default_image

क्रिकेट

April 5, 2023

युएई र क्यानडालाई ओडिआई मान्यता, पपुवा न्युगिनीको गुम्यो

एजेन्सी – युएई र क्यानडाले आगमी चार वर्षको लागि ओडिआई मान्यता प्राप्त गरेका छन् । नामिबियामा जारी आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा जर्सी र पपुवा न्युगिनीलाई पछि पार्दै युएई र क्यानडाले ओडिआई मान्यता प्राप्त पक्का गरेका हुन् । युएईले आइसिसी विश्वकप लिग–२ मा छैटौं स्थानमा भएपछि सोझै ओडिआई मान्यता अवसर गुमाएको थियो । क्यानडाले २०१४ पछि […]

April 5, 2023

श्रीलंकाका कप्तानले आइपिएल खेल्ने

एजेन्सी – श्रीलंकाका कप्तान दासुन शानकाले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुजरात टाइटन्सबाट खेल्ने भएका छन् । गुजरातले घाइते केन विलियम्सनको स्थानमा शानकालाई ल्याउने निर्णय गरेको छ । उनले ५० लाख भारु पाउनेछन् । गत अक्सनमा न्यूनतम ५० लाख भारु राखेपनि उनलाई कसैले किनेका थिएनन् । नियम अनुसार खेलाडी घाइते भएमा उसको स्थान लिने खेलाडी […]

April 5, 2023

युएई र अमेरिका विश्वकप छनोटमा

एजेन्सी – अमेरिका र युएई आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा शीर्ष दुईमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा बनाएका छन् । ६ टोली सहभागी प्रतियोगितामा नामिबिया र क्यानडालाई पछि पार्दै युएई र अमेरिकाले विश्वकप छनोटमा स्थान पक्का गरेका छन् । प्रतियोगितामा अमेरिका, युएई, पपुवा न्युगिनी, जर्सी, क्यानडा र नामिबिया थिए । प्रतियोगिता अन्तिम दुई […]

April 4, 2023

साविक विजेता गुजरातको लगातार दोस्रो जित

एजेन्सी – साविक विजेता गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । दिल्लीले लगातार दोस्रो हार ब्येहोरेको छ । जितको लागि १ सय ६३ रनको मध्यम विजयी लक्ष्य गुजरातले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा बायाँ हाते युवा ब्याटर […]

April 4, 2023

गुजरातलाई दिल्लीको मध्यम लक्ष्य

एजेन्सी – घरेलु टोली दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को सातौं खेलमा साविक विजेता गुजरात टाइटन्सलाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ । अरुण जेट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । दिल्लीका अक्षर पटेलले २२ बलमा २ […]

April 4, 2023

अली खानको कीर्तिमानी ७ विकेटसँगै अमेरिका विश्वकप छनोटमा

एजेन्सी – तीव्र गतिका बलर अलि खानको कीर्तिमानी ७ विकेटको सहयोगमा अमेरिकाले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा जर्सीलाई २५ रनले हराउँदै विश्वकप छनोटमा स्थान बनाएको छ । योसँगै अमेरिकाले आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछ । जितको लागि २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको जर्सी ४७.४ ओभरमा २ सय ६ रनमा अल […]

April 4, 2023

तेस्रो संस्करणको बलियो नेपाल कप पोखरामा हुने

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिता पोखरामा हुने भएको छ । बलियो नेपाल पोषण अभियानको आयोजनामा बुधबारदेखि पोखरा रंगशालामा प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजकले मंगलबार पोखरामा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ६ टिमको सहभागीता रहेको जानकारी दिएको हो । इलाम, कर्णाली, स्टार, जनकपुर, पोखरा क्रिकेट एकेडेमी, पल्सर […]

April 4, 2023

सकिबले आइपिएल नखेल्ने

एजेन्सी – बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसनले इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् । अन्तर्राष्ट्रिय ब्यस्तता र ब्यक्तिगत कारण आइपिएल २०२३ नखेल्ने उनले कोलकाता नाइट राइडर्सलाई जानकारी दिएका छन् । कोलकाताले आइपिएलबाट स्वीकृति प्राप्तपछि उनको स्थानमा अर्को खेलाडी खोज्नेछ। कोलकातामा बंगलादेशका अर्का विकेटकिपर लिटन दास छन् । सकिब र लिटन दास मंगलबारदेखि सुरु […]

April 4, 2023

आइपिएलमा आज दिल्ली र गुजरात भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को सातौं खेलमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा दिल्लीको घरेलु मैदान अरुण जेट्ली रंगाशालमा सुरुहुनेछ। दिल्ली पहिलो जितको खोजीमा हुनेछ । साविक विजेता गुजरात लगातार दोस्रो जित हात पार्ने सोचमा हुनेछ । दिल्ली पहिलो खेलमा लखनऊ […]

April 4, 2023

विश्वकप क्वालिफायर प्लेअफमा आज दुई खेल हुँदै

एजेन्सी – आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा आज दुई खेल हुँदैछन् । घरेलु टोली नामिबियाले क्यानडासँग खेल्दैछ । जर्सीले अमेरिकासँग खेल्दैछ । दुबै खेल नेपाली समय अनुसार दिउँसो १ : १५ मा विन्डहोकमा सुरु हुनेछन् । क्यानडा ३ खेलमा २ मा जित र १ मा हारहित ४ अंकका साथ तेस्रो स्थानमा छ । नामिबिया ४ खेलमा […]

Success

Thank you for your time.