default_image

ए डिभिजन लिग

January 20, 2020

मनाङलाई आयल निगमको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दी क्लबलाई नेपाल आयल निगम (एनओसी) ले मुख्य प्रायोजन गरेको छ । एक वर्षका लागि भएको सम्झौतामा एनओसीले मनाङलाई ३५ लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको छ । एनओसीका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र मनाङका अध्यक्ष छिमि उर्गेन गुरुङले सोमबार आयोजित पत्रकार सम्मेलनमा […]

January 19, 2020

बिबिसीमा भारतीय खेलाडी आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले दक्षिण एसियाली कोटा अन्तगर्त भारतीय एक खेलाडीलाई टोलीमा आबद्ध गरेको छ । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगका लागि बिबिसीले भारतीय खेलाडीलाई अनुबन्धन गरेको हो । बिएसए स्पोर्टिङ क्लबबाट भारतको कोलकाता प्रिमियर लिग खेलेका मोहम्मद सौकतलाई बिबिसीले लिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को […]

January 19, 2020

ब्राजिलियन चम्कदा फ्रेन्ड्सको फराकिलो जित

काठमाडाैं (हाम्राे खेलकुद) – ब्राजिलयन खेलाडीले उच्च प्रदर्शन गरेपछि एनआईबिएल फ्रेन्ड्स क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फराकिलाे जित निकालेको छ ।   एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा फ्रेन्ड्सले रेलिगेसन जोनमा रहेकाे सरस्वती युथ क्लबलाई ४-१ काे फराकिलो गोल अन्तरले पराजित गरेकाे हाे । फ्रेन्ड्सको फराकिलो जितमा भारतीय उत्तम राईले २ […]

January 18, 2020

सागका प्रशिक्षक मानन्धरलाई अन्जनको गोल समर्पण

प्रकाश तिमल्सिना, काठमाडौं नेपालले गत महिना सम्पन्न दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण पदक जित्दा अन्जन विष्ट टोलीमा थिएनन् । कारण उनीसहित ३ खेलाडी निलम्बनमा थिए । उनीहरुले गरेको अनुशासन उल्लंघनको कारवाही घोषणा नभएपनि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले उनीहरुलाई टोलीमा समेटेनन् । तर अन्तत: ४५ दिनको निलम्बनपछि मैदान फर्केका अन्जनले तेस्रो खेलमा गोल गर्दा उक्त गोल […]

January 18, 2020

पुलिससँग जावलाखेल पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार प्रभु बैंक जावलाखेल युथ क्लबलाई २–० ले हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले दुवै हाफमा एक एक गोल गरेको थियो । पुलिसको जितमा सौजन राई र कप्तान सुमन सुवेदीले गोल गरे । २७ औं मिनेटमा सौजनले हेडमार्फत […]

January 18, 2020

थ्री स्टारमा भारतीयसहित तीन खेलाडी अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको रुस्लान थ्री स्टार क्लबले एक भारतीय खेलाडीसहित तीन खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ । क्लबले भारतको मिजोरम फुटबल संघका कप्तान लालरम्माविया र च्यासल युथ क्लबका पुर्व खेलाडी सन्जोक राई तथा निशान खड्कालाई अनुबन्धित गरेको हो । उनीहरुलाई लिग भरका लागि अनुबन्ध गरिएको क्लबले जनाएको छ । लालरम्माविया मिजोरम लिग सकिएलगत्तै […]

January 18, 2020

फेरिएको मनाङ र थ्री स्टार भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबबीचको खेललाई नेपाली फुटबलमा सधैं विशेष महत्त्वका साथ् हेरिन्छ । सधैं लिग उपाधिको होडमा रहने यी दुईको नतिजाले यस सिजन पनि शीर्ष तालिकामा निकै प्रभाव पार्नेछ । मैदानभित्र यि दुई टोलीबीच जति रस्साकस्सी हुन्छ । मैदान बाहिर पनि उत्तिकै रस्साकस्सी हुने गर्दछ । अर्थात यि […]

January 17, 2020

हिमालयन शेर्पासँग शीर्षस्थानको मछिन्द्र स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद)– हिमालयन शेर्पा क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गर्दा शीर्षस्थानको मछिन्द्र क्लब स्तब्ध भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको शुक्रबारको एक मात्र खेलमा शेर्पाले मछिन्द्रलाई २–० ले हराएको छ । पहिलो हाफकै अग्रतालाई जोगाउँदै शेर्पाले लिगमा महत्वपूर्ण जित हासिल गरेको छ । पिटर सेगुनको आत्मघाती गोलबाट […]

January 17, 2020

मछिन्द्रविरुद्ध शेर्पाको अप्रत्याशित अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– हिमालयन शेर्पा क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्ष टोली सानमिगेल मछिन्द्र क्लबविरुद्ध पहिलो हाफमा २–० को अप्रत्यासित अग्रता लिएको छ । लिगका यसअघिका ६ खेलमा एउटा पनि खेल जित्न नसकेको शेर्पाले शुक्रबार पिटर सेगुनको आत्मघाती गोलबाट अग्रता लिएको थियो । विजय श्रेष्ठले २० औं मिनेटमा अग्रता दोब्बर पारेका थिए […]

January 17, 2020

मछिन्द्र र हिमालयन शेर्पाको खेल एन्फामा सारियो

काठमाडौं (हाम्रो खेलकुद)– लगातारको वर्षाको कारण बताउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारको खेल दशरथ रंगशालाबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सारेको छ ।   एन्फाले आफ्नो फेसबुक पेजमार्फत सानमिगेल मछिन्द्र क्लब र यदि हिमालयन शेर्पाको खेल दिउँसो ३ः०० बजे सातदोबाटोमा सुरु हुने जानकारी गरएको छ । तालिका […]

Success

Thank you for your time.