default_image

क्रिकेट

July 23, 2021

मिलर र शाम्सी चम्कँदा दक्षिण अफ्रिकालाई सिरिज

एजेन्सी – आक्रामक ब्याट्सम्यान डेविड मिलर र स्पिनर तबरेज शाम्सी चम्कँदा दक्षिण अफ्रिकाले आयरल्यान्डविरुद्ध तीन टि२० आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो टि२० आई खेलमा आयरल्यान्डलाई ४२ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले सिरिज जितेको हो । जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १९.३ ओभरमा १ सय १७ रनमा […]

July 23, 2021

‘अख्तरको आरोपबारे आवश्यक देखिए छलफल हुन्छ’ – क्यान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले एभरेष्ट प्रिमियर लिग (इपिएल) का संस्थापक आमिर अख्तरले गैर नाफामुलक अभियान बलियो नेपालसँग संघका सदस्य र खेलाडीलाई जोडेर लगाएको आरोपबारे आवश्यक देखिए छलफल हुने बताएका छन् । ‘आमिर अख्तरबाट एउटा मेल प्राप्त भएको छ । बाहिर पनि मैले सुनिरहेको छु । वहाँले यसबारे […]

July 23, 2021

कोरोना कारण अष्ट्रेलिया र वेस्ट इन्डिजबीचको खेल स्थगित

एजेन्सी – वेस्ट इन्डिज र अष्ट्रेलियाबीच दोस्रो ओडिआई खेल कोरोना कारण स्थगित भएको छ । तीन ओडिआई सिरिज अन्तर्गत दोस्रो खेल राती १२ : १५ देखि बार्बाडोसमा हुने तय थियो । खेलको लागि टस पनि भई सकेको थियो । अष्ट्रेलिया कप्तान एलेक्स केरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । तर कोरोना पोजेटिभ […]

July 22, 2021

भारत र काउन्टी इलेभेनबीचको खेल बराबरीमा सकियो

एजेन्सी – भारत र काउन्टी सेलेक्ट इलेभेनबीचको थ्रि डे अभ्यास खेल बराबरीमा सकिएको छ । जितको लागि २ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको काउन्टीले तेस्रो दिन दोस्रो इनिङ १५.५ ओभरमा कुनै विकेट नगुमाई ३१ रन बनाएको अवस्थामा बराबरीमा सकिएको थियो । काउन्टीका ओपनर ज्याक लिब्बी १७ र सहिब हमिद १३ रनमा अजिजित रहे । […]

July 22, 2021

आयरल्यान्डविरुद्ध मिलरको उत्कृष्ट ब्याटिङ

एजेन्सी – आक्रामक ब्याट्सम्यान डेविड मिलरको उत्कृष्ट ब्याटिङको सहयोगमा दक्षिण अफ्रिकाले आयरल्यान्डलाई दोस्रो टि२० खेलमा १ सय ६० रनको मध्यम लक्ष्य दिएको छ । सिभिल सर्भिस क्रिकेट क्लबमा टस जितेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५९ रन बनायो ।दक्षिण अफ्रिका डेविड मिलर ४४ बलमा ४ चौका र ५ […]

July 22, 2021

जिम्बावेमाथि बंगलादेशको सहज जित

एजेन्सी – बंगलादेशले पहिलो टि२० खेलमा घरेलु टोली जिम्बावेमाथि ८ विकेटको सहज जित निकालेको छ । बिहिबार साँझ सम्पन्न खेलमा सहज जितका साथ भ्रमण टोली बंगलादेशले तीन टि२० आई सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १८.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका […]

July 22, 2021

अख्तरको आरोपमा ज्ञानेन्द्र, पारस र लामाको आपत्ती

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का र नेपाल क्रिकेट संघ (क्यान) का सदस्य छुम्बी लामाले हाम्रो खेलकुद डटकममा बुधबार प्रकाशित ‘बलियो नेपालबारे क्यानलाई इपिएलका अख्तरको प्रश्न’ शीर्षकको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । एभरेष्ट प्रिमियर लिग (इपिएल) का संस्थापक आमिर अख्तरले गैर नाफामुलक अभियान बलियो नेपाल […]

July 22, 2021

नेपाल आइपुगे सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले बिहिबार नेपाल आइपुगेका छन् । इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड (एक सय बलको) प्रतियोगिता भिसाको कारण गुमाउने भएपछि सन्दीप आज दिउँसो १२ बजे नेपाल आइपुगेका हुन् । सन्दीपको म्यानेजर रमन शिवाकोटीले त्रिभुवन विमान स्थल दिउँसो १२ बजे आइपुगेको जानकारी दिएका छन् […]

July 21, 2021

भारतविरुद्ध हसिबको शतक

एजेन्सी – इंग्ल्यान्डका युवा ओपनर हसिब हमिदले काउन्टी सेलेक्ट इलेभेनबाट भारतविरुद्ध थ्रि डे अभ्यास खेलमा शतक प्रहार गरेका छन् । दोस्रो दिन काउन्टीले पहिलो इनिङमा ८२.३ ओभरमा ९ विकेट गुमाउँदै २ सय २० रन बनाउँदा खेल सकिएको छ । समग्रमा काउन्टी इलेभेन ९१ रनले पछि छ । तेस्रो दिन के्रग मिल्स र आवेश खानले ब्याटिङ […]

July 21, 2021

भारतविरुद्ध खेल्ने इंग्ल्यान्डको बलियो टोली घोषणा

एजेन्सी – इंग्ल्यान्डले घरेलु मैदानमा भारतसँग हुने पाँच टेस्ट सिरिज अन्तर्गत सुरुवाती दुई टेस्टको लागि १७ सदस्य बलियो टोली घोषणा गरेको छ । स्टार अलराउन्डर बेन स्टोक्स, साम करन, तीव्र गतिका बलर ओली रोबिन्सन, जस बटलर र जोनी बेयरस्टाले टेस्ट टोलीमा पूनरागमन गरेका छन् । स्टोक्स औंलामा चोटका कारण गत जुनमा न्युजिल्यान्डविरुद्ध दुई टेस्ट सिरिज […]

Success

Thank you for your time.