default_image

क्रिकेट

April 1, 2023

दुई ऐतिहासिक शतकसँगै जर्सीको पपुवा न्युगिनीलाई विशाल लक्ष्य

एजेन्सी – अशा ट्राइब र जोश लरेन्सनको ऐतिहासिक शतकमा जर्सीले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्युगिनीलाई २ सय ९२ रनको विशाल लक्ष्य दिएको छ । युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा विन्डहोकमा टस जितेर पहिला ब्याटिङ रोजेको जर्सीले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २ सय ९१ रन बनायो । जर्सीको यो ओडिआईमा उच्च योगफल हो । […]

April 1, 2023

उपाधि दाबेदार दिल्लीले लखनऊसँग खेल्दै

एजेन्सी – उपाधि दाबेदार दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को तेस्रो खेलमा आज लखनऊ सुपर जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा लखनऊमामा हुनेछ । दुबै टोली विजयी सुरुवात गर्न चाहन्छन् । दिल्ली यस आइपिएलको उपाधि दाबेदार टोली हो । दिल्लीको कप्तानी डेविड वार्नर र लखनऊको लोकेश राहुलले […]

April 1, 2023

आइपिएलको पहिलो खेलमा आज कोलकाता र पन्जाब भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को दोस्रो खेलमा आज पन्जाब किंग्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३: ४५ मा मोहालीमा सुरुहुनेछ। यो आज आइपिएलको पहिलो खेल हो । दोस्रो खेलमा आज दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट्सबीच बेलुका ७:४५ मा प्रतिस्पर्धा हुनेछ । दुबै टोली सानदार […]

April 1, 2023

क्वालिफायर प्लेअफमा आज दुई महत्वपूर्ण खेल हुँदै

एजेन्सी – नामिबियामा जारी आइसिसी विश्वकप क्वालिफायर प्लेअफ प्रतियोगितामा आज दुई महत्वपूर्ण खेलहरु हुँदैछन् । आज युएईले क्यानडासँग खेल्दैछ । अर्को खेलमा जर्सी र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल दिउँसो १ : १५ मा सुरुहुनेछन् । जर्सी, क्यानडा, युएई र पपुवा न्युगिनी मध्य दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् । आजको खेलमा क्यानडा […]

April 1, 2023

फेरिदै माथिल्लो मुलपानी क्रिकेट मैदान

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगमी महिना टियु र मुलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर लिग आयोजना गर्दैछ । बैशाख ५ देखि सुरु हुने प्रतियोगितामा पहिलो पटक माथिल्लो मुलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछन् । तालिका अनुसार माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालको एक खेल हुनेछ । नेपालले साउदी अरेबियासँग बैशाख ११ (अप्रिल २४) मा मुलपानीमा […]

April 1, 2023

केन विलियम्सन घाइते

एजेन्सी – न्युजिल्यान्ड तथा गुजरात टाइटन्सका प्रमुख ब्याटर केन विलियम्सन इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध घाइते भएका छन् । शुक्रबार राती चेन्नईविरुद्ध नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा फिल्डिङ गर्नेक्रमा विलियम्सनको बायाँ खुट्टाको घुँडामा चोट लागेको छ। तीव्र गतिका बलर जोशुवा लिटिलको १३ औं ओभरको तेस्रो बलमा डिप स्क्वायर लेगमा ऋतुराज […]

April 1, 2023

नेदरल्यान्ड्सलाई हराउँदै दक्षिण अफ्रिका विश्वकप नजिक

एजेन्सी – दक्षिण अफ्रिकाले आइसिसी सुपर लिगमा नेदरल्यान्ड्समाथि दोस्रो ओडिआई खेलमा ८ विकेटको सहज जितका साथ विश्वकप नजिक पुगेको छ । महत्वपूर्ण १० अंक जोड्दै दक्षिण अफ्रिका आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बलियो बनाएको छ । जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३० ओभरमा २ विकेट गुमाउँदै पूरा […]

April 1, 2023

चेन्नईलाई हराउँदै गुजरातको सानदार विजयी सुरुवात

एजेन्सी – साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातलाई जितको लागि अन्तिम १२ बलमा २३ रन चाहिँएको थियो । तीव्र […]

March 31, 2023

गायकवाडको विष्फोटक ब्याटिङमा चेन्नईको प्रतिस्पर्धात्मक योगफल

एजेन्सी – ओपनर ऋतुराज गायकवाडको विष्फोटक ब्याटिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा साविक विजेता गुजरात टाइटन्सलाई १ सय ७९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन बनायो । चेन्नईका […]

March 31, 2023

लिटिल बने आइपिएल खेल्ने पहिलो आयरल्यान्डका खेलाडी

एजेन्सी – तीव्र गतिका बलर जोशुवा लिटिल इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो आयरल्यान्डका खेलाडी बनेका छन् । आइपिएलको पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिँदै लिटिललाई डेब्यू दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा लिटिलले आइपिएलमा खेल्दैछन् । उनी आयरल्यान्डबाट आइपिएल खेल्ने पहिलो खेलाडी बनेका छन् । […]

Success

Thank you for your time.