default_image

क्रिकेट

September 17, 2021

वेस्टइन्डिजका विलियम्सले पोखराबाट इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – वेस्टइन्डिजका मध्यगतिका बलर केस्रिक विलियम्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाटै खेल्ने भएका छन् । पोखराले दोस्रो विदेशी खेलाडीको रुपमा विलियम्सको नाम सार्वजनिक गरेको थियो । विलियम्सलाई पोखराले गत वर्षनै टोलीमा अनुबन्ध गरेको थियो । तर कोरोना कारण त्यो वर्ष इपिएल हुन सकेको थिएन । उनले वेस्टइन्डिजबाट ८ ओडिआई […]

September 17, 2021

अमेरिकामाथि लगातार चौथो जित निकाल्ने नेपालको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओाडिआई सिरिज अन्तर्गत तेस्रो खेलमा आज अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ पछि ओमानको अल अमरेत क्रिकेट मैदान मस्कटमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाल अमेरिकामाथि लगातार चौथो जित निकाल्ने सोचमा छ । अमेरिका नेपाल […]

Dilip Nath

September 16, 2021

दीलिपलाई चितवनको उप कप्तानको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ओपनर दीलिप नाथलाई चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(इपिएल) मा उप कप्तानको जिम्मेवारी दिएको छ । नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामीको कप्तानीमा रहेको चितवनले दीलिपलाई उपकप्तानमा चयन गरेको हो । नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने दीलिपले २०१७ मा यूएईविरुद्ध नेपाली टोलीमा डेब्यू […]

September 16, 2021

नेपालले सुधार गनुपर्ने पाँच कमजोरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमान र अमेरिकासँग पहिलो चरणको खेल खेलिसकेको छ । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । घरेलु टोली ओमानसँग नेपाल पाँच विकेटले पराजित हुन पुग्यो । ओमानसँगको नतिजालाई बिर्सदै नेपालले शुक्रबार अमेरिकामाथि जित निकाल्ने सोचमा छ । […]

September 16, 2021

शिवम् सिमेन्ट काठमाडौंको मुख्य प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभेनको मुख्य प्रायोजको रुपमा शिवम् सिमेन्ट लिमिटेडले हुने भएको छ । काठमाडौं र शिवम् सिमेन्टबीच औपचारिक रुपमा सम्झौता भएको छ । काठमाडौंको तर्फबाट सह मालिक सञ्जय अग्रवाल र शिवम् सिमेन्टका उपाध्यक्ष केपी रिजालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । शिवम् सिमेन्ट काठमाडौं […]

September 16, 2021

कोहलीले कप्तानी छाड्ने

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अर्को महिना हुने टि२० विश्वकपपछि टि२० शैलीबाट कप्तानी छाड्ने भएका छन् । कोहलीले सामाजिक सञ्जाल मार्फत टि२० विश्वकप पछि कप्तानी छाड्ने जनाएका छन् । विराटले टेस्ट र ओडिआईमा भने निरन्तर टोलीको कप्तानी गर्ने छन् । विराट कोहलीले प्रशिक्षक रवि शास्त्री, रोहित शर्मा र खेलाडीसँग छलफल गर्दै कप्तानी […]

September 16, 2021

मलेसियाका युवा स्टार मुनिआन्दीले भैरहवाबाट इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सले मलेसिया युवा स्टार शार्विन मुनिआन्दीलाई अनुबन्ध गरेको छ । भैरहवाले चौथो विदेशी खेलाडीको रुपमा मलेसिया अलराउन्डरलाई टोलीमा अनुबन्ध गरेको हो । २५ वर्षिय मुनिआन्दी मलेसिया मध्यगतिका बलिङ अलराउन्डर हुन् । उनले मध्यक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । मलेसियाबाट २८ टि२० आई खेलमा […]

September 16, 2021

युवा स्टार अर्जुन इपिएलमा पोखराबाट छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली घरेलु क्रिकेटका युवा स्टार अर्जुन कुमालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाट खेल्ने भएका छन् । पोखराले अर्जुनलाई ट्यालेन्ट हन्ट मार्फत टोलीमा राखेको जनाएको छ । अर्जुन नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका युवा स्टार हुन् । १५ वर्षिय अर्जुन गत चैतमा नेपालको राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा समेत […]

September 16, 2021

जिम्बावेका स्टार अलराउन्डर बर्लले इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेका स्टार ब्याटिङ अलराउन्डर रयान बर्लले काठमाडौं किंग्स–११ बाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । २७ वर्षिय बर्ल जिम्बावेका प्रमुख खेलाडी हुन् । जिम्बावेबाट अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् । बायाँ हाते ब्याट्सम्यान बर्लले तल्लोक्रम र मध्यक्रममा ब्याटिङ गर्ने गर्दछन् । लेगस्पिन बलिङ गर्ने गर्दछन् […]

September 15, 2021

दक्षिण अफ्रिकी ओपनर लेभीले पोखराबाटै इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिका ओपनर रिचार्ड लेभीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाटै खेल्ने भएका छन् । लेभीले तेस्रो संस्करण इपिएल पोखराबाटनै खेलेका थिए । चौथो संस्करणको लागि पोखराले लेभीलाई निरन्तरता दिएको हो । पोखराले पहिलो विदेशी खेलाडीको रुपमा उनको नाम सार्वजनिक गरेको छ । लेभीले दक्षिण अफ्रिकाबाट १३ टि२० आईमा […]

Success

Thank you for your time.