default_image

फुटबल

February 20, 2019

लिभरपुल र बायर्नको गोलरहित बराबरी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार भएको राउन्ड अफ १६ को पहिलो लेगमा लिभरपुल बायर्न म्युनिखको खेल गोलरहित बराबरीमा टुंगिएको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा पाहुना टोलीले रक्षात्मक रणनीति अपनाउँदै राम्रो प्रदर्शन गरेपछि लिभरपुलले गोल गर्न सकेन । साडियो मानेले झन्डै आधा दर्जन प्रयासलाई सदुपयोग गर्न सकेनन् । बायर्नले पनि पाएको थोरै अवसरमा […]

February 20, 2019

एकतर्फी खेलमा बार्सिलोना र लियोनको गोलरहित बराबरी

एजेन्सी – फ्रान्सेली क्लब लियोनका गोलरक्षक एन्थोनी लोपेसको उत्कृष्ट प्रदर्शनसँगै यूईएफए च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको छ । स्टार खेलाडीले भरिएको बार्सिलोनाले खेल अवधिभर २५ अवसर सिर्जना गरेपनि त्यसमा गोलरक्षक लोपेस बाधक बनिरहे । खेलको सुरुवाती समयदेखि नै अवसर पाएको बार्सिलोनाका लागि लियोनेल मेसी, लुइस सुआरेज, फिलिपे कोउटिन्हो, […]

February 19, 2019

पर्सिजामा रोहितको माग

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दलाई इन्डोनेसियाको लिग च्याम्पियन क्लब पर्सिजा जाकार्ताले माग गरेको छ । नयाँ सिजनको सुरुवातमा रोहितको माग पूरा गर्न नसकेको भन्दै अर्का खेलाडी लिएपनि क्लबले अहिले उनलाई फिर्ता बोलाउने निर्णय लिएको हो । गत सिजन पर्सिजालाई इतिहासकै पहिलो लिग उपाधि दिलाउने क्रममा रोहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका […]

February 19, 2019

अपराजित लियोन र बार्सिलोना भिड्दै

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको समूह चरणमा अपराजित रहेका दुई टोली बार्सिलोना र लियोन प्रतियोगिताको राउण्ड अफ १६ को पहिलो लेगमा खेल्दैछन् । युरोपका ठूला टोलीलाई पराजित गरेको लियोन बार्सिलोनालाई स्तब्ध पार्ने तयारीका साथ मैदान उत्रनेछ । लिग वनमा पेरिस सेन्ट जर्मेनलाई पराजित गरेको लियोनले समूह चरणमा म्यानचेस्टर सिटीलाई पाखा लगाएको थियो । बार्सिलोनाका मिडफिल्डर […]

February 19, 2019

आहा ! रारा गोल्डकपमा १० टोली

पोखरा(हाम्रो खेलकुद)- सहारा क्लब पोखराले १७औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको छ । आयोजक सहारा क्लब पोखराले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै बिहीबारबाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो । निर्माणाधीन पोखरा रंगशालामा अस्थायी प्यारापिट बनाएरै भएपनि प्रतियोगितालाई निरन्तरता दिँदै क्लबले विगतको […]

February 19, 2019

पुलिस तिलोत्तोमा गोल्डकपको सेमिफाइनलमा

दिपक न्यौपाने, बुटवल तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सर्वाधिक सफल नेपाल पुलिस क्लब भारतको युनाइटेड दार्जीलिङलाई २-० ले पराजित गर्दै २१ औं संस्करणको तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अब पुलिसले च्यासल र मनाङबिचको विजेतासँग खेल्नेछ । युवा खेलाडीले भरिएको नेपाल पुलिस क्लबले उत्कृष्ट आधा दर्जन प्रहार खेर फालेको थियो । […]

February 19, 2019

आर्मीलाई स्तब्ध पार्दै पारो फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक अर्पण कार्की सम्मिलित भुटानी क्लब पारो फुटबल क्लब भुटानमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा पारोले नेपालको त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गरेको हो । खेलको ८६ औं मिनेटमा दिवस सुब्बाले उत्कृष्ट गोल गर्दै […]

February 19, 2019

च्याम्पियन्स लिगः बायर्नलाई लिभरपुलको चुनौती

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलमा आज राति इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब बायर्न म्युनिखलाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । पहिलो लेगको खेल लिभरपुलको घरेलु मैदानमा आज राति १ः४५ बजेपछि हुनेछ । घरेलु टोली लिभरपुल बायर्नलाई पराजित गर्ने लक्ष्यमा मैदान उत्रनेछ । लिभरपुलले बायर्नसँगको सात खेलमध्ये एक खेलमा मात्रै पराजय भोगेका कारण टोली उच्च मनोवलका […]

February 19, 2019

डर्टमुन्ड गोलरहित बराबरीमा रोकियो

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बोरुसिया डर्टमुन्ड सोमबार भएको लिग खेलमा नुर्नबर्गसँग गोलरहित बराबरीमा रोकिएको छ । नुर्नबर्गको मैदानमा भएको खेलमा डर्टमुन्डले खेलको अधिकांश समय दवाव बनाएपनि प्राप्त अवसरको सदुपयोग गर्न भने सकेन । यस बराबरीले डर्टमुन्डको शीर्षस्थानको अग्रतालाई घटाएको छ ‌। बायर्नभन्दा ५ अंक माथि जाने अवसर गुमाउँदा टोली अब ३ अंकले मात्र […]

February 19, 2019

चेल्सीको मैदानमा जित्दै युनाइटेड क्वाटरफाइनलमा

एजेन्सी – मिडफिल्डर पल पोग्बाको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले एफए कपअन्तर्गत सोमबारको खेलमा चेल्सीलाई २-० ले पराजित गरेको छ । यससँगै युनाइटेड प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । चेल्सीको घरेलु मैदान स्टाम्फर्ड ब्रीजमा पोग्बाले एक गोल र एक असिस्ट प्रदान गरे । खेलको ३१ हौं मिनेटमा पोग्बाको क्रसमा अान्देर हरेराले गोल गर्दै युनाइटेडलाई अगाडी बढाएका […]

Success

Thank you for your time.