default_image

Featured

January 9, 2019

विनोद भण्डारीको शतकमा आर्मीको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद)– आक्रामक ब्याट्सम्यान विनोद भण्डारीले शानदार शतक प्रहार गरेपछि इनरुवामा जारी मनमोहन एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई २ सय ४९ रनकोफराकिलो अन्तरले पराजित गरेको छ । विनोदले ६५ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै १ सय ३ रन जोडे । त्यस्तै युवा खेलाडी भिम सार्कीले १ सय […]

January 9, 2019

प्रिन्सलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – दुवईअन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन सिरिजका च्याम्पियन प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो सफलता हात पारेका छन् । विराटनगरमा जारी प्रतियोगितामा प्रिन्सले म्यानमारका थु रिनलाई यु–१९ विधामा र यु–१५ मा नेपालकै रोहित बराललाई पराजित गर्दै दोहोरो सफलता हात पारेका हुन् । यु–१९ मा प्रिन्सले थु रिनमाथि २१–११ र २१–१५ को […]

January 9, 2019

न्यु डायमण्ड र एपिएफको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता न्यु डायमन्ड एकेडेमी र विभागीय नेपाल एपिएफ क्लबले रजधानीमा आजबाट सुरु भएको दोस्रो संस्करणको होङवान्जी न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । नैकापस्थित न्यु डायमन्ड एकेडेमीको भलिबल कोर्टमा बुधबार भएको उद्घाटन खेलमा साविकको विजेतासमेत रहेको आयोजक न्यु डायमन्डले चितवन टाइग्रेसमाथि ३–० को सोझो […]

January 9, 2019

विमल बेल्जियमको तेस्रो डिभिजन क्लब लिएर्समा प्रशिक्षणरत

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका युवा फरवार्ड विमल घर्ति मगर विगत एक महिनादेखि बेल्जियमको तेस्रो डिभिजन क्लब लिएर्स केम्पेनजोनेनमा प्रशिक्षणरत छन् । विमलले क्लबमा सिनियर टोलीसँग नियमित प्रशिक्षण गर्दै दुई मैत्रीपूर्ण खेलमा पनि सहभागिता जनाइसकेका छन् । उनको क्लबमा अनुबन्ध हुने/नहुने भन्नेबारे भने यसै महिनाको अन्त्यसम्म पक्का हुनेछ । लिएर्सले विगतमा पनि विमललाई […]

January 9, 2019

रुविनाको कप्तानीमा महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा हुने महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय टोलीको घोषणा भएको छ । १४ सदस्यीय नेपाली टोलीको छनोट राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका विनोद कुमार दासले छनोट गरेका हुन् । नेपाली टोलीको बन्द प्रशिक्षण दुई साताअघि देखि मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानमा भएको थियो । रुविना […]

January 9, 2019

तिर्थको ह्याट्रिकमा पुलिसको सहज जित

धनगढी (हाम्रो खेलकुद) – युवा फरवार्ड तिर्थ रानाले ह्याट्रिक गरेपछि  नेपाल पुलिस क्लबले तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपअन्तर्गत बुधबारको खेलमा मोरङ फुटबल क्लबलाई ३-० ले पराजित गरेको छ । पहिलो हाफमा २ गोल गरेका तिर्थले दोस्रो हाफको अन्तिम समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यससँगै पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ । […]

January 9, 2019

भाइकिंग्सविरुद्ध सन्दीपको कसिलो बलिङ

एजेन्सी – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल)को आफ्नो दोस्रो खेलमा चित्तागोंग भाइकिंग्सविरुद्ध धारिलो बलिङ गरेका छन् । यद्यपी विकेट भने लिन सकेनन् । सन्दीपले ४ ओभरमा २१ रन खर्चेदै कसिलो बलिङ गरेपनि विकेट भने हात पार्न सकेनन् । सन्दीपलाई कप्तान डेविड वार्नरले ७ औं ओभरका बलिङ गर्न ल्याएका थिए । […]

January 9, 2019

भारतीय क्रिकेट टोलीका खेलाडीलाई १५ लाख बोनस

एजेन्सी – अष्ट्रेलियामा ७१ वर्षपछि पहिलो पटक टेस्ट सिरीज जितको खुसिमा भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले आफ्ना खेलाडीलाई बोनस वापत रु १५ लाख जनही भारतीय रुपैयाँ दिने भएको छ । बिसीसीआईले प्लेइङ ११ मा पर्ने खेलाडीलाई प्रतिखेल रु १५ लाख र बेन्चमा बस्नेलाई ७ लाख ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेको भारतीय टेलिभिजन इन्डिया […]

January 9, 2019

लिग उपविजेता सीएमजी संकटा बैंकक जाने !

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको दोस्रो टोली सिएमजी क्लब संकटाले आफ्नो खेलाडीलाई मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड भ्रमणमा लाने भएको छ । लिगमा दोस्रो भएको अवसरमा मंगलबार खेलाडीको सम्मानमा रात्री भोजको आयोजना गरेको संकटाले टोलीलाई बैंकक लाने घोषणा गरेको हो । यद्दपी भ्रमणको मिति भने तय हुन बाँकी रहेको संकटाका अध्यक्ष […]

January 9, 2019

तथ्यांकमा ए डिभिजन लिग

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा मंगलबार पल्सर सहिद स्मारक ए डिभिजन लिगको समापन भयो । त्यस अवसरमा उपाधि विजेता मनाङसँगै शीर्ष ६ टोलीले नगद पुरस्कार थापे । विधागत उत्कृष्टतर्फ पनि पाँच खेलाडीले मोटरसाइकलसँगै ५० हजार रुपैयाँ र उदयीमान खेलाडीले १ लाख रुपैयाँ प्राप्त गरे । तथ्यांकमा लिग : कुल खेलाडी – ३७१ लिग खेलेका खेलाडी […]

Success

Thank you for your time.