default_image

Featured

January 19, 2019

फाइनलमा नेपाललाई १ सय २२ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्याण्डमा जारी महिला टि ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको फाइनल खेलमा घरेलु टोली थाइल्यान्डले नेपाललाई १ सय २२ रनको लक्ष्य दिएको छ । शनिबार तेर्थई क्रिकेट मैदान टस हारेर पहिला ब्याटिङ थालेको थाईल्यान्डले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा १ सय २१ रन बनायो । ओपनर नात्थकन चान्थम र नरुइमोल चवाईले पहिलो विकेटका […]

January 19, 2019

मेसीलाई आफ्नो कुन गोल विशेष लाग्छ ?

बार्सिलोना (एजेन्सी)– अर्जेन्टिना एवंम् बार्सिलोनाका सुपर स्टार लियोनल मेसी ला लिगामा ४ सय गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै युरोपका शीर्ष ५ लिगमा ४ सय गोल पुरा गर्ने उनी दोस्रो खेलाडी बने । अर्जेन्टिनाका ३१ वर्षे फरवार्ड जति बेला मैदानमा उत्रिन्छन् केहि न केहि कीर्तिमान बन्ने सम्भावना रहने गरेको छ । पाँच […]

January 19, 2019

एनओसीको नवौं साधारण सभा सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) को नवौं वार्षिक साधारण सभा सातदोबाटोस्थित एनओसी परिसरमा शनिबार सुरु भएको छ । विभिन्न २६ खेल संघका पदाधिकारी उपस्थित साधारण सभामा विभिन्न एजेण्डामा छलफल हुनेछ । कमिटिको वार्षिक बजेट प्रतिवेदन, महासचिव लामा टेण्डी शेर्पालाई उपचारका लागि भारत पठाउनेलगायत विषयमा साधारण सभामा छलफल हुनेछ । साधारण सभामा भारतमा […]

January 19, 2019

राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक योहन कालिनसँग अन्तर्वार्ता

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमिति बैठकले स्विडिस प्रशिक्षक योहान कालिनलाई नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पने निर्णय गरेको छ । यसअघि नेपालमै रहेर मछिन्द्र क्लबको प्रशिक्षकको पनि जिम्मेवारी सम्हालेका कालिन मार्चदेखि प्रशिक्षकमा नियुक्त हुँदैछन् । यसै सेरोफेरोमा हाम्रो खेलकुदका सुबास हुमागाईंले प्रशिक्षक कालिनसँग लिएको अन्तर्वार्ता : १. राष्ट्रिय टोलीको […]

January 19, 2019

नेपाली महिला क्रिकेट – पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको १२ वर्ष पुग्दासम्म नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अहिले सम्म सिनियर स्तरमा अन्तर्राष्ट्रिय उपाधि जित्नसकेको छैन । सन् २००७ मा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । दशक भन्दा लामो यात्रा तय गरेको नेपाली महिला टोली यसपटक उपाधिको निकट पुगेको छ । थाइल्याण्डमा जारी महिला टि […]

January 19, 2019

बायर्नले डर्टमन्डसँगको अंक दुरी छोट्यायो

एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले शीर्ष स्थानमा रहेको बोरुसिया डर्टमन्डसँगको अंक दुरी छोट्याएको छ । विन्टर ब्रेकपछिको पहिलो खेलमा बायर्नले टीएसजी होफेनहाइनलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थानमा रहेको डर्टमन्डसँगको अंक दुरी ३ मा झारेको हो । बायर्नको १८ खेलबाट ३९ अंक पुगेको छ । एक खेल कम खेलेको डर्टमन्डको ४२ अंक छ । […]

January 18, 2019

मनाङलाई फिफा अध्यक्ष इन्फान्टिनोको बधाई

काठमाडौं (हाम्रो खेलकुद)– विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले नेपालको ए डिभिजन लिग च्याम्पियन बन्न सफल भएकोमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबलाई बधाई दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पामार्फत बिहीबार पत्र पठाउँदै फिफा अध्यक्ष इन्फान्टिनोले आठौं पटक लिग च्याम्पियन बन्न सफल भएकोमा मनाङका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्रावधिक टोली, […]

January 18, 2019

नाडाल र फेडेरर अस्ट्रेलियन ओपनको प्रि–क्वाटरफाइनलमा

एजेन्सी – दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल र तेस्रो वरियाताका स्वीस रोजर फेडेरर अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रोड लभर एरेनामा शुक्रबार भएको खेलमा स्पेनका ३२ वर्षे नाडालले अस्ट्रेलियाका एलेक्स डि मिनाउरलाई ३–० को सोझो सेटमा पराजि गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका हुन् । नाडालले एलेक्स डिमाथि ६–१, ६–२, […]

January 18, 2019

न्यु डायमन्डले ढोरपाटन महिला डबल लिग भलिबल नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबलमा दर्शकको पहिलो रोजाईको चर्चित टोली न्यु डायमन्ड एकेडेमीले ढोरपाटन महिला डबल लिग भलिबल नखेल्ने निर्णय गरेको छ । एकेडेमीका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले न्यु डायमन्ड एकेडेमीले विद्यार्थीको अध्ययनलाई मध्यनजर गर्दै ढोरपाटन महिला डबल लिग भलिबल नखेल्ने निर्णय गरेको हाम्रो खेलकुदलाई जानकारी गराए । ‘ढोरपाटन लिग नखेल्नुमा व्यक्तिगत कुनै […]

January 18, 2019

सन्दीपको टिम सिक्सर्समाथि ढाकाको सहज जित

ढाका (एजेन्सी)– कप्तान सकिव अल हसन र आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरेपछि बंगलादेश प्रिमियर लिगमा (बिपिएल) को १९ औं खेलमा सन्दीप लामाछिनेको टिम सिल्हेट सिक्सर्स ढाका डायनामाइट्ससँग ६ विकेटले पराजित भएको छ । १ सय ५९ रनको लक्ष्य पछ्याएको ढाकाले १७ ओभरमा ४ विकेटको क्षतिमा १ सय ६३ रन बनाउँदै सहजै पुरा गर्यो । ढाकाको […]

Success

Thank you for your time.