default_image

फुटबल

December 6, 2019

हानामी एभरेष्टलाई फुटबल उपाधि

राकेश तिमल्सिना, चितवन हानामी एभरेष्ट क्लब भरतपुर प्रथम स्व जगदीश खड्का महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नारायणगढको क्याम्पाचौरमा शुक्रबार भएको फाइनलमामकवानपुरको बागमती गाउँपालिकालाई टाइब्रेकरमा ४–३ ले हराउँदै हानामीले उपाधि जितेको हो । निर्धारित ७० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि नतिजा टाइब्रेकरबाट निस्केको थियो । टाइब्रेकरमा बागमतीका लागि सुष्मिता थिङ, निकिता थोकर र एलिना खड्काले […]

December 6, 2019

आर्सनलको अर्काे हार

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सानलले खराव प्रदर्शनलाई निरन्तरता दिदा बिहीबार राति अर्काे हार बेहोरेको छ । आर्सनल घरेलु मैदानमै ब्राइटनसँग २–१ ले स्तब्ध बनेको हो । पछिल्ला पाँच खेलमा आर्सनलले जित निकाल्न सकेको छैन । यसक्रममा आर्सन्लले ३ हार तथा दुई बराबरीको नतिजा निकालेको छ । ब्राइटनका एडम र निल मोउपेले […]

December 5, 2019

पुरुष फुटबलमा बंगलादेशको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- १३औं साग अन्तरगत पुरुष फुटबलमा बंगलादेशले पहिलो जित निकालेको छ । त्रिपुरेश्वस्थित दशथ रंगशालामा बिहीबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको हो । बंगलादेशको जितमा १०औं मिनेटमा महबबुर रहमानले गरेको गोल नै निर्णायक बन्यो । जितले बंगलादेशको तीन खेलबाट चार अंक भएको छ । उसले फाइनल पुग्ने आप्mनो सम्भावनालाई जीवन्त पारेको […]

December 5, 2019

क्विक्स कप उपाधि श्री नारायणलाई

काठमाडौं (हाम्रो खेलकुद)– श्री नारायण जनता स्कुल सर्लाहीले क्विक्स कप अन्तर विद्यालय राष्ट्रिय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको सैनिक आवसिय स्कुललाई बिहीबार ३–२ ले हराउँदै श्री नारायणले उपाधि जितेको हो । त्यस्तै नेपालय इङ्लिस पब्लिक स्कुल प्रतियोगितमा तेस्रो भएको छ । एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धामा नेपालयले वन्डरल्यान्ड स्कुललाई १–० ले हराएको थियो […]

December 5, 2019

फुटबल : भुटानले माल्दिभ्सलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो खेलमा बंगलादेशलाई स्तब्ध पारेको भुटानले १३ औं दक्षिण एसिायली खेलकुद (साग) पुरुष फुटबलमा बिहीबार माल्दिभ्सलाई पराजित गरेको छ । यस जितसँगै शीर्षस्थानमा उक्लिएको भुटान पहिलो पटक साग फुटबलको फाइनलनजिक पुगेको छ । दशरथ रंगाशालमा भएको खेलमा भुटानले माल्दिभ्सलाई २-१ ले पराजित गर्दै फाइनलनजिक पुगेको हो । पहिलो हाफ बराबरीमा सकिएको […]

December 5, 2019

साग महिला फुटबल – नेपालको फाइनल यात्रामा सावित्राको कीर्तिमान

अर्जुन कार्की, पोखरा  नेपाली फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको फाइनलमा पुगेको छ । लगातार दोस्रो खेल जित्ने क्रममा बिहीबार माल्दिभ्सलाई ३–० ले हराएपछि नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको उपाधि नजिक पुगेको हो । नेपालका लागि सावित्राले ह्याट्रिक गरेकी थिइन् । पहिलो हाफमा २ गोल गरेकी सावित्राले इन्जुरी […]

December 5, 2019

सावित्रा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनिन्

अर्जुन कार्की ,पोखरा महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘सम्बा’ नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेकी छन् । पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला फुटबलमा माल्दिभ्सविरुद्ध गोल गर्दै साम्बारले सर्वाधिक गोलकर्ता बनेकी हुन् । उनले माल्दिभ्सविरुद्ध १८ औं मिनेटमा गोल गर्दै अनु लामालाई पछि पारेकी हुन् । सावित्राको त्यो ३६ […]

December 5, 2019

साग महिला फुटबल- भारत फाइनलमा

पोखरा (हाम्रो खेलकुद )- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारत फाइनलमा प्रबेश गरेको छ ।     पोखरा रंगशालामा बिहीबार भएको आफ्नो दास्रो खेलमा भारतले श्रीलंकालाई ६-० गोलअन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । भारतले मंगलबार पहिलो खेलमा माल्दिभ्सलाई ५-० ले हराएको थियो । महिला फुटबलमा आज २ बजे नेपालले माल्दिभ्ससंग […]

December 5, 2019

नेयमार र एमबाप्पेको गोलमा पीएसजी विजयी

एजेन्सी – स्टार फरवार्डद्धय ब्राजिली नेयमार र फ्रेन्च फरवार्ड केलियम एमबाप्पेको गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । पीएसजीले नान्टेसमाथि २–० को जित निकालेको हो । घरेलु मैदानमा पीएसजीले लगातार दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ४१औं मिनेटमा नेयमारले गोल गरेपनि भिएआरले मान्यता पाएन […]

December 5, 2019

अब्राहम र मेसनको गोलमा चेल्सी विजयी

एजेन्सी – युवा खेलाडीद्धय ट्यामी अब्राहम र मेसन माउन्टको गोल सँगै लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–१ ले पराजित गरेको छ । भिल्लाका ट्रेजेग्वेटले एक गोल फर्काए । स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल भएको थियो । खेलको २४औं मिनेटमा अब्राहमको गोलबाट घरेलु टोलीले […]

Success

Thank you for your time.