default_image

फुटबल

September 13, 2020

मेस्सी नै बार्सिलोनाको कप्तान

एजेन्सी – अर्जेन्टिनी स्टार फरवार्ड लियोनेल मेस्सी नै क्याटलान क्लब बार्सिलोनाको कप्तान रहने भएका छन् । बार्सिलोनाले शनिबार मेस्सी नै यो सिजनको कप्तान रहेको पक्का गरेको हो । सन् २०१८ देखि बार्सिलोनाको कप्तानी सम्हालिरहेका मेस्सीले नयाँ सिजन सुरु हुनुअघि नै क्लब छाड्ने निर्णय र नाटकीय रुपमा बार्सिलोना बस्न यु टर्न भएपछि क्लबको कप्तान को हुने […]

September 13, 2020

एट्लेटिको प्रशिक्षक सिमोनीलाई कोरोना संक्रमण

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको मड्रिडका अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमोनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ सिजनको लागि प्रशिक्षण सुरु गर्नुअघि भएको परिक्षणमा ५० वर्षीय प्रशिक्षकलाई कोरोना पुष्टि भएको क्लबले जनाएको छ । कोरोना पुष्टि भएपनि प्रशिक्षकलाई कोरोनाको कुनै लक्षण नदेखिएको बताईएको छ । संक्रमित भएको थाहा पाउने बित्तिकै उनी सेल्फ आइसोलेसनमा बसिसकेका छन् […]

September 13, 2020

बार्सिलोनाको सहज जित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा सहज जित हात पारेको छ । बार्सिलोनाले दोस्रो डिभिजिनको क्लब जिम्नास्टिक डि टारागोनामाथि ३–१ को सहज जित हात पारेको हो । बार्सिलोनाको सहज जितमा औसमाने डेम्वेले, एन्टोइन ग्रिजमन र फिलिपे कौटिन्होले गोल गरे । जिम्नास्टिकका जाभी बोनिल्लाले एक गोल फर्काए । बार्सिलोना छाड्ने सनसनी पुर्ण निर्णय गरेर […]

September 13, 2020

लिभरपुलको जितमा सलाहको ह्याट्रिक

एजेन्सी – फरवार्ड मोहमद सलाहले ह्याट्रिक गरेपछि च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४-३ ले पराजित गरेको छ । आक्रामक रणनीतिका साथ उत्रिएका दुई टोलीबीच खेलको पहिलो हाफमा नै ५ गोल सम्भव भएको थियो । प्रिमियर लिगमा १६ वर्षपछि पुनरागमन गरेको लिड्सका लागि सुरुवात भने राम्रो हुन सकेन । तेस्रो मिनेटमा नै […]

September 12, 2020

आर्सनलको सानदार सुरुवात

एजेन्सी – यसै सिजन लन्डन क्लब चेल्सीबाट अर्काे लन्डन क्लब आर्सनल पुगेका ब्राजिली विंगर विलियनले उत्कृष्ट प्रदर्शन गरेपछि आर्सनलले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । आर्सनलले नवप्रवेशी फुलहममाथि उसकै मैदानमा ३–० को जित निकाल्दै सानदार विजयी शुरुवात गरेको हो । आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट, ग्याब्रिल र कप्तान पिएरे इमरिक औवामियाङले गोल […]

September 12, 2020

नेयमार पुमासँग अनुबन्धित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार फरवार्ड नेयमार जुनियर खेल सामाग्री उत्पादक कम्पनी पुमासँग जोडिएका छन् । यसअघि लामो समय नाइकीसँग जोडिएका नेयमारले शनिबार जर्मनीको खेल सामग्री उत्पादक कम्पनी पुमासँग प्रायोजन सम्झौता गरेका हुन् । नेयमार र पुमाबीचको साझेदारीको समाचार सोसल मिडियामा ‘किङ इज ब्याक’ शीर्षकको सन्देशमा घोषणा गरिएको थियो […]

September 12, 2020

प्रिमियर लिग आज सुरु हुँदै

एजेन्सी – डेढ महिना भन्दा केहि दिनपछि विश्व फुटबलको चर्चित फुटबल मध्येको इंग्लिस प्रिमियर लिग शनिबार सुरु हुँदैछ । सन् २०२०/२१ सिजनको उद्घाटन खेल फुलह्याम र आर्सनलबीच हुनेछ । फुलह्यामको मैदानमा हुने खेल नेपाली समय अनुसार ५ः१५ बजे सुरु हुनेछ । कोरोना भाइरसका कारण प्रभावित गत सिजनको लिग जुलाईको अन्यमा सकिएको थियो । २० टोलीको […]

September 12, 2020

बेन्जेमाको सम्भावना र चुनौती

एजेन्सी – रियल म्याड्रिडका करिम बेन्जेमा खेल जीवनको उत्कृष्ट समय बिताइरहेका छन् । दशक लामो यात्रामा फ्रान्सेली फरवार्डले रियलमा थुप्रै कीर्तिमान बनाइसकेका छन् । प्रशिक्षक जिनेदिन जिदानका विश्वासिला खेलाडीले खेल जीवनको अन्त्यको घोषणा गर्नु अघि सम्भावित कोसेढुंगा पार गर्नेछन् । रियलमा सर्वाधिक खेल रियलका लागि सर्वाधिक खेल खेल्ने विदेशी खेलाडीको दौडमा बेन्जेमा पनि रहेका छन् […]

September 12, 2020

रोमाका डिफेन्डर पीएसजीमा अनुबन्धित

एजेन्सी – फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इटाली तथा इटालियन सिरी ‘ए’ क्लब रोमाका डिफेन्डर एलेसान्द्रो फ्लोरेन्जीलाई अनुबन्ध गरेको छ । पीएसजीले राइट ब्याक फ्लोरेन्जीलाई एक वर्षको लागि लोनमा अनुबन्ध गरेको हो । सम्झौतामा पीएसजीले २९ वर्षीय लेफ्ट ब्याक फ्लोरेन्जीलाई प्रदर्शनको आधारमा स्थायी खेलाडी बनाउन सक्ने शर्त पनि राखेको छ । […]

September 11, 2020

नेयमार कोरोना मुक्त

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमार कोरोना मुक्त भएका छन् । ब्राजिलियन स्टारलाई १० दिन अघि कोरोना संक्रमण देखिएको थियो । नेयमारले शुक्रबार आफु कोरनामुक्त भएको जनाएका छन् । ‘म अभ्यासमा फर्केको छु । एकदमै खुसी । कोरोना आउट,’ नेयमारले ट्विट गरेका छन् । सेप्टेम्बर २ मा नेयमारसँगै क्लका […]

Success

Thank you for your time.