default_image

ए डिभिजन लिग

January 1, 2020

आर्मीले रुस्लान थ्री स्टारलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार रुस्लान थ्री स्टारलाई २-० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठले र सन्तोष तामाङले दोस्रो हाफमा उत्कृष्ट गोल गरे । यससँगै थ्री स्टारले लिगमा पहिलो हार बेहोरेको छ । आर्मी भने लिगमा […]

January 1, 2020

पहिलो हाफमा रुस्लान थ्री स्टार र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार जारी खेलमा रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लबले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । खेलकाे पहिलाे मिनेटमा नै आर्मीका नवयुग श्रेष्ठकाे पासमा कप्तान भरत खवासकाे प्रहार गाेलरक्षक प्रिसाेले सहजै बचाउ गरे । १२ औं मिनेटमा थ्री स्टारका हम्जातकाे प्रहार डिफेन्डरले […]

January 1, 2020

पुलिससँग संकटा पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुुलिस क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । सुरुवाती २ खेलमा १ अंक जोडेको पुलिसले बुधबार संकटा क्लबविरुद्ध २–१ ले हराउँदै अंकतालिकामा ७ अंक पुर्याएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको १५ औं मिनेटमा सुमन लामाको गोलबाट पुलिसले अग्रता लिएको थियो । गोलरक्षक […]

January 1, 2020

रुस्लान थ्री स्टार र आर्मी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बुधबार) चौथो चरणको खेल अन्तरगतको तेस्रो दिन दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार पहिलो खेलमा गतवर्षको उपविजेता संकटा क्लब र विभागीय नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा विभागीय त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ११ः३० […]

December 31, 2019

सयौं गोलको सकस

सुबास हुमागाईं, काठमाडौं नेपाली फुटबलको शीर्ष डिभिजन लिगमा १ सय गोल पूरा गर्नबाट मात्र १ गोल टाढा छन् सन्तोष साहुखल । च्यासल युवा क्लबका कप्तान समेत रहेका सन्तोषले लिगको सुरुवाती २ खेलमा ३ गोल गर्दै गोलसंख्या ९९ पुर्याए । पहिलो खेलमा संकटाविरुद्ध २ र दोस्रोमा मछिन्द्रविरुद्ध १ गोल गरेका उनले त्यसयता दुई खेलमा गोल गर्न […]

December 30, 2019

मनाङ रोकियो, फ्रेन्ड्सलाई पहिलो अंक

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मनाङ मस्र्याङ्दी क्लब कतार एयरवेज सहिद स्मारक ए डिभजिन लिगको चौथो चरणमा पुगेर रोकिएको छ । अघिल्ला तीन खेल जितेको मनाङ सोमबार फ्रेन्ड्स क्लबसँग १–१ को बराबरीमा रोकिएको छ । बराबरीपछि पनि मनाङको खातामा १० अंक पुगेको छ । फ्रेन्ड्सले लिगमा पहिलो अंक जोडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको […]

December 30, 2019

लिगका २१ खेलमा ३७ गोल

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणका खेल आजबाट सुरु हुँदैछ । मंसिर २८ गतेबाट सुरु भएको लिगा दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा जारी छन् । भ्रमण वर्ष २०२० को कार्यक्रमका कारण लिगको चौथो चरणका सबै ७ खेल सातदोबाटोको एन्फा मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]

December 29, 2019

मनाङ शीर्षस्थानमा यथावत रहँदा २ टोलीले खाता खोल्न बाँकी

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभजन लिगको तेस्रो चरणको समाप्तमिा मनाङ मस्र्याङ्दी क्लब अंकतालिको शीर्षस्थानमा यथावत रहँदा पुछारका दुई टोलीले अंकको खाता खोल्न सकेका छैनन् । सदावहार दाबेदारका रुपमा हेरिएका टोली र नयाँ शक्तिका रुपमा देखा परिरहको मछिन्द्र क्लबले तेस्रो चरणमा जित निकाल्दा च्यासल युथ क्लब एनआरटीसँग स्तब्ध भएको थियो । कप्तान […]

December 28, 2019

जितसँगै थ्री स्टार दोस्रो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा शनिबार एपिएफलाई १–० ले हराउँदै थ्री स्टारले दोस्रो जित आत्मसात गरेको हो । तेस्रो चरणको समाप्तीमा थ्री स्टार अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । ३ खेलमा थ्री स्टार ७ अंकका पुगेको […]

December 28, 2019

अनन्तको गोलमा थ्री स्टारलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले नेपाल एपिएफ क्लबविरुद्ध कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको पहिलो हाफमा १–० को अग्रता लिएको छ । दशरथ रंगशालामा थ्री स्टारले रक्षक अनन्त तामाङको गोलमा खेलको १५ औं मिनेटमा अग्रता लिएको थियो । मिक्छेन तामाङले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा अनन्तले हेड गोल गरेका थिए […]

Success

Thank you for your time.