default_image

ए डिभिजन लिग

May 5, 2023

शेर्पासँग पुलिसको हार

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबसँग हार बेहोरेको छ । पुलिस शेर्पासँग २–१ ले पराजित भएको हो । शेर्पाको जितमा एवायोमी फकुन्ले र अमृत श्रेष्ठले गोल गरे । पुलिसका सौजन राईले एक गोल फर्काए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको १३औं मिनेटमा फकुन्लेको प्रहारलाई […]

May 5, 2023

स्टेफनको ह्याट्रिकमा जावलाखेलको हार

काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी फरवार्ड स्टेफन समिर विनोङको ह्याट्रिक सहयोगमा एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा जावलाखेल युथ क्लबमाथि सानदार जित दर्ता गरेको छ । खुमलटारले शीर्षस्थानको जावलाखेलमाथि ४–२ को सानदार जित दर्ता गरेको हो । खुमलटारको जितमा स्टेफनले ह्याट्रिक पूरा गर्दा मेसुके ओलोमोउले एक गोल थपे । जावलाखेलका विनोद केसीले एक […]

May 4, 2023

गुरुङ मनाङको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद ) – ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लबले विष्णु गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । जारी लिगमा लगातार ६ खेलमा पराजित भएपछि किरण श्रेष्ठले राजीनामा दिएयता टोलीको मुख्य प्रशिक्षक पद रिक्त थियो। गुरुङलाई चालू सहित दुई सिजनका लागि क्लबमा अनुबन्ध गरिएको मनाङले बिहीबार जानकारी दिएको छ । क्लबका […]

May 4, 2023

एडमाको गोलमा एपिएफ हारबाट बच्यो

काठमाडौं (हाम्रो खेलकुद) – विदेशी डिफेन्डर एडमा डोम्वियाले गोल गरेपछि विभागी नेपाल एपिएफ फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हारबाट बचेको छ । एक गोलले पछि परेको स्थितिमा एडमाले गोल गरेपछि एपिएफले न्युरोड टिम (एनआरटी) सँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । एन्फा कम्लेक्समा बिहीबार भएको खेलमा अन्तिम समयमा सम्हालिन […]

May 4, 2023

मच्छिन्द्रले संकटालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा छिमेकी संकटा क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा विहीबार भएको खेलमा मच्छिन्द्रले ३-१ को जित दर्ता गरेको हो । मच्छिन्द्रका लागि देवेन्द्र तामाङ, विमल घर्ती मगर र अ‍ोलावाले आफिजले १-१ गोल गरे । संकटाका जुनियर एन्कुंगेले फर्काएको गोल नतिजा बदल्न […]

May 3, 2023

मनाङद्वारा पूर्व प्रशिक्षक श्रेष्ठलाई जित समर्पण

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबले पूर्व प्रशिक्षक किरण श्रेष्ठलाई जित समर्पण गरेको छ । त्रिभुवन आर्मी क्लबविरुद्ध बुधबार भएको खेलको जिम्मेवारी सम्हालेका क्लबका सहायक प्रशिक्षक प्रविन श्रेष्ठले जितपछि यसै साता क्लब छाडेका प्रशिक्षकलाई जित समर्पण गरेको बताएका हुन् । दशरथ रंगशालामा आर्मीलाई पराजित गर्दै मनाङको ६ खेल लगातार हारको सिलसिलामा पूर्णविराम लागेको थियो […]

May 3, 2023

मनाङको लगातार हारमा पूर्णविराम

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा लगातार ६ खेल हारको सिलसिलामा पूर्णविराम लगाएको छ । दशरथ रंगशालामा बुधबार त्रिभुवन आर्मी क्लबलाई १-० ले हराउँदै मनाङ विजयी भयो । इन्ज्युरी समयको दोस्रो मिनेटमा कोफी कोउडुले गोल गर्दै मनाङलाई जित दिलाए । विजय श्रेष्ठको पासलाई पेनाल्टी क्षेत्र भित्र लग्दै कोफीले दुई […]

May 3, 2023

फ्रेन्ड्समाथि चर्च ब्वाइजको पूनरागमन जित

काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेडले फ्रेन्ड्स क्लब कुपन्डोलमाथि पूनरागमन जित निकालेको छ । एक गोलले पछि परेको स्थिति उल्ट्याएर चर्च ब्वाइजले फ्रेन्ड्समाथि २–१ को पूनरागमन जित दर्ता गरेको हो । चर्च ब्वाइजको पूनरागमन जितमा अन्जन विष्ट र आशिष चापागाईंले गोल गरे । फ्रेन्ड्सका बेन नास क्वान्साको गोल सान्त्वना बन्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

May 2, 2023

पुलिसले शीर्षस्थानको जावलाखेललाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लबलाई पराजित गरेको छ । पुलिसले जावलाखेललाई २–१ ले पराजित गरेको हो । एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसको जितमा मोसेस र एहमद हिजाजीले गोल गरे । जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए । खेलको ३५औं मिनेटमा मोसेसको […]

May 2, 2023

थ्री स्टार खुमलटारसँग रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारसँग बराबरीमा रोकिएको छ । च्यासल रंगशालामा थ्री स्टार खुमलटारसँग २–२ गोलको बराबरीमा रोकिएको हो । थ्री स्टारका लाकेन लिम्बु र आदित्य शाक्यले गोल गरे । खुमलटारका मेसुके ओलोमोउ र स्टेफन समिर विनोङले गोल गरे । खेलको चौथो […]

Success

Thank you for your time.