default_image

फुटबल

July 7, 2019

युभेन्टससँग थप उपाधि जित्नेमा रोनाल्डो आशावादी

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टससँग दोस्रो सिजनमा थप उपाधि जित्ने आशा व्यक्त गरेका छन् । गत सिजन रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डोले क्लबलाई सिरी ए उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । रोनाल्डोले च्याम्पियन्स लिगमा पनि युभेन्ट्सका लागि राम्रो प्रदर्शन गरे । तर उनले टोलीलाई उपाधिसम्म डोर्याउन सकेनन् । रोनाल्डोले […]

July 7, 2019

रेड कार्ड पाएका मेस्सीले मेडल लिन मानेनन्

एजेन्सी – अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले कोपा अमेरिका २०१९ को तेस्रो स्थानको मेडल लिन अस्विकार गरेका छन् । अर्जेन्टिनाले शनिबार राती भएको तेस्रो स्थानको खेलमा चिलीलाई २-१ ले पराजित गरेको थियो । खेलको ३७ औं मिनेटमा रेफ्रीले कप्तान मेस्सीसँगै चिलीका मिडफिल्डर ग्यारी मेडेललाई पनि रातो कार्ड देखाएका थिए । खेलपछि अर्जेन्टिनाका सबै खेलाडी मेडल लिनका […]

July 7, 2019

चिलीलाई हराउँदै अर्जेन्टिना तेस्रो, मेस्सीलाई रेडकार्ड!

एजेन्सी – कोपा अमेरिका २०१९ को तेस्रो स्थानको खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ ले पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा सर्जियो अगुएरो र पाउलो डिबालाको गोलमा अर्जेन्टिनाले जित दर्ता गरेको हो । खेलको १२ औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले लिओनेल मेस्सीको पासमा गोल गरेका थिए । त्यसको १० मिनेटपछि […]

July 6, 2019

क्विक्स कप : सैनिक फाइनलमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद) – विरेन्द्र सैनिक आवासीय महाविद्यालय, भक्तपुर क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगिता २०७६ अन्तर्गत काठमाडौं उपत्यका छनोटको समूह ‘क’ को फाइनलमा प्रवेश गरेको छ । सैनिकले शनिबार मध्यपुर थिमीको मैदानमा भएको खेलमा मदन स्मारक माविलाई ४-० ले पराजित गरेको हो । सैनिकको जितमा आयुष कुँवरले दुई र मिसन ओझाले १ गोल गरे […]

July 6, 2019

काठमाडौं लिगमा अनुशासित ब्वाइजको जित

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला लिगको पहिलो दिन शनिबार अनुशासित ब्वाइज क्लब, वाइल्ड स्पोर्टस र चावहित क्लब विजयी भएका छन् । पहिलो खेलमा अनुशासितले चालचा टोल सुधारलाई २–१ हरायो । अनुशासितका लािग विशाल तामाङ र खेम घिसिङले गोल गरे । पराजित टोलीका लागि बरुण खत्रीले गोल फर्काए । सुवास गुरुङको गोलमा वाइल्ड स्पोर्टसले सानो गौचरन […]

July 6, 2019

‘रोनाल्डोसँग खेल्न पाउनु उत्कृष्ट उपहार’ – गोलरक्षक बुफोन

एजेन्सी – इटालियन क्लब युभेन्टसका गोलरक्षक जियानलुइजी बुफोनले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग खेल्न पाउनु उत्कृष्ट उपहार रहेको बताएका छन् । यसै साता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर युभेन्टस फर्किएका बुफोनले गत सिजन फ्रान्सेली लिगको उपाधि जितेका थिए । पीएसजीले उनलाई क्लबमा नै रहने प्रस्ताव राखेपनि उनले युभेन्टस फर्कने निर्णय गरेका हुन् । उनले […]

July 6, 2019

बार्सिलोना र ग्रिज्मनमाथि म्याड्रिडको गम्भीर आरोप

एजेन्सी – क्याटलान क्लब बार्सिलोना र फरवार्ड एन्टोइन ग्रिज्मनले अघिल्लो सिजन चल्दाचल्दै एक अर्काबीच सहमति गरेको भन्दै स्पेनिस क्लब एटलेटिको म्याड्रिडले दुवै पक्षले क्लबको अनादर गरेको आरोप लगाएको छ । शुक्रबार एटलेटिकोले ग्रिजमनको अवस्थाबारे प्रेस विज्ञप्ति जारी गर्दै दुवै क्लब र खेलाडीले क्लबलाई लिएर नराम्रो व्यवहार गरेको बताएको छ । ग्रिज्मनले गत सिजन एटलेटिकोबाट खेलिरहेको […]

July 6, 2019

चिली र अर्जेन्टिना तेस्रो स्थानका लागि खेल्दै

एजेन्सी – कोपा अमेरिका २०१९ को तेस्रो स्थानका लागि साविक विजेता चिली र अर्जेन्टिना भिड्दैछन् । पछिल्लो दुवै संस्करणको फाइनलमा खेलेका यी दुई टोली यसपटक भने तेस्रो स्थानका लागि खेल्दै छन् । अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसँग २-० ले पराजित भएको थियो भने चिलीलाई पेरुले ३-० को अन्तरले हराएको थियो । समूह चरणमा राम्रो प्रदर्शन गरेको चिलीले […]

July 6, 2019

ट्रान्सफर सम्भावना रहेका ५ ठूला खेलाडी

एजेन्सी – नयाँ सिजनको सुरुवात नजिकिंदै गर्दा युरोपका ठूला क्लबहरुले खेलाडी किनबेच सुरु गरिसकेका छन् । यसपटक क्लबहरुले मोटो रकम खर्चंदै खेलाडी अनुबन्धनमा खुलेर लागेका छन् । स्पेनमा रियल म्याड्रिडले इडेन हाजार्डसहित ५ खेलाडी अनुबन्ध गर्न ३ सय ५० मिलियन युरो खर्चेको छ भने एटलेटिकोले १ सय २० मिलियनमा जोआओ फेलिक्सलाई भित्र्याएको छ । बार्सिलोनाले […]

July 5, 2019

‘मेस्सीले रेफ्रीको आलोचना गर्नु जायज’ – ब्राजिलका कप्तान आल्भेस

एजेन्सी – कोपा अमेरिका २०१९ को सेमिफाइनलमा घरेलु टोली ब्राजिलले अर्जेन्टिनालाई २-० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो । खेलपछि पत्रकारसँग बोल्दै अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले रेफ्रीले ब्राजिलको पक्ष लिएको अभिव्यक्ति दिए । ब्राजिलका कप्तान ड्यानी आल्भेसले पनि मेस्सीको उक्त अभिव्यक्तिको समर्थन गरेका छन् । राष्ट्रिय टोलीबाट लगातार असफल रहँदै आएका मेस्सी यसपटक कोपा […]

Success

Thank you for your time.