेपालले बिहिबार दोश्रो जित दर्ता गर्यो। पहिलो र दोश्रो खेलमा पराजय भोगेको नेपालले तेश्रो खेलमा चीनलाई २० रनले हराएको थियो। भने आज भएको खेलमा आयोजक हंगकंगलाई ६ रनले हरायो। अब बाँकी दुइ खेल जितेको खण्डमा नेपाल विश्वकपको लागि छनोट हुनेछ। आजको जित पश्चात […]

October 13, 2016

महिला विश्वकप छनोटमा नेपालको अर्को जित, करुणाको भूमिका महत्वपूर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले हङकङमा जारी आइसिसी महिला विश्वकप छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । करुणा भण्डारीको प्रदर्शनबाट प्रेरित नेपालले बिहीबार आयोजक हङकङलाई ६ रनले हराउँदै विश्वकप छनोटको सम्भावना जीवित राखेको छ । यसअघि नेपालले चीनमाथि जित हासिल गरेको थियो । त्यसअघिका दुई खेलमा नेपाल हङकङ र थाइल्यान्डसँग पराजित भएको थियो । […]

October 13, 2016

वार्नरको १७३ले अष्ट्रेलियाको लज्जास्पद हार टरेन

हाम्रो खेलकुद – अष्ट्रेलियाका उपकप्तान डेभिड वार्नरले दोश्रो पारिमा १७३ रन बनाएपनि दक्षिण अफ्रीकाले वन डे सिरिजमा ५-०को जित हासिल गरेको छ। पहिलो ब्याटिङ्ग गरेर अष्ट्रेलियासामु ३२८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको दक्षिण अफ्रिकाले पहिलोपटक अष्ट्रेलियालाइ सिरिज व्हाइटवास गरेको हो। दक्षिण अफ्रिकाको लागि राइली रुसोले शतक प्रहार गरेका थिए भने जेपी ड्युमिनीले ७३ रन प्रहार […]

October 13, 2016

नेपाल आज हंगकंग संग पुन: भिड्दै

हाम्रो खेलकुद – हंगकंगमा जारी आई.सी.सी. वोमन्स वर्ल्ड कप क्वालिफाइङ्ग सिरिज अन्तर्गत नेपालले बिहिबार हंगकंग संग खेल्दैछ। नेपालले प्रतियोगितामा खेलेको तिन खेलमध्ये एकमा मात्र जित हात पारेको छ। चीनसँग २० रनले विजय भएको नेपालले सुरुका दुइ खेल हंगकंग र थाईल्याण्डसंग पराजित भएको थियो। दोश्रो चरणको खेल अन्तर्गत आज नेपालले हंगकंगसंग खेल्नेछ भने भोलि थाईल्याण्डसंग भिड्नेछ। […]

October 12, 2016

महिला क्रिकेटमा नेपालको पहिलो जित

हाम्रो खेलकुद – हंगकंगमा जारी आई.सी.सी. वोमन्स वर्ल्ड कप क्वालिफाइङ्ग सिरिज अन्तर्गत नेपालले पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा चिनलाइ २० रनले हराउदै नेपालले प्रतियोगिताको पहिलो विजय हासिल गरेको हो। पहिलो खेलमा आयोजक हंगकंग र दोश्रोमा थाईल्याण्डसंग पराजित भएको नेपालले राम्रो प्रदर्शन  गरेको थियो। पहिलो ब्याटिङ्ग गरेर नेपालले निर्धारित २० ओभरमा ९५ रन […]

October 10, 2016

नेपालको लगातार दोश्रो पराजय

हाम्रो खेलकुद – हंगकंगमा जारी आई.सी.सी. वोमन्स वर्ल्ड कप क्वालिफाइङ्ग सिरिज अन्तर्गत नेपालले दोश्रो खेलमा थाईल्याण्डसंग ३ विकेटको हार व्येहोरेको छ। टस जितेर पहिलो ब्याटिङ्ग रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै ७६ रन जोडेको थियो। नेपालका लागि निर्मला शाहीले ३६ रन बनाइन। अन्य कुनै ब्याट्सवुम्यानले दोहोरो अंक छुन नसकेपछि नेपालले ७६ रनमै खुम्चिनु […]

October 10, 2016

कसरी पायो न्युजिल्यान्डले ब्याटिङ्ग नगरी पाँच रन?

हाम्रो खेलकुद – भारत र न्युजिल्यान्डबीच जारि टेष्ट सिरिज अन्तर्गत तेश्रो टेष्टको दोश्रो दिन न्युजिल्यान्डले आफ्नो इनिंग्स सुरु गर्दा पाँच रन जोडिएको थियो। धेरैलाइ कौतुहल भएको यो विषय भने अम्पाएरको निर्णयले गर्दा भएको थियो। भारतले ब्याटिङ्ग गर्न आउँदा रबिन्द्र जडेजाले डेन्जर जोनमा दुइपटक कुदेपछि अम्पाएरले भारतलाई पाँच रन पेनाल्टी लगाएका थिए। ट्रेन्ट बल्टले फलेको १६७औं […]

October 10, 2016

बंगलादेशद्वारा इङ्गल्याण्ड पराजित

हाम्रो खेलकुद – कप्तान मसरफे मोर्ताजाले राम्रो प्रदर्शन गरेपछि बंगलादेशले वान डे सिरिज अन्तर्गत दोश्रो खेलमा इंग्ल्यान्डलाइ ३४ रनले पराजित गरेको छ। टस जितेर फिल्डिंग रोजेको इंग्ल्यान्डले राम्रो सुरुवात गरेपनि आठौँ विकेटका लागि कप्तान मोर्ताजा र नासिर होस्सैनले ६९रनको साझेदारी गरेपछि बंगलादेश २३८रनको योगफल खादा गर्न सफल भयो। बंगलादेशका लागि महमदुल्लाहले ७५ रन बनाए भने […]

October 9, 2016

महिला विश्वकपको पहिलो खेलमा नेपाल पराजित, हङकङ ६ विकेटले विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी महिला विश्वकप छनोटको पहिलो खेलमा आज आयोजक हङकङसँग ६ विकेटले पराजित भएको छ । ७८ रनको लक्ष्य पछ्याएको हङकङले १६.३ ओभरमा ४ विकेट गुमाएर प्राप्त गरेको थियो । हङकङका लागि ओपनर सि वान यिपले सर्वाधिक ३३ रन बनाएकी थिइन् । त्यस्तो यासमिन दासवानीले १३ रन बनाइन् । अर्की ओपनर […]

Success

Thank you for your time.